default_image

1 year ago

December 24, 2022

सामान्य लक्ष्यमै भारतको कमजोर सुरुवात, कोहलीको खराब ब्याटिङ

काठमाडौं (हाम्रो खेलकुद) – विराट कोहलीसहित शीर्षक्रमका चार खेलाडीको खराब ब्याटिङसँगै बंगलादेशले प्रस्तुत गरेको दोस्रो टेस्ट खेलमा सामान्य विजयी लक्ष्य पछ्याएको भारत समस्यामा परेको छ । जितको लागि १ सय ४५ रनको विजयी लक्ष्य पछ्याएको भारत तेस्रो दिनको खेल सकिँदा २३ ओभरमा ४ विकेट गुमाउँदै ४५ रन बनाएको छ । भारतका अक्षर पटेल ५४ बलमा […]

94 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विराट कोहलीसहित शीर्षक्रमका चार खेलाडीको खराब ब्याटिङसँगै बंगलादेशले प्रस्तुत गरेको दोस्रो टेस्ट खेलमा सामान्य विजयी लक्ष्य पछ्याएको भारत समस्यामा परेको छ ।

जितको लागि १ सय ४५ रनको विजयी लक्ष्य पछ्याएको भारत तेस्रो दिनको खेल सकिँदा २३ ओभरमा ४ विकेट गुमाउँदै ४५ रन बनाएको छ । भारतका अक्षर पटेल ५४ बलमा ३ चौकासहित २६ रनमा अविजित छन् । उनलाई जयदेव उनादकटले तीन रनमा साथ दिनेछन् ।

भारतका प्रमुख ब्याटर विराट कोहली एक रनमै आउट भए । कोहलीले यस टेस्ट सिरिजमा राम्रो प्रदर्शन गर्न सकेनन् । दुई टेस्ट खेलको सिरिजमा कोहली यस सिरिजमा क्रमश : १, १९, २४ र १ रन बनाए ।

स्पिनर मेहिदी हसन मिराजको बलमा कोहली एक रनमा मोमिनुल हकबाट क्याच आउट भए । कप्तान लोकेश राहुल २, ओपनर शुभमन गिल ७ र चेतेश्वर पुजारा ६ रनमा आउट भए । बंगलादेशका मेहिदी हसन मिराजले सर्वाधिक तीन विकेट लिएका छन् । सकिब अल हसनले एक विकेट लिएका छन् ।

त्यसअघि बंगलादेश दोस्रो इनिङमा २ सय ३१ रनमा अल आउट भयो । पहिलो इनिङमा ८७ रनलेपछि पर्दा समग्रमा १ सय ४४ रनको अग्रता लिएको थियो । बंगलादेशका लिटन दासले ९८ बलमा ७ चौकासहित सर्वाधिक ७३ रन बनाए । तल्लोक्रमका तस्किन अहमद र नुरुल हसनले ३१-३१ रन बनाए ।

पहिलो खेलमा शतक हानेका ओपनर जकिर हसनले १ सय ३५ बलमा ५ चौकासहित सर्वाधिक ५१ रन बनाए । कप्तान सकिब अल हसन १३ र मुश्फिकुर रहिम ९ रनमा आउट भए ।

भारतका अक्षर पटेलले सर्वाधिक तीन विकेट लिए । मोहम्मद शिराज र रविचन्द्रन आश्विनले दुई दुई विकेट लिए ।

त्यसअघि भारत पहिलो इनिङमा ३ सय १४ रनमा अल आउट हुँदै कुल ८७ रनको अग्रता लिएको थियो । एक समय भारतलाई विशाल रनको अग्रता लिने अवसर थियो । तर चियापछि भारतीय ब्याटर क्रिजमा टिक्न सकेनन् ।

विकेटकिपर ऋषभ पन्त १ सय ५ बलमा ७ चौका र ५ छक्कासहित ९३ रनमा आउट भए । पन्त स्पिनर मेहिदी हसन मिराजको बलमा नुरुल हसनबाट क्याच आउट भए । पन्त आउट भएको तीन ओभरपछि श्रेयस ऐर सकिब अल हसनको बलमा ८७ रनमा एलबीडब्लू आउट भए । ऐरले १ सय ५ बलमा १० चौका र २ छक्का हाने ।

एक समय ९४–४ को कमजोर अवस्थामा पुगेको भारतलाई पाँचौं विकेटका लागि ऋषभ पन्त र श्रेयस ऐरले १ सय ५९ रनको साझेदारी गर्दै २५३–४ को मजबुत अवस्थामा पुर्याए । तर भारतले अन्तिम ६ विकेट ६१ रन जोड्न गुमाएपछि विशाल अग्रता लिन सकेन ।

भारतका कप्तान लोशेक राहुल १०, शुमभन गिल २०, चेतेश्वर पुजारा र विराट कोहली २४–२४ रनमा आउट भए । बंगलादेशका सकिबल अल हसन र ताइजुल इस्लामले चार चार विकेट लिए ।

त्यसअघि शेरे नेशनल क्रिकेट स्टेडियम मिरपुरमा टस जितेर पहिला ब्याटिङ थालेको रोजेको बंगलादेश २ सय २७ रनमा अल आउट भायो । बंगलादेशका शीर्षक्रमका ब्याटर मोमिनुल हकले १ सय ५७ बलमा १२ चौका र १ छक्कासहित सर्वाधिक ८४ रन बनाए । उनी स्पिनर आश्विनको क्यामरम बलमा कट विहाइन्ड आउट भए ।

हक बाहेक अन्य बंगलादेशका ब्याटर मैदानमा टिकेर रन बनाउन सकेनन् । सुरुवात राम्रो गर्दै आउट भएका थिए । ओपनर नाज्मुल हसन शान्टो २४ र पहिलो टेस्टको डेब्यू खेलमा शतक हान्ने जकिर हसन १५ रनमा आउट भए ।

कप्तान सकिब अल हसन खराब सट खेल्दै १६ रनमा मिडअफमा चेतेश्वर पुजाराबाट आउट भए । त्यसपछि क्रिजमा आएका मुश्फिकुर रहिम २५ र लिटन दास २५ रनमा आउट भए । एकतर्फबाट हकले बंगलादेशको इनिङ सम्हाल्ले पनि अर्कोतर्फबाट लगातार विकेट गुमायो । क्रिजमा हकलाई कुनैपनि ब्याटरले राम्रो साथ दिन सकेनन् ।

भारतका उमेश यादव र रविचन्द्रन आश्विनले चार चार विकेट लिए । १२ वर्षपछि टेस्टमा पूनरागमन गरेका जयदेव उनादकटले दुई विकेट लिए । दुई टेस्ट खेलको सिरिजमा भारत १–० ले अघि छ । पहिलो खेलमा भारत १ सय ८८ रनले विजयी भएको थियो ।

May 4, 2024

नेपाल सिरिजको अन्तिम खेलमा विजयी  

काठमाडौँ (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्धको टि-२० श्रृंखलाको अन्तिम खेलमा नेपाल विजयी भएको छ । एक खेल अगावै सिरिज गुमाएको नेपाल अन्तिम खेलमा भने ६ विकेटले विजयी भएको हो । नेपालले पाएको १७३ रनको लक्ष्य नेपालले  ४ विकेट गुमाएर ७ बल बाँकी छँदै पुरा गर्यो । नेपालको जितमा अनिल साहले ४५ बलमा ५८ […]

May 4, 2024

सिरिजको अन्तिम खेलमा नेपाललाई बलियो लक्ष्य 

काठमाडौँ (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्धको टि-२० श्रृंखलाको अन्तिम खेलमा नेपालले बलियो लक्ष्य पाएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको वेस्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७२ रन बनायो ।  वेस्ट इन्डिज ‘ए’ का लागि एलिक अथान्जेले २९ बलमा १ चौका […]

May 4, 2024

नेपाल टस हारेर फिल्डिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्ध जारी टि २० सिरिजको पाँचौं खेलमा पनि नेपालले टस हारेको छ । वेस्ट इन्डिज ‘ए’ का कप्तान रोस्टन चेजले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय लिएपछि नेपालले फिल्डिङ गर्ने भएको छ । नेपालले सिरिजको सबै खेलमा पहिला फिल्डिङ गर्ने भएको छ । नेपालले आज पछिल्लो खेलमा हार […]

Success

Thank you for your time.