3 years ago
January 6, 2023
काठमाडौं (हाम्रो खेलकुद) – कप्तान ट्रेभोन ग्रिफिथको अलराउन्ड प्रदर्शनमा जनकपुर रोयल्सले नेपाल टि२० लिगमा लुम्बिनी अल स्टार्सलाई २३ रनले हराएको छ । लुम्बिनी शीर्ष र जनकपुर दोस्रो स्थानमा रहँदै फाइनलमा प्रवेशका लागि क्वालिफायरमा पुनः प्रतिस्पर्धा गर्नेछन् ।

जितको लागि १ सय ६० रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनीले १७ ओभरमा ७ विकेट गुमाउँदै १ सय ३६ रन बनायो । लुम्बिनीका अनिलकुमार शाहले २१ बलमा १ चौका र ३ छक्कासहित सर्वाधिक ३५ रन बनाए ।
ओपनर लाहिरु मिलान्था १८ बलमा ४ चौका र २ छक्कासहित ३२, कप्तान कुशल भुर्तेल ५, ह्यारी टेक्टर ७, साड्ली भान स्केक्किक ५, गुलशन झा १० र सुनिल धमला २७ रनमा आउट भए ।
धमलाले २० बलमा १ चौका र २ छक्का हाने । कप्तान ट्रेभोन ग्रिफिथ ४ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए । समिउल्लाह शिनवारीले दुई विकेट लिए ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको जनकपुरले निर्धारित १७ ओभरमा ६ विकेट गुमाउँदै १ सय ५९ रन बनाएको थियो ।
जनकपुर रोयल्स समयमै मैदान नआएपछि खेल भने ढिलो सुरु भएको थियो । निर्धारित समय अनुसार टस ८ स् ३० मा हुनुपर्ने थियो । तर जनकपुर होटलबाट मैदान भने विहान ९ स्४ मा आइपुगेको थियो । त्यसैको कारण खेल ढिलो सुरु भएको थियो । कप्तान ट्रभोन ग्रिफिथ ११ बलमा ३ चौका र ५ छक्कासहित ४७ रनमा अविजित रहे ।
जनकपुरका ओपनर शराफुद्दिन अशरफले १८ बलमा ५ चौका र १ छक्कासहित ३४ रनमा आउट भए । खडक बोहरा ३० बलमा २२, दीलिप नाथ १० र अशान प्रियन्जनले ८ रन बनाए ।
लुम्बिनी अल स्टार्सका सागर ढकालले ४ ओभरमा १७ रन खर्चेर २ विकेट लिए । कुशल भुर्तेल ३ ओभरमा २७ रन खर्चेर २ विकेट लिए । प्याट ब्राउनले ४ ओभरमा ४५ रन खर्चेर १ विकेट लिए । ईशान पाण्डेले एक विकेट लिए ।
लुम्बिनी १० खेलमा ८ मा जित र २ मा हारसहित १६ अंक जोड्दै शीर्ष स्थानमा रह्यो । जनकपुर १० खेलमा ७ मा जित र ३ मा हारसहित १४ अंकका साथ दोस्रो स्थानमा रह्यो । यी दुई टोलीबीच आइतबार पहिलो क्वालिफायर हुनेछ । विजेता टोली फाइनलमा पुग्नेछ । पराजित हुने टोलीले एलिमिनेटरको विजेतासँग खेल्नेछ । तेस्रो र चौथो स्थानमा रहने टोलीले एलिमिनेटर खेल्नेछन् ।
काठमाडौं ९ खेलमा ४ मा जित र ५ मा हारसहित ८ अंकका साथ तेस्रो स्थानमा छ । विराटनगर सुपर किंग्स ८ खेलमा ३ मा जित र ५ मा हारसहित ६ अंकका साथ चौथो स्थानमा छ । पोखरा ९ खेलमा ३ मा जित र ६ मा हारसहित ६ अंकका साथ पाँचौं स्थानमा छ । फार वेस्ट युनाइटेड ८ खेलमा २ मा जित र ६ मा हारसहित पुछारमा छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]