default_image

3 years ago

January 6, 2023

रोनाल्डो छाडेर नेपाली चाइनाम्यानको ‘हसरंगा सेलेब्रेसन’

346 views

0 Bookmark

भुपेन्द्र जि.सी., काठमाडौं

स्पिन बलिङ आक्रामण नेपालको मुख्य हतियार हो । इतिहास देखि नै राष्ट्रिय होस् वा अन्तर्राष्ट्रिय स्पिनरको प्रदर्शन सधैैं उच्च छ । नेपालमा विभिन्न शैलीका स्पिनर हाबी भएपनि चाइनाम्यान विरलै भेटिन्छ । हाल घरेलु क्रिकेटमा चाइनाम्यान स्पिनरको रुपमा तुलबहादुर थापा मात्रै छन् ।

लुम्बिनी प्रदेशबाट घरेलु क्रिकेट खेल्ने युवा स्पिनर तुलबहादुर वर्तमान नेपाली किकेटमा देखिएका एक मात्रै चाइनाम्यान बलर हुन् । नेपाल मात्रै होईन विश्व क्रिकेटमै च्याइनाम्यान स्पिनर निकै कम भेटिन्छन् । विश्व क्रिकेटमा वर्तमान समयमा कुलदीप यादव विश्व क्रिकेटकै उत्कृष्ट चाइनाम्यान बलरमा पर्दछन् ।

तुलबहादुरले गतवर्ष एभरेष्ट प्रिमियर लिग (इपिएल) मा भैरहवा ग्ल्याडियटर्सबाट डेब्यू गर्दै पोखरा राइनोजका खेलाडी केज्रिक विलियम्सको विकेट लिए । डेब्यूको पहिलो ओभरमै केज्रिकलाई एलबीडब्लू आउट गर्दै उनले विश्व फुटबलका सर्वकालीन महान खेलाडी क्रिस्टियानो रोनाल्डोको सेलेब्रेसन गरे । जुन सेलेब्रेसनले राम्रो चर्चा पनि पायो ।

तीनै तुलबहादुरले नेपाल टि२० लिगमा रोनाल्डो सेलेब्रेसन छाडेर श्रीलंका युवा स्टार वानिन्दु हसरंगा टेलिफोन सेलेब्रेसन गरेका छन् । पोखरा एभेन्जर्सले सुरुवाती पाँच खेल लगातार हार्न पुग्यो । त्यसपछि तुलबहादुर थापालाई मौका दियो । तीव्र गतिका बलर प्रतिश जि.सी. पूर्ण रुपमा फिट नभएपछि उनको स्थानमा फार वेस्ट युनाइटेडविरुद्ध मौका दियो ।

तुलबहादुरले नेपाली टोलीबाट खेलिसकेका भीम सार्की र हरिशंकर शाहको विकेट लिए । विकेटपछि तुलबहादुरले वानिन्दु हसरंगाकै सेलेब्रेसन गरे ।

डेब्यू खेलमा तीन ओभरमा २२ रन खर्चेर २ विकेट लिएपछि त्यसपछि लगातार तीन खेलमा मौका दियो । तीनै खेलमा पोखरा विजयी भयो । तीन खेलमा तुलबहादुरले महत्त्वपूर्ण पाँच विकेट लिँदै प्लेअफको आशा जीवित राखे । जनकपुर रोयल्सविरुद्ध श्रीलंका असिथा फर्नान्डो आएपछि उनी बेन्चमा बस्नु पर्यो ।

काठमाडौं नाइट्सलाई सोमबार पाँच विकेटले हराउन तुलबहादुरले २ ओभरमा १७ रन खर्चेर २ विकेट लिए । उनले सुनम गौतम र यस प्रतियोगितामा विष्फोटक ब्याटिङ गर्दै आएका अफगानी अलराउन्डर आजमतुल्लाह ओमरजाईको विकेट लिए । विकेटपछि उनले हसरंगा सेलेब्रेसन गरे ।

तुलबहादुर रोनाल्डो छाडेर हसरंगा सेलेब्रेसन तर्फ लागेका छन् । श्रीलंकाली हसरंगा वर्तमान समयमा विश्व क्रिकेटका एक उत्कृष्ट लेग स्पिनर हुन् । टि२० आई विश्व वरियता शीर्षस्थानमा रहेका बलर हसरंगा आफ्नो आदर्श खेलाडी भएको हुँदा उनको सेलेब्रेसन गरेको बताउँछन् ।

‘हसरंगा अहिलेको विश्वको टप स्पिनर हुन् । अलराउन्डरमा पनि मनपर्छ । मलाई पहिला देखि नै श्रीलंका खेलाडी मनपर्छ । मलाई हसरंगा सेलेब्रेसन एकदमै राम्रो लाग्छ । उसको फ्लाइट बलमा बिट गरेर आउट गर्छ । उसको कन्फिडेन्स देखेर एकदमै राम्रो लाग्छ । त्यहिँ भएर उस्को सेलेब्रेसन गरेको हुँ’, तुलबहादुरले भने ।

रोनाल्डो छाडेको भन्दा पनि क्रिकेटकै खेलाडीको समर्थन गरेको बताउँछन् । ‘म क्रिकेटर भएपछि क्रिकेट खेलाडीलाई नै मान्नुपर्यो । अहिलेको अलराउन्डरमा मलाई हसरंगा उत्कृष्ट लाग्छ । भारतीय बलर कुलदीप यादव र हसरंगा मेरो आइडल नै हुन्’, तुलबहादुरले भने ।

तुलबहादुरले गतवर्ष ब्याक पेन र हातमा चोटका कारण ६ महिना भन्दा बढी मैदान बाहिर रहे । तर उनले चोटबाट पूनरागमन गर्दै लुम्बिनीबाट यस वर्ष प्रधानमन्त्री कप र यू-१९ राष्ट्रिय प्रतियोगिता खेलि सकेका छन् । यी दुवै प्रतियोगितामा उनले पर्याप्त अवसर नपाउँदा आफ्नो प्रदर्शन नै राम्रोसँग देखाउन पाएका छैनन् ।

गतवर्ष इपिएलमा ट्यालेन्ट हन्टमार्फत भैरहवाको टोलीमा समावेश भएका तुलबहादुर थापा प्यूठानको नौबहिनी गाउँपालिका डाम्रीका हुन् । घरेलु क्रिकेट उनले दाङबाट खेल्ने गर्दछन् । प्यूठानमा जिल्ला क्रिकेट संघ क्यानको मान्यता प्राप्त सदस्यता नहुँदा उनले दाङबाट घरेलु क्रिकेट खेल्दै आएका छन् । विगत चार वर्षदेखि नेपालका पूर्व क्रिकेटर शक्ति गौचनको स्टार क्रिकेट एकेडेमीमा क्रिकेट सिक्दै आएका छन् ।

भारतबाट क्रिकेट सिकाई

भारत क्रिकेटका एउटा पावर हाउस हो । त्यसैले त्यहाँको क्रिकेट वातावरणबाट टाढा रहन बालबालिकालाई कठिन पर्छ । तुलबहादुरले पनि भारतको चण्डिगढबाट क्रिकेट खेल्न सिकेका हुन् । बुबा खड्क रोजगारमा हुँदा उनी कक्षा तीनमा बढ्दा भारत लागे ।

उनी सुरुमा माइला अंक सोम बहादुरकोमा बसे । बुबासँगै बसेर पढ्न थाले । विकट डाम्रीबाट भारत पुगेका उनलाई हिन्दी सिक्न नै झन्डै दुई वर्ष लाग्यो । त्यो समय उनलाई धेरै गाह्रो भयो । उनी बुबाको कोठमै बस्थे । गाउँघरतिर उनी भलिबल खेल्थे । तर उनी चण्डीगढ पुगेपछि पार्क जान थाले । पार्कमा क्रिकेट खेलेको देखेपछि उनी पनि आर्कषित भए ।

भारतीय क्रिकेट महोलमा तुलबहादुर पनि छिरे । उनलाई माइला अंकलका दुई छोरी (दिदी) सोनिया र सन्जनाले किकेट सिकाए । उनलाई नेपालमा क्रिकेट छ भन्ने थाहा थिएन । पाँच वर्षपछि दुई महिना विदा भएपछि उनी नेपाल आए । उनी नेपाल आएपछि साइला अंकल (गुमानसिंह) चनौटा हुँदा त्यहिँ बसे ।

भालुवाङमा उनका मामा घमन खड्का थिए । उनका मामालाई क्रिकेट साह्रै मन पर्ने रहेछ। तर भान्जा क्रिकेट खेल्ने थाहा थिएन । पछि अंकलले भनेपछि भान्जाले क्रिकेट खेल्ने थाहा पाए ।

ब्याटरबाट चाइनाम्यान

तुबहादुर पहिला ब्याटर थिए । भालुवाङमा एउटा प्रतियोगितामा उनले एक खेलमा ५० र अर्को खेल ४० रन हाने । त्यो प्रदर्शन दाङका प्रशिक्षक सन्जु क्षेत्रीले देखे । उनको प्रदर्शनबाट सन्जु प्रभावित हुँदै उनको बारे सोध्न थाले । उनलाई सातौं राष्ट्रिय खेलकुदको लागि आफ्नो जिल्लामा खेल्न बोलाए । त्यसपछि उनी भारत फर्किएनन् । अनि उनलाई नेपालमा पनि क्रिकेट छ भन्ने थाहा भयो ।

दाङका सुशान्त सिंह थापाले पनि उनलाई धेरै सहयोग गरे । सुशान्तकै कारण उनी नेपालमा क्रिकेट खेल्न लागेको बताउँछन् ।
त्यो समय नेपाल क्रिकेट संघ (क्यान) आइसिसीको निलम्बनमा थियो । यू–१९ विश्वकप छनोटको लागि नेपालभर ट्यालेन्ट हन्ट हुँदा उनले नेपालगन्जबाट ट्रायल दिए । त्यो समय उनी बायाँ हाते तीव्र गतिका बलर थिए । बीचमा चाइनाम्यान पनि फ्यालेका थिए । ट्यालेन्ट हन्टमा नेपालगन्जमा ८/९ जना बायाँ हाते स्पिनर थिए । त्यो समय वरिष्ठ प्रशिक्षक जगत टमाटा छनोटमा गएका थिए । सन्जु क्षेत्रीले उनलाई सोधेका थिए ।

‘भाई ९/१० वटा बायाँ हाते स्पिनर छ । त भन्दा राम्रा राम्रा छन् । तेरो नाम चाँडो आउँछ । चाइनाम्यान फाल्छस् । त्यसपछि चाइनाम्यान लेखेपछि सबैभन्दा पहिला मेरो नै नाम आयो’, विगत सम्झदै तुलले भने ।

पर्याप्त अवसरको पर्खाई

तुलले लुम्बिनीबाट घरेलु क्रिकेट खेले पनि खेल्ने अवसर भने विरलै पाउँछन् । तुल नेपालको यू-१९राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा भने छैनन् । लुम्बिनीबाट नै उनले पर्याप्त अवसर नपाउँदा आफ्नो प्रदर्शन नै राम्रोसँग देखाउन सकेका छैनन् । यस पटक यू१९ राष्ट्रिय प्रतियोगितामा ५ खेलमा मात्रै २१ ओभर बलिङ गर्दा ४.०४ को इकोनमीमा रन खर्चिदै ६ विकेट लिएका थिए ।

उनले कुनैपनि खेलमा पूरा ओभर बलिङ गर्न पाएनन् । निर्मल गुरुङ, अभिषेक गौतम र विशाल विक्रम केसीको छायाँमा परे ।
यस पटकको प्रधानमन्त्री कपमा प्रदेश एकविरुद्ध एक मात्रै खेलमा मौका पाउँदा ३ ओभरमा २३ रन खर्चेर १ विकेट लिएका थिए । नवौं राष्ट्रिय प्रतियोगितामा दुई खेल खेल्दै कुनैपनि खेलमा बलिङ गर्न पाएनन् । गतवर्ष प्रधानमन्त्री कपमा एक खेलमा ३ ओभर बलिङ गर्दै १९ रन खर्चेर १ विकेट लिएका थिए ।

लुम्बिनीमा बसिर अहमद र अनिल खरेलको छायाँमा पर्दै आएका छन् । यी दुई स्पिनरको विकल्पमा विशाल विक्रम केसी र अभिषेक गौतम हुँदा पनि उनले मौका पाउन सकेका छैनन् । तुल तल्लोक्रममा उपयोगी ब्याटर समेत हुन् । तर नेपालका वर्तमान समयका एकमात्रै चाइनाम्यान पर्याप्त खेल र राम्रो प्रशिक्षणको पर्खाईमा छन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.