3 years ago
January 5, 2023
एजेन्सी – विश्व क्रिकेटको पावर हाउस भारतका प्रमुख खेलाडी अहिले घाइते छन् । पछिल्लो समय लगातार खेलाडी घाइते भएपछि भारत समस्यामा पर्दै आएको छ । चोटकै कारण भारतले टि२० विश्वकपमा जस्प्रित बुमराह र रविन्द्र जडेजा विना नै खेल्नु पर्यो ।

बुधबार भारतका मध्यक्रमका ब्याटर सन्जु स्यामसन चोटका कारण बाहिरिएका छन् । श्रीलंकासँग पहिलो टि२० आई खेलमा फिल्डिङ गर्नेक्रममा स्यामसन घाइते भएका थिए ।
उनको स्थानमा भारतले विकेटकिपर जितेश शर्मालाई टोलीमा बोलाएको छ । भारतीय कप्तान रोहित शर्मादेखि विकेटकिपर ऋषभ पन्त सम्मका खेलाडी घाइते छन् । हाल घाइते भएका भारतीय १० खेलाडी यस प्रकार छन् ।
१.रोहित शर्मा– बुढी औंला
भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्मा गत डिसेम्बरमा बंगलादेशसँग दोस्रो ओडिआई खेलमा घाइते भएका थिए । रोहितको बायाँ हातको बुढी औंलामा चोट लागेको थियो । रोहित उक्त खेलमा २८ बलमा ३ चौका र ५ छक्कासहित ५१ रनमा मा अविजित थिए । त्यसपछि उनी भारतीय टोलीमा छैनन् ।
२. ऋषभ पन्त– लिगामेन्ट

भारतीय क्रिकेट टोलीका विकेटकिपर ब्याटर ऋषभ पन्त यसै साता कार दुर्घटनामा पनि गम्भीर घाइते भएका छन् । उनको टाउँको, खुट्टा र पछाडीको भागमा चोट लागेको छ । पन्तको लिगामेन्ट टेयरमा चोट लागको छ । बुधबार उनी आइसियुबाट बाहिर भएका थिए । पन्तलाई मैदान फर्किन लामो समय लाग्न सक्ने अनुमान गरिएको छ ।
३. जस्प्रित बुमराह– ब्याक

भारतीय प्रमुख तीव्र गतिका बलर जस्प्रित बुमराह ब्याक इन्जुरीबाट संघर्ष गरेका छन् । लामो समयदेखि ब्याक इन्जुरीको उनले उपचार गराई रहेका छन् ।
अर्को सातादेखि श्रीलंकासँग हुने तीन ओडिआई खेलको लागि उनी टोलीमा छन् । बुमराहले ब्याक इन्जुरीकै कारण टि२० विश्वकप गुमाउनु परेको थियो । बुमराह अझै पूर्ण रुपमा फिट भने भएका छैनन् ।
४.रविन्द्र जडेजा– घुँडा

भारतीय अलराउन्डर रविन्द्र जडेजा पनि टि२० विश्वकप अघि नै भारतीय टोलीबाट बाहिरिएका थिए । जडेजाको घुँडामा चोटका कारण लामोसमय देखि मैदान बाहिर छन् । पछिल्लो एक वर्ष जडेजाले चोटसँग लगातार संघर्ष गर्दै आएका छन् ।
५. प्रसिद्ध कृष्णा – ब्याक

भारतीय तीव्र गतिका बलर प्रसिद्ध कृष्णा ब्याक इन्जुरीको कारण टोलीमा छैनन् ।
६.दीपक चाहर– ह्यामस्ट्रिङ

भारतीय तीव्र गतिका बलर दीपक चाहर गत डिसेम्बरमा बंगलादेशविरुद्ध ओडिआई सिरिजमा घाइते भएका थिए । ह्यामस्ट्रिङ चोटका कारण उनी भारतीय टोली बाहिर छन् ।
७- सन्जु स्यामसन – घुँडा

भारतीय क्रिकेट टोलीका विकेटकिपर सन्जु स्यामसन श्रीलंकासँग पहिलो टि२० आई खेलमा घाइते भएका थिए । १३ औं ओभरमा फिल्डिङ गर्नेक्रमा लड्दा स्यामसन घाइते भएका थिए । घाइते भएलगत्तै उनले मैदान छाडेका थिए । स्यामसनलाई भारतीय क्रिकेटमा अभागी खेलाडीको रुपमा समेत हेरिन्छ ।
८. मोहम्मद शामी – काँध

भारतीय तीव्र गतिका बलर मोहम्मद शामी काँघमा चोटका कारण भारतीय टोलीमा छैनन् । शामी बंगलादेशसँगको ओडिआई सिरिज खेल्नुअघि अभ्यासको क्रममा घाइते भएका थिए ।
९.नवदीप सैनी – माशंपेशी

भारतीय तीव्र गतिका बलर नवदीप सैनी माशंपेशीमा चोटका कारण भारतीय टोली बाहिर छन् । उनी बंगलादेश भ्रमणकोक्रममा घाइते हुन पुगेका थिए ।
१०.कुलदीप सेन-ब्याक

भारतीय तीव्र गतिका बलर कुलदीप सेन पनि घाइते छन् । सेन बंगलादेशसँगको पहिलो ओडिआई खेलमा घाइते भएका छन् ।
आइपिएलमा सानदार प्रदर्शन गरेपछि सेनले बंगलादेशविरुद्ध पहिलो ओडिआई खेलमा डेब्यू गरेका थिए । डेब्यू खेलमा दुई विकेट लिएपनि ब्याक इन्जुरीको कारण टोली बाहिर भएका हुन् ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]