default_image

1 year ago

December 24, 2022

गुलशनको आक्रामक अन्त्यमा लुम्बिनीको मध्यम योगफल

काठमाडौं (हाम्रो खेलकुद) – गुलशन झाको आक्रामक अन्त्यमा उपाधि दाबेदार लुम्बिनी अल स्टार्सले नेपाल टि२० लिगको पहिलो खेलमा फार वेस्ट युनाइटेडलाई १ सय ५३ रनको मध्यम लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको लुम्बिनीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५२ रन बनायो । लुम्बिनीको लागि ओपनर लाहिरु […]

147 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – गुलशन झाको आक्रामक अन्त्यमा उपाधि दाबेदार लुम्बिनी अल स्टार्सले नेपाल टि२० लिगको पहिलो खेलमा फार वेस्ट युनाइटेडलाई १ सय ५३ रनको मध्यम लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको लुम्बिनीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५२ रन बनायो । लुम्बिनीको लागि ओपनर लाहिरु मिलान्थाले ५० बलमा ८ चौका र १ छक्कासहित सर्वाधिक ६० रनको योगदान दिए ।

गुलशन झाले १० बलमा ३ छक्कासहित २५ रनमा रन आउट भए । अन्तिम ओभरमा अन्तिम बलमा बल पाएका गुलशन रन आउट भएका थिए । अन्तिम ओभरमा एक रन आउट सहित करण केसीले मात्रै ६ रन खर्चिए कुल तीन विकेट लिए ।

प्रमुख ब्याटर तथा ओपनर उन्मुक्त चन्द दोस्रो ओभरमै आउट हुन पुगे । टियु एन्डबाट आएका करण केसीले दोस्रो ओभरको अन्तिम बलमा उन्मुक्त चन्दलाई विकेटकिपर विनोद भण्डारीबाट दुई रनमा गराए । चन्दले सात बल खेल्दा उनले कुनैपनि बाउन्ड्री प्रहार गर्न सकेनन् ।

कुशल भुर्तेल उमेर अलीको बलमा सात रनमा शेर मल्लबाट क्याच आउट भए । तेस्रो विकेटका लागि दीपेन्द्रसिंह ऐरी र लाहिरु मिलान्थाले ७२ बलमा ८४ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए ।

कप्तान दीपेन्द्रसिंह ऐरी ३५ रनमा उमेर अलीको बलमा एलबीडब्लू आउट भए । दीपेन्द्रले ३८ बलमा २ चौका र १ छक्का प्रहार गरे । विपुल शर्मा ७ बलमा २ चौकासहित १२ रनमा आउट भए ।

फार वेस्ट युनाइटेडका उमेर अलीले ४ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए । करण केसीले ४ ओभरमा ३३ रन खर्चेर ३ विकेट लिए ।

May 4, 2024

नेपाल सिरिजको अन्तिम खेलमा विजयी  

काठमाडौँ (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्धको टि-२० श्रृंखलाको अन्तिम खेलमा नेपाल विजयी भएको छ । एक खेल अगावै सिरिज गुमाएको नेपाल अन्तिम खेलमा भने ६ विकेटले विजयी भएको हो । नेपालले पाएको १७३ रनको लक्ष्य नेपालले  ४ विकेट गुमाएर ७ बल बाँकी छँदै पुरा गर्यो । नेपालको जितमा अनिल साहले ४५ बलमा ५८ […]

May 4, 2024

सिरिजको अन्तिम खेलमा नेपाललाई बलियो लक्ष्य 

काठमाडौँ (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्धको टि-२० श्रृंखलाको अन्तिम खेलमा नेपालले बलियो लक्ष्य पाएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको वेस्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७२ रन बनायो ।  वेस्ट इन्डिज ‘ए’ का लागि एलिक अथान्जेले २९ बलमा १ चौका […]

May 4, 2024

नेपाल टस हारेर फिल्डिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्ध जारी टि २० सिरिजको पाँचौं खेलमा पनि नेपालले टस हारेको छ । वेस्ट इन्डिज ‘ए’ का कप्तान रोस्टन चेजले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय लिएपछि नेपालले फिल्डिङ गर्ने भएको छ । नेपालले सिरिजको सबै खेलमा पहिला फिल्डिङ गर्ने भएको छ । नेपालले आज पछिल्लो खेलमा हार […]

Success

Thank you for your time.