default_image

3 years ago

January 5, 2023

पोखरालाई हराउँदै जनकपुर प्लेअफमा

370 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – जनकपुर रोयल्सले नेपाल टि२० लिगमा पोखरा एभेन्जर्सलाई ६ विकेटले हराउँदै प्लेअफमा स्थान पक्का गरेको छ । छैटौं जितका साथ जनकपुरले शीर्ष दुईमा रहँदै क्वालिफायर खेल्ने सम्भावना मजबुत बनाएको छ।

जितको लागि ६९ रनको विजयी लक्ष्य पछ्याएको जनकपुरले ९ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । जनकपुरका ओपनर शराफुद्दिन अशरफले २७ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ३७ रन बनाए ।

अर्का ओपनर ट्रभोन ग्रिफिथले १३ बलमा ३ चौकासहित १७ रनमा आउट भए । पोखरका कुशल मल्लले ३ ओभरमा १० रन खर्चेर ३ विकेट लिए । असिथा फ्रेनान्डोले एक विकेट लिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङकोे निम्तो पाएको पोखरा ६८ रनमा अल आउट भयो । यो नेपाल टि२० लिगमा पुरै २० ओभरको खेलमा सबैभन्दा कम योगफल हो । यसअघि ९–९ ओभरको खेलमा विराटनगर सुपर किंग्स काठमाडौंसँग ५८ रनमा अल आउट भएको थियो ।

पोखराका सिद्धान्त लोहनीले १० बलमा २ छक्कासहित सर्वाधिक १७ रनमा आउट भए । आसिफ शेख १० बलमा ३ चौकासहित १६ रनमा आउट भए । कुशल मल्लले १८ बलमा २ छक्काहित १६ रन बनाए ।

लज्जास्पद ब्याटिङ गर्नेक्रममा पोखराका ८ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । ओपनर सुमित महर्जन एक, आरिफ शेख दुई, उपुल थरंगा, आमिर हाम्जा शून्य र विपिन खत्री ८ रनमा आउट भए ।

जनकपुरका सोमपाल कामीले २ ओभरमा ८ रन खर्चेर ३ विकेट लिए । ललित नारायण राजवंशीले ३ ओभरमा १ मेडनसहित ६ रन खर्चेर २ विकेट लिए । शराफुद्दिन अशरफले १ ओभरमा ४ रन खर्चेर २ विकेट लिए । जितेन्द्र मुखिया, ट्रेभन ग्रिफिथ र पवन सरार्फले एक एक विकेट लिए ।

अंक तालिका

लुम्बिनी ९ खेलमा ८ मा जित र १ हारसहित १६ अंकका साथ शीर्षस्थानमा छ । अन्तिम खेल लुम्बिनीले शुक्रबार जनकपुरसँग खेल्नेछ । उक्त खेलमा हारेपनि शीर्ष स्थानमै रहनेछ । जनकपुर रोयल्स ९ खेलमा ६ मा जित र ३ मा हारसहित १२ अंकका साथ दोस्रो स्थानमा छ । जनकपुर अन्तिम खेलमा विजयी हुँदा शीर्ष दुईमा स्थान पक्का हुनेछ ।

जनकपुर पराजित हुँदा भने काठमाडौंको नतिजामा भर पर्नेछ । काठमाडौंले बाँकी दुई मध्य एक खेल हार्दा पनि जनकपुर शीर्ष दुईमा रहनेछ । काठमाडौं ८ खेलमा ४ मा जित र ४ मा हारसहित ८ अंकका साथ तेस्रो स्थानमा छ । विराटनगर सुपर किंग्स ८ खेलमा ३ मा जित र ५ मा हारसहित ६ अंकका साथ चौथो स्थानमा छ ।

पोखरा ९ खेलमा ३ मा जित र ६ मा हारसहित ६ अंकका साथ पाँचौं स्थानमा छ । फार वेस्ट युनाइटेड ७ खेलमा १ मा जित र ६ मा हारसहित पुछारमा छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.