default_image

3 years ago

December 31, 2022

कुशल भुर्तेलले विकेटकिपिङ गर्दै

209 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट नेपाली क्रिकेट टोलीका ओपनर कुशल भुर्तेलले लुम्बिनी अल स्टार्सबाट नेपला टि२० लिगमा पोखरा एभेन्जर्सविरुद्ध विकेटकिपरको भूमिका निर्वाह गर्ने भएका छन् ।

टियु क्रिकेट मैदानमा भएको टसमा लुम्बिनीका कप्तान दीपेन्द्रसिंह ऐरीले जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् । लुम्बिनीले आजको खेलमा कुशल भुर्तेललाई विकेटकिपरको भूमिका दिएको छ । ओपनर कुशल भुर्तेलले पछिल्लो समय लेग स्पिन बलिङ गर्दै आएका छन् । कुशलले विकेटकिपरको भूमिका पाएका छन् ।

लुम्बिनीले किकेटकिपर अनिल शाह र लाहिरु मिलान्था दुबैलाई बेन्चमा छन् । मिलान्था लुम्बिनीको पाँच मध्य तीन खेलमा प्लेयर अफ द म्याच चुनिदै आएका थिए । लुम्बिनीको सबै खेलमा विकेटकिपर मिलान्था थिए । तर मिलान्था घाइते भएका छन् ।

त्यसैको कारण उनको स्थानमा प्याट ब्राउन खेलेका छन् । अनिल शाह भने हजुरबुबाको निधनपछि शुक्रबार रातीनै उनी घर कलैया फर्किएका छन् । त्यसैको कारण कुशल भुर्तेललाई विकेटकिपर खेलाएको छ ।

अनिलको स्थानमा योगेन्द्रसिंह कार्की खेलेका छन् । त्यसैको कारण कुशलले विकेटकिपरको भूमिका निर्वाह गर्नु पर्ने भएको छ । कुशलले यू-१९ मा मध्यगतिमा बलिङ गर्दा तल्लोक्रममा ब्याटिङ गर्थे । कुशलले पहिलो पटक विकेटकिपरको भूमिका निर्वाह गरेका हुन् ।

पोखराले कुशल मल्ललाई बेन्चमा राख्दा प्रतिश जि.सीलाई मौका दिएको छ । कुशलले यस प्रतियोगितामा उच्च प्रदर्शन गर्दै आएका छन् । शुक्रबार मात्रै फार वेस्ट युनाइटेडविरुद्ध २२ बलमा ५ छक्कासहित ४० रन जोडेका थिए । पोखराको लगातार खेल हुँदा विश्राम दिएको अनुमान गरिएको छ ।

त्यस्तै लुम्बिनी अल स्टार्सले आजको खेलमा दुई परिवर्तन गरेको छ । योगेन्द्रसिंह कार्की र प्याट ब्राउनलाई आजको खेलमा मौका दिएको छ । अनिल कुमार शाह र लाहिरु मिलान्थालाई विश्राम दिएको छ । लुम्बिनी ५ खेलमा १० अंकका साथ शीर्षस्थानमा छ । पोखरा ६ खेलमा ५ मा हार र १ मा जितसहित पुछारमा छ ।

पोखरा एभेन्जर्सको प्लेइङ ११ : आसिफ शेख, प्रतिश जि.सी, आरिफ शेख, तुलबहादुर थापा, विपिन खत्री, सुमित महर्जन, सिद्धान्त लोहनी, उपुल थरंगा, जाहिर खान, आमिर हाम्जा र अभिमन्यु मिथुन ।

लुम्बिनीको प्लेइङ ११ : दीपेन्द्रसिंह ऐरी, योगेन्द्रसिंह कार्की, कुशल भुर्तेल, प्याट ब्राउन, गुलशन झा, तिलकराज भण्डारी, किशोर महतो, सुनिल धमला, शड्ली भान सेक्किक, ह्यारी टेक्टर र हरम्रीत सिंह ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.