default_image

3 years ago

January 4, 2023

‘खेलाडीको पैसा जिम्मेवारी क्यानले लिन्छ, लिग रोकिदैन’– चन्द

395 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले नेपाल टि२० लिगमा खेलाडीहरुको पैसा आफूहरुले जिम्मेवारी लिने बताएका छन्। नेपाल टि२० लिगमा खेलाडीले पैसा नपाएपछि खेल नै रोकिने अवस्था आई रहेको अवस्थामा चन्दले उक्त प्रतिक्रिया दिएका हुन् ।

‘पहिला कुरा जुनदिन देखि खेल सुरु भयो । आज झण्डै १२ औं दिन हो । हिजो (मंगलबार) खेल अलिकति ढिला भयो । खेलाडीहरुको पारिश्रमिक सुनिश्चिता विषयमा छलफल गर्दा ढिलो भएको हो । त्यो पनि सेभेन थ्रिका कर्मसियल पार्टनरका संस्थापक जतिन भारत जानु भयो । हाम्रो पनि सम्पर्कमा आउनु भएन, चतुरबहादुर चन्दले भने ।

त्यसैमा उनले थपे, “वहाँ राती ११ बजे मात्रै सम्पर्कमा आउनु भयो । किन भन्दा म धेरै दबाबमा थिएँ । पैसा थिएन । नेपालमा पैसाका कतैबाट उठेन । दुई करोड टिकटबाट उठाउछु भनेपनि त्यो पनि भएन । त्यसकारण मैले पैसा ट्रान्सफर गर्न भारत आउन आवश्यक पर्यो । सानो सानो कामको लागि पनि मसँग पैसा भएन । पैसा ट्रान्सफर गर्न जरुरी भएर आएको हुँ । बताएर गएको भए भाग्यो भन्ने हल्ला हुन्थ्यो, जतिनसँगको कुरा चन्दले भने ।

खेलाडीहरुमा भाग्यो भन्ने डर फैलिन सक्ने हुँदा नभनी भएको समेत बताए । ‘यो हल्ला भएपछि मलाई लाग्छ खेलाडीहरुमा आर्थिक सुनिश्चिताको भएभए (डर) होला भनेर आएँ । खेलाडी हाम्रो हो । खेलाडीलाई फ्रेन्चाइज टोलीले पैसा दिने हो । कुनै कारण फ्रेन्चाइजले समयमा पैसा दिन सकेन भने हामी दिलाउँछौं’, उनले भने ।

‘प्रतियोगिता दौरानमै खेलाडीले पैसा पाउँछन् । हुन सकेन भने क्यान जिम्मेवारी बस्छ । संसारका धेरै बार्डहरुमा ढिलो ढिलो गरेर पैसा आउँछ । खेलाडीको पैसा मर्नु हुँदैन । एउटा के जिम्मेवारी हुन पर्यो भने सम्झौता फ्रेन्चाइजले गरेपनि वहाँबाट दिलाउने र कुनै हालतमा सकेन भने क्यानले जिम्मेवारी लिन्छ । क्यानले खेलाडीको पैसा मर्न दिन्न । त्यसैले यो समस्या यहिँ समाधान भयो’, चन्दले भने ।

विदेशी खेलाडीको हकमा धेरै समस्या नभएको बताए । ‘विदेशी खेलाडीको हकमा त्यस्तो धेरै समस्या छैन । धेरै फ्रेन्चाइजहरुले विदेशी खेलाडीलाई पैसा दिई सकेको छ । धेरै फ्रेन्चाइजहरुले अधिकाम्स खेलाडीहरुलाई पैसा दिएर पठाई सकेको छ । दुई तीन जनाको कुरा हो भने फ्रेन्चाइजसँग कुरा गर्छौ । हुँदै भएन भने त्यसको पनि बाटो निस्किन्छ’, उनले भने ।

चन्द यो धेरै समस्याको कुरा नभएको बताए । ‘हामीले सुरुदेखि नै भनेका छौं । पैसाको कुरामा फ्रेन्चाइज टोली र खेलाडीको विषयमा क्यानको कुनै सहभागीता हुँदैन । यसको पुरै जिम्मेवारी फ्रेन्चाइज टोलीको हुन्छ । त्यो हुन सकेन भने दुई चार जना विदेशी खेलाडीको रुपमा हामी कुरा गछौं । ढिलो चाडो हो । संसारभर बन्द भएका लिगहरुमा पैसा तिरेको छ । मलाई लाग्छ यो धेरै समस्याको को विषय नभएको होईन’, विदेशी खेलाडीको बारे उनले भने ।

चन्दले नेपाल टि२० लिगमा बोर्डको कुनैपनि खराब नियत नभएको प्रष्ट पारे । ‘प्रतियोगिता १० दिन अघिनै पैसा पाएन खेल्दैन यो भएन भन्ने कुराले मलाई लाग्छ यसअघिका नेपालका फ्रेन्चाइज लिगहरुमा एउटा विश्वासको कुरा हो । अहिले क्यान बोली राखेको छ । अलि अस्ति सम्म पनि पोखरा प्रिमियर लिगमा पैसा पाएको छैन भन्ने कुरा आएको थियो । मैले सुरुवात देखिनै भन्दै आएको छु । यस्मा बोर्डको कुनै खराब नियत छैन’, चन्दले भने ।

‘हाम्रो १८ जना खेलाडी वार्षिक सम्झौता छ । बढीमा पाउने खेलाडीले वार्षिक ६ लाख पाउँछ । बाँकी रहेकोले अलिअलि म्याच फि पाउने हो । यस्मा ६८ जनाले खेल्दै छन् । यस्मा कम्तिमा पनि एउटाले पाँच लाख पाउँछ । यसअघि फ्रेन्चाइज लिगबाट क्यानले वार्षिक २० लाख पाउँदा अहिले ४ करोड पाउँछ । पाँच लाख पाउने खेलाडीले त ढाई लाख पाई सक्यो । त्यस कारण पैसाको कारण लिग रोकिनु र बदना हुनु हुदैन । यो कुरा केहि सकियो’, उनले भने ।

चन्दले खेल नरोकिने बताए । ‘खेल लगातार जारी रहन्छ । यो नेपाल क्रिकेट संघ (क्यान) को आयोजना हो । यो कर्मसियल कारण मात्रै यो खेल रोकिदैन । सेभेन थ्री स्पोर्ट्सले त दिनुपर्ने केहि छैन । उसले अव क्यानलाई दिनुपर्ने अन्तिम किस्ताको भ्याट कटाएर दिन मात्रै बाँकी हो । अरु दिन पर्ने केहि छैन । उस्ले दिनुपर्ने सम्पिती हो । कुनै फ्रेन्चाइजले दिन सकेन भने त्यो दिलाउने र दिन नसके क्यानले दिने जिम्मा लिई सकेको छ’, उनले भने ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.