default_image

1 year ago

December 30, 2022

राशिद र उमेरको आक्रामक ब्याटिङमा पोखरालाई विशाल लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – अलराउन्डर राशिद खान र उमेर अलीको आक्रामक ब्याटिङमा फार वेस्ट युनाइटेडले नेपाल टि२० लिगमा पोखरा एभेन्जर्सलाई १ सय ८८ रनको विशाल लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको युनाइटेडले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८७ रन बनायो । फार वेस्टका लागि उमेर अलीले […]

103 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अलराउन्डर राशिद खान र उमेर अलीको आक्रामक ब्याटिङमा फार वेस्ट युनाइटेडले नेपाल टि२० लिगमा पोखरा एभेन्जर्सलाई १ सय ८८ रनको विशाल लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको युनाइटेडले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८७ रन बनायो । फार वेस्टका लागि उमेर अलीले २६ बलमा ५ छक्कासहित सर्वाधिक ४२ रन बनाए । उमेर अली जाहिर खानको बलमा बोल्ड आउट भए । राशिद खानले १५ बलमा २ चौका र २ छक्कासहित ३२ रन जोडे ।

ओपनर देव खनाल ३१ बलमा ३ चौका र १ छक्कासहित ३३ रनमा आउट भए । अर्का ओपनर हासिम अन्सारी ७ बलमा २ चौका र १ छक्कासहित १७ रनमा कुशल मल्लको बलमा एलबीडब्लू आउट भए । भीम सार्की १७, विनोद भण्डारी ११ र हरिशंकर शाह ५ रनमा आउट भए । करण केसी ७ बलमा २ चौकासहित १२ रनमा अविजित रहे ।

पोखरा तीव्र गतिका बलर आमिर हाम्जाले ३ ओभरमा ४३ रन खर्चेर २ विकेट लिए । जाहिर खानले ४ ओभरमा २४ रन खर्चेर ३ विकेट लिए । डेब्यू खेल खेलेका तुलबहादुर थापाले ३ ओभरमा २२ रन खर्चेर २ विकेट लिए ।

आमिर हाम्जाले अन्तिम ओभरमा तीन नोबल सहित कुल १० बल गर्दै १८ रन खर्चेका थिए । पोखरा सुरुवाती ५ खेलमा पराजित भएको छ । आजको खेलमा हारसँगै प्लेअफ सम्भावना अनौपचारिक रुपमा सकिनेछ ।

May 2, 2024

कर्णाली राष्ट्रिय लिगमा छनोट हुँदा मधेश बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – महिला राष्ट्रिय लिगको छनोट प्रतियोगिता अन्तर्गत घरेलु टोली कर्णाली आफ्नो अन्तिम खेलमा गण्डकी प्रदेशलाई पराजित गर्दै राष्ट्रिय लिगमा छनोट भएको छ । विहीबार विहान सुर्खेतको कर्णाली प्रदेश रंगशालामा गण्डकीमाथि २-० को जित दर्ता गर्दै कर्णालीले अंक तालिकाको तेस्रो स्थान पक्का गर्यो । वर्षा ओली र संजिता बम्जनले १-१ गोल गर्दै टोलीको […]

May 2, 2024

वेस्ट इन्डिज ‘ए’ लाई एक खेल अगावै सिरिज उपाधि 

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ ले एक खेल बाँकी छँदै नेपाल विरुद्धको टि-२० सिरिज उपाधि जितेको छ । बिहिवार भएको चौथो खेलमा पनि जित दर्ता गर्दै पाहुना टोलीले एक खेल अगावै ३-१ ले सिरिज जितेको हो । पहिलो खेलमा हार बेहोरेको वेस्ट इन्डिज ‘ए’ ले लगातार तेस्रो जित दर्ता गर्ने क्रममा नेपाललाई २८ […]

May 2, 2024

वेस्ट इन्डिज ‘ए’ द्वारा नेपाललाई पुनः विशाल लक्ष्य पेश 

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्ध जारी टि २० सिरिजको चौथो खेलमा पनि नेपालले विशाल लक्ष्य पाएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको वेस्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय ९ रन बनायो । वेस्ट इन्डिज ‘ए’ का लागि आन्द्रे फ्लेचरले ५४ […]

Success

Thank you for your time.