default_image

3 years ago

January 5, 2023

शानका र मेन्डिसको विष्फोटक ब्याटिङमा भारतलाई विशाल लक्ष्य

146 views

0 Bookmark

एजेन्सी – कप्तान दासुन शानका र कुशल मेन्डिसको विष्फोटक ब्याटिङमा श्रीलंकाले दोस्रो टि२० आई खेलमा घरेलु टोली भारतलाई २ सय ७ रनको विशाल लक्ष्य दिएको छ । पुणेमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको श्रीलंकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय ६ रन बनायो ।

श्रीलंका कप्तान दासुन शानका २२ बलमा २ चौका र ६ छक्कासहित ५६ रनमा अविजित रहे । ओपनर कुशल मेन्डिस ३१ बलमा ३ चौका र ४ छक्कासहित ५२ रनमा आउट भए । श्रीलंकालाई ओपनर पाथुम निसांका र कुशल मेन्डिसले ८.२ ओभरमा ८० रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाए ।

ओपनर पाथुम निसांका ३५ बलमा ४ चौकासहित ३३ रनमा आउट भए । चरिथ असलंका १९ बलमा ४ छक्कासहित ३७ र भानुका राजपक्षे २ रनमा आउट भए । धनन्जय डि सिल्भा ३, वानिन्दु हसरंगा शून्य र चामिका करुणारत्नेले ११ रन बनाए । भारतका उमरान मलिकले ४ ओभरमा ४८ रन खर्चेर ३ विकेट लिए ।

अक्षर पटेलले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिए । युजभेन्द्र चहलले एक विकेट लिए । तीन टि२० आई खेलमा भारतले १–० को अग्रता लिएको छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.