default_image

3 years ago

January 6, 2023

मोन्टी देशाइ मुख्य प्रशिक्षक बन्ने उच्च सम्भावना

503 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीले नयाँ मुख्य प्रशिक्षकको रुपमा भारतीय मोन्टी देशालाई पाउने उच्च सम्भावना छ । विश्व क्रिकेटका उत्कृष्ट ब्याटिङ प्रशिक्षक मानिने मोन्टी देशाईलाई ल्याउने सम्भावना रहेको नेपाल क्रिकेट संघ (क्यान) स्रोतले हाम्रो खेलकुदलाई जानकारी दिएको छ ।

स्रोतका अनुसार क्यानले उनीसँग प्रारम्भिक छलफल अघि बढाएको छ । ब्याटिङमा लगातार खराब प्रदर्शन गरेपछि नेपालले आइपिएलदेखि टेस्ट टोलीसम्म निकै राम्रो अनुभव बोकेका मोन्टीलाई ल्याउने तयारी गरेको छ । नेपालले यसअघि लगातार मोन्टी देशाई ल्याउन खोजेपनि उनको कार्य व्यस्तताका कारण अन्तिम समयमा सफल हुन सकेको थिएन ।

डेभ ह्वाटमोर र पुबुदु दासानायकेलाई नियुक्त गर्नुअघि नेपालको प्राथमिकतामा मोन्टी नै थिए । तर मोन्टीले इन्डियन प्रिमियर लिग (आइपिएल) हेर्न बढी समय मागेपछि क्यानले अन्यलाई नियुक्त गरेको थियो । डेढ वर्षको अन्तरमा तीन विदेशी प्रशिक्षक परिवर्तन पछि देशाईलाई दीर्घकालिन रुपमा ल्याउने सोच बनाएको छ ।

अघिल्लो महिना भारतीय प्रशिक्षक मनोज प्रभाकरलाई मुख्य प्रशिक्षकबाट हटाएपछि पद रिक्त छ । प्रभाकरले आफ्नो मनलाग्दी गर्न थालेपछि हटाएको थियो । मोन्टीलाई ल्याउँदा नेपालको ब्याटिङमा सुधार, अन्तर्राष्ट्रिय स्तरमा प्रदर्शनमा फरक, भाषामा समस्या नहुने र भारतीय घरेलु क्रिकेटको धेरै फाइदा उठाउन सक्ने अनुमान गरिएको छ ।

२०२२ डिसेम्बर अन्तिमसँगै मोन्टीले वेस्टइन्डिज ब्याटिङ प्रशिक्षकको रुपमा तीन वर्ष यात्रा सकाएका छन् । खराब ब्याटिङ समाधानको लागि उनी राम्रा विकल्प हुन् । विशेष गरि उनी युवा प्रतिभा पहिचान र ब्याटिङमा सुधारका लागि चिनिन्छन् । ब्याटिङ सुधार गर्न नेपालले उच्च प्रोफाइल भएमा मोन्टीलाई ल्याउने तयारी गरेको हो ।

मोन्टीले वेस्टइन्डिज, नेपाल, अफगानिस्तान, युएई, क्यानडा, आइपिएलमा गुजरात लायन्यस, राजस्थान रोयल्स, पन्जाब किंग्स, भारतीय घरेलु क्रिकेटमा आन्द्र प्रदेशको प्रशिक्षकको रुपमा काम गरि सकेका छन् । नेपाली क्रिकेटलाई धेरै नजिकबाट हेर्दै आएका आएका छन् ।

नेपालको ऐतिहासिक जितका पर्दा पछाडिका हिरो

सन् २०१७ मा नेपालले एसिसी यू-१९ एसिया कपमा भारतलाई १९ रनले हराउँदै इतिहास रचेको थियो । जुन क्रिकेट इतिहासमा नेपालले भारतलाई हराएको पहिलो खेल थियो । नेपालले भारतलाई हराउँदा मोन्टी नेपालका ब्याटिङ सल्लाहकार थिए । नेपाली यू–१९ टोलीले खराब प्रदर्शन गरेपछि मोन्टीलाई ब्याटिङ सल्लाहकारको रुपमा ल्याएको थियो । नेपालले त्यो प्रतियोगितामा सानदार प्रदर्शन पनि गर्यो ।

मोन्टीले नै यू-१९ मा प्रशिक्षण दिएका त्यस बेलाका दीपेन्द्रसिंह ऐरी, आसिफ शेख र रोहित पोडैल अहिले सिनियर टोलीका प्रमुख ब्याटर हुन् । उक्त टोलीका अनिल शाह, भीम सार्की, पवन सरार्फ, कमलसिंह ऐरी, किशोर महतो, साहब आलम लगायत धेरै खेलाडी अहिले सिनियर टोलीमा छन् ।

नेपालले २०१४ मा बंगलादेशमा भएको आइसिसी टि२० विश्वकप पहिलो पटक खेल्दा उनी टोलीमै थिए । २०१५ मा आयरल्यान्ड र स्कटल्यान्डमा भएको विश्व ट्वान्टी–२० छनोटमा देशाई नेपाली टोलीसँग रहेका थिए । पछिल्लो एक दशकदेखि उनले नेपाली खेलाडीलाई निकै नजिकबाट हेरेका छन् ।

मोन्टीको प्रशिक्षक अनुभव

मोन्टीले २०१९ देखि २०२२ डिसेम्बर सम्म वेस्टइन्डिजको ब्याटिङ प्रशिक्षकको रुपमा काम गरे । मोन्टीको प्रक्षिशकमा युवा ब्याटर निकोलस पुरन र शिम्रन हेटमायरले सानदार प्रदर्शन गरे । त्यस्तै डेब्यू टेस्टमै दोहोरो शतक हान्ने काइल मेयर्स पनि मोन्टीको प्रशिक्षणबाट निखारिएका हुन् । उनको प्रशिक्षणमा विशेषगरि टेस्टमा वेस्टइन्डिजले थुप्रै ब्याटर पाएको छ ।

पछिल्लो समय वेस्टइन्डिजको अन्तर्राष्ट्रिय प्रदर्शन त्यति राम्रो छैन । त्यो प्रशिक्षण भन्दा पनि आन्तरिक राजनीतिको कारण बताइन्छ । मोन्टी २०१९ मा वेस्टइन्डिज जानुअघि युएईको ब्याटिङ प्रशिक्षक थिए । टि२० विश्वकप छनोटपछि भने उनी युएई छाडेर वेस्टइन्डिज गएका थिए । मोन्टी २०१८ देखि २०१९ जुलाई सम्म क्यानडाको मुख्य प्रशिक्षक थिए ।

२०१८ को एकदिवसीय विश्वकप छनोटमा मोन्टी नै अफगानिस्तका ब्याटिङ प्रशिक्षक थिए । अफगानिस्तानले फाइनलमा वेस्टइन्डिजलाई हराउँदै उपाधि जितेको थियो । मोन्टीले २०१६ र २०१७ को आइपिएलमा गुजरात लायन्सको टोली पर्फर्मेन्स कोचको रुपमा हेरेका थिए । मोन्टीले २००८ देखि २०१५ सम्म आइपिएलमा राजस्थान रोयल्सको साहयक प्रशिक्षकको रुपमा काम गरेका थिए । राजस्थानले २००८ को पहिलो संस्करणमै उपाधि जितेको थियो ।

मोन्टी यस अघि नै नेपालमा काम गर्न चाहन्थे । उनी पहिला देखि नै नेपाली क्रिकेटलाई आफूले केहि गर्न चाहेको र अन्य देशमा भन्दा कम सेवा सुविधामा काम गर्न तयार भएको समेत बताएका थिए । तर क्यान आइसिसीको निलम्बनमा हुँदा त्यो सम्भव हुन सकेन । क्यान आएपछि नेपालले लगातार प्रस्ताव गरेपनि आइपिएलको कार्य व्यस्तताका कारण उनी आएनन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.