default_image

3 years ago

December 23, 2022

आइपिएल २०२३ का सर्वाधिक महँगा पाँच खेलाडी

218 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को मिनी अक्सनमा इंग्ल्यान्डका साम करनले इतिहासकै सर्वाधिक मूल्य पाएका छन् । टि२० विश्वकप विजेता साम करनलाई पन्जाब किंग्सले १८ करोड ५० लाख भारुमा किन्यो ।

यसअघि कुनैपनि विदेशी खेलाडीले १७ करोडमाथि भारु पाउन सकेका थिएनन् । टि२० विश्वकप जिताउन सानदार प्रदर्शन गरेका अलराउन्डर साम करनलाई किन्न अक्सनमा चार टोलीबीच कडा प्रतिस्पर्धा भएपछि इतिहासकै महँगो मूल्य पाएका हुन् । यस पटक अक्सनमा सर्वाधिक मूल्य पाउने पाँच मध्य तीन इंग्ल्यान्डकै खेलाडी छन् ।

टि२० विश्वकप विजेता इंग्ल्यान्डका तीन खेलाडीमाथि अक्सनमा पैसाका वर्षा भयो । यस अक्सनमा दुई युवा अलराउन्डरले आइपिएल इतिहासकै सर्वाधिक महँगो मूल्य पाउनेक्रममा १७ करोडमाथि भारु पाएका छन् । २०२३ आइपिएलमा सर्वाधिक महँगो मूल्यमा बिक्ने पाँच खेलाडी यस प्रकार छन् ।

५.ह्यारी ब्रुक- १३ करोड २५ लाख भारु

इंग्ल्यान्डका युवा ब्याटर ह्यारी ब्रुकलाई सनराइजर्स हैदराबादले १३ करोड २५ लाख भारुमा अनुबन्ध गर्यो । पहिलो आइपिएल अक्सनमै मध्यक्रमका भरपर्दा ब्याटर ब्रुकलाई हैदराबादले महँगो मूल्य खर्चिएको हो ।

२३ वर्षीय ब्रुकले न्यूनतम मूल्य १ करोड ५० लाख भारु राखेका थिए । ह्यारी ब्रुकलाई किन्न रोयल च्यालेन्जर्स बेंगलोर, राजस्थान रोयल्स र सनराइजर्स हैदराबादबीच चर्को प्रतिस्पर्धा भएपछि महँगो मूल्य पाए। टि२० विश्वकप च्याम्पियन ह्यारी युवा पुस्ताका तीनै शैलीमा सानदार प्रदर्शन गर्दै आएका छन् ।

उनलाई इंग्ल्यान्डका पूर्व कप्तान केभिन पिटरसन र भारतीय विराट कोहलीसँग तुलना गर्ने गरिन्छ। मध्यक्रमका भरपर्दा ब्याट ब्रुक आक्रामक ब्याटिङ गर्ने गर्दछन् । २३ वर्षीय उनले २० खेलमा ३ सय ७२ रन बनाएका छन् । गत अक्टोबरमा पाकिस्तानसँग सात टि२० आई खेलको सिरिजमा २ सय ३८ रन बनाउँदै प्लेयर अफ द सिरिज बनेका थिए ।

पाकिस्तानसँगको जारी टेस्ट सिरिजमा उनले क्रमश : १५३, ८७, ९, १ सय ८ र १ सय ११ रनमा आउट भएका थिए । १ सय ५३ रनको इनिङ खेल्नेक्रममा उनले एकै ओभरमा छ बलमा ६ चौका हानेका थिए ।

ब्रुक मध्यक्रममा राम्रो ब्याटिङ गर्ने गर्दछन् । मध्यक्रममा स्पिन उनले झनै राम्रो खेल्ने गर्दछन् । अग्ला कदका ब्रुक मध्यक्रमका भरपर्दा ब्याटर हुँदा हैदराबादले करोडौं मूल्य खर्चिएको हो ।

४.निकोलस पुरन- १६ करोड भारु

वेस्टइन्डिजका विकेटकिपर ब्याटर निकोलस पुरनलाई लखनउ सुपर जायन्ट्सले १६ करोड भारुमा किन्यो । टोलीमा क्विन्टन डि कक र लोकेश राहुल विकेटकिपरको रुपमा रहेपनि मध्यक्रमको ब्याटरको लागि महँगो मूल्य खर्चिएको हो ।

सनराइजर्स हैदराबादले फुकुवा गरेको आक्रामक ब्याटर पुरनलाई किन्न अक्सनमा लखनउ, राजस्थान, मुम्बई र चेन्नईबीच प्रतिस्पर्धा भएको थियो । २ करोड न्यूनतम मूल्य राखेका पुरनलाई चेन्नईले ३ करोड २० लाखपछि बोली लगाउन छाडेको थियो । लखनउ ७ करोड २० लाखपछि मूल्य लगाउन सुरु गरेको थियो ।

त्यसपछि दिल्ली र लखउनबीच कडा प्रतिस्पर्धा भएको थियो । आइपिएल इतिहासमा विकेटकिपरको रुपमा सर्वाधिक मूल्य गतवर्ष मुम्बई इन्डियन्सले ईशान किशनलाई १५ करोड २५ लाख भारुमा किनेको थियो ।

वेस्टइन्डिजका विकेटकिपर निकोलस पुरन आक्रामक ब्याटरको रुपमा चिनिन्छन् । पुरनलाई सनराइजर्स हैदराबादले १० करोड ७५ लाख भारुमा अनुबन्ध गरेको थियो । पुरनलाई २०१७ मा मुम्बईले न्यूनतम ३० लाख भारुमा किनेको थियो । २०१९ देखि २०२१ सम्म पन्जाब सुपर किंग्समा ४ करोड २० लाख भारुमा खेलेका थिए ।

अघिल्लो हप्ता सम्पन्न आवुधाबी टि१० लिगमा सानदार प्रदर्शन गर्दै १० खेलमा ३ मा अर्धशतकसहित २३४.६९ को स्ट्राइकरेटमा ३ सय ४५ रन बनाएका थिए ।

टि२० विश्वकपमा सम्झन लायक प्रदर्शन गर्न नसकेपनि पुरनले पुन टि१० मा आफ्नो लय फर्काएपछि धनको वर्षा भएको हो । विश्वकपमा पहिलो चरणबाटै बाहिरिएपछि पुरनले कप्तानी छाडेका छन् । पुरनले वेस्टइन्डिजबाट ५२ ओडिआई र ७२ टि२० आई खेल खेलेका छन् ।

३.बेन स्टोक्स-१६ करोड २५ लाख

इंग्ल्यान्डका सुपर स्टार अलराउन्डर बेन स्टोक्सलाई चेन्नई सुपर किंग्सले १६ करोड २५ लाख भारुमा अनुबन्ध गरेको छ । चेन्नईले धोनीपछिको कप्तानको रुपमा बेन स्टोक्सलाई महँगो मूल्य खर्चिएको हो । स्टोक्स ब्याटिङ, बलिङ, फिल्डिङ र कप्तानी चारै क्षेत्रमा अब्बल खेलाडी हुन् । बेन स्टोक्स टोलीलाई जे चाहिँयो त्यहिँ गुण भएका खेलाडी हुन् । त्यसैले उनीमाथि महँगो मूल्य खर्चिएको हो ।

बेन स्टोक्सलाई २०१७ को अक्सनमा राइजिङ पुणे सुपर जायन्ट्सले १४ करोड ५० लाख भारुमा अनुबन्ध गरेको थियो । जुन उनले आइपिएलमा पाएको सर्वाधिक मूल्य थियो । बेन स्टोक्सलाई २०१८ मा राजस्थान रोयल्सले १२ करोड ५० लाख भारुमा किनेको थियो । न्यूनतम मूल्य २ करोड राखेका स्टोक्सलाई किन्न त्यस अक्सनमा चेन्नई, राजस्थान रोयल्स, रोयल च्यालेन्जर्स बेंगलोर, सनराइजर्स हैदराबाद र लखनउबीच प्रतिस्पर्धा भएको थियो ।

स्टोक्सले गतवर्ष आइपिएल खेलेनन् । बुबाको मृत्युपछि उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट नै विश्राम लिएका थिए । त्यसैको कारण टि२० विश्वकप समेत खेलेका थिएनन् । बेन स्टोक्सले ४३ आइपिएल खेलमा २ शतकसहित कुल ९ सय २० रन बनाउनुको साथै २८ विकेट लिएका छन् ।

२०२० को आइपिएलमा राजस्थान रोयल्सले मुम्बईविरुद्ध १ सय ९६ रनको विजयी लक्ष्य पछ्याउनेक्रममा बेन स्टोक्सले १ सय ७ रनको सानदार शतकीय इनिङ खेलेका थिए । २०१७ मा पुणेबाट गुजरातविरुद्ध १ सय ३ रनको शतकीय इनिङ खेलेका थिए । दुई महिनअघि इंग्ल्यान्डलाई टि२० विश्वकप उपाधि जिताउन बेन स्टोक्सले सानदार प्रदर्शन गरेका थिए ।

फाइनलमा पाकिस्तानविरुद्ध स्टोक्सले ५२ रनको अविजित परिपक्क प्रदर्शन गर्दै उपाधि पक्का गराएका थिए । २०१९ को एकदिवसीय विश्वकप उपाधि जित्न बेन स्टोक्सले सानदार प्रदर्शन गरेका थिए ।

२.क्यामरन ग्रीन- १७ करोड ५० लाख भारु

अष्ट्रेलिया युवा अलराउन्डर क्यामरन ग्रीनलाई पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्सले १७ करोड ५० लाख भारुमा अनुबन्ध गरेको छ । ग्रीनले आइपिएल इतिहासमा सर्वाधिक मूल्य पाउने दोस्रो खेलाडी हुन् । यसै अक्समा इंग्ल्यान्डका साम करनलाई पन्जाब किंग्सले १८ करोड ५० लाख भारुमा किनेको थियो । करनपछि उनी इतिहासकै सर्वाधिक मूल्य पाउने खेलाडी हुन् ।

विष्फोटक ब्याटरसँगै तीव्र गतिका बलर हुँदा महँगो मूल्य पाएका हुन् । ग्रीनलाई किन्न अक्सनमा रोयल च्यालेन्जर्स बेंगलोर र मुम्बई इन्डियन्सबीच कडा प्रतिस्पर्धा भएपछि क्यामरन ग्रीनले १७ करोड ५० लाख भारु पाएका हुन् ।

ग्रीन तीव्र गतिको बलिङसँगै विष्फोटक ब्याटिङ गर्ने गर्दछन् । उनले ब्याटिङमा ओपनिङदेखि तल्लोक्रम सम्म खेल्न सक्छन् । गत सेप्टेम्बरमा भारतविरुद्ध ग्रीनले ३० बलमा ८ चौका र ४ छक्कासहित ६१ रनको विष्फोटक इनिङ खेलेपछि अष्ट्रेलियाले २ सय ९ रनको लक्ष्य चार बल अगाडिनै पूरा गरेको थियो ।

त्यसै सिरिजमा भारतविरुद्ध २१ बलमा ७ चौका र ३ छक्कासहित ५२ रनको विष्फोटक इनिङ खेले । त्यसक्रममा उनले १९ बलमै अर्धशतक हानेका थिए । अग्ला कदका ग्रीनले अष्ट्रेलियाको टेस्ट र ओडिआईमा लगातार सानदार प्रदर्शन गर्दै आएका छन् । त्यसैको कारण मुम्बईले महँगो मूल्य खर्चिएको हो । ग्रीनको अनुबन्धले मुम्बईको टोली सन्तुलित समेत बन्ने छ ।

साम करन – १८ करोड ५० लाख भारु

इंग्ल्यान्डका युवा अलराउन्डर साम करन आइपिएल इतिहासकै सर्वाधिक महँगो मूल्य १८ करोड ५० लाख भारुमा पन्जाब फर्किएका छन्। आइपिएल इतिहासमा सर्वाधिक महँगो मूल्य समेत हो । रोयल च्यालेन्जर्स बेंगलोरले २०१८ देखि २१ सम्म विराट कोहलीलाई १७ करोड भारुमा रिटेन गरेको थियो । २०२२ मा लखनउले लोकेश राहुललाई १७ करोड भारुमै किनेको थियो ।

अक्सनमा भने सर्वाधिक मूल्य २०२१ मा दक्षिण अफ्रिका क्रिस मोरिसलाई राजस्थान रोयल्सले १६ करोड २५ लाखमा किनेको थियो । अक्सनमा कुनैपनि खेलाडीले पाएको त्यहिँनै सर्वाधिक मूल्य थियो ।

न्यूनतम मूल्य २ करोड भारु राखेका साम करनलाई अक्सनमा किन्न मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बेंगलोरबीच प्रतिस्पर्धा भएको थियो । ७ करोडपछि मुम्बईसँग राजस्थान रोयल्सले अक्सनमा प्रतिस्पर्धा गरेको थियो । राजस्थानले १० करोडमा अग्रता लिएको थियो । पछि मुम्बईले थप प्रतिस्पर्धा गर्यो ।

११ करोड ५० लाखपछि चेन्नई र पन्जाब आएपछि अक्सन झनै रमाइलो बनेको थियो । राजस्थानसँग अक्सनमा १३ करोड २० लाख भएको हुँदा पछि परेको थियो । पन्जाबले १५ करोड मूल्य हालेपछि चेन्नई रोकिएको थियो । केहि समय रोकेपछि चेन्नईले पुन मूल्य लगाएको थियो । पछि पुन मुम्बई, लखनउ र पन्जाबबीच कडा प्रतिस्पर्धा भएपछि कीर्तिमानी मूल्य पाएका थिए ।

इंग्ल्यान्डलाई टि२० विश्वकप जिताउन नायक बनेका उनले मूल्य पनि त्यसै अनुसार पाएका हुन् । बायाँ हाते साम करन तीव्र गतिको बलिङसँगै तल्लोक्रममा राम्रो ब्याटिङ गर्दछन् । अघिल्लो महिना इंग्ल्यान्डले टि२० विश्वकप जित्दा साम करनले डेथ ओभरमा सानदार प्रदर्शन गर्दै प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी चुनिएका थिए ।

करनले उक्त विश्वकपमा ६ खेलमा १३ विकेट लिएका थिए । फाइनलमा पाकिस्तानविरुद्ध ४ ओभरमा १२ रन खर्चेर ३ विकेट र सुपर १२ मा अफगानिस्तानविरुद्ध ३.५ ओभरमा १० रन खर्चेर ५ विकेट लिएका थिए । इंग्ल्यान्डको टोलीबाट साम करनले तीनै शैलीमा लगातार दमदार प्रदर्शन गर्दै आएका छन् । साम करनले ३२ आइपिएल खेल खेलेका साम करनले दुई अर्धशतकसहित ३ सय ३७ रन बनाउनुको साथै ३२ विकेट लिएका छन् ।

डेथ ओभरमा उत्कृष्ट बलिङ र जुनसुकै भूमिका सानदार ब्याटिङ गर्ने हुँदा उनले महँगो मूल्य पाएका छन् । पन्जाबले चार विदेशी खेलाडीमा जोनी बेयरस्टो, कागिसो रबाडा, लियाम लिभिङस्टोन र साम करनलाई खेलाउने छ । करनले डेथ ओभर र रबाडाले पावर प्लेमा सानदार प्रदर्शन गर्ने पन्जाबले अपेक्षा राख्नेछ ।

यसअघि हाम्रो खेलकुद डट कमले अनुमान गरेको बिक्न सक्ने सर्वाधिक पाँच महँगो खेलाडीमा पनि यी पाँच जनानै थिए । आइपिएल अक्सनमा पैसा वर्षा हुनसक्ने पाँच खेलाडी

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.