3 years ago
January 6, 2023
एजेन्सी – भारतीय क्रिकेट टोलीका कार्यवाहक कप्तान हार्दिक पान्ड्याले नो बल अपराध रहेको बताएका छन् । श्रीलंकासँग दोस्रो टि२० आई खेलमा १६ रनको हारपछि हार्दिक पान्ड्याले उक्त प्रतिक्रिया दिएका हुन् । भारतीय तीव्र गतिका बलर अर्शदीप सिंहले श्रीलंकाविरुद्ध खेलमा पाँच नो बल फ्याँलेपछि हार्दिकले उक्त प्रतिक्रिया दिएका हुन् ।

‘ब्याटिङ र बलिङ दुबैको पावर प्लेले हामीलाई चोट पुर्यायो । हामीले सामान्य त्रुटी गरेका छौं । जुन त्रुटी यो स्तरमा गर्नु हुँदैन । सिकाई हामीले नियन्त्रण गर्न सक्ने हुनुपर्छ’, हार्दिकले हारपछि भने ।
‘तपाईंको दिन खराब हुन सक्छ । तर ब्येसिक (आधारभुत) कुराहरुबाट टाढा जानु हुँदैन । यो अवस्थामा धेरै गाह्रो छ । विगतमा पनि उनले नो बल गरेका थिए । यो दोष लगाउने बारे होईन । तर नो बल अपराध हो’, हार्दिकले भने ।
सूर्यले चौथो नम्बरमा राम्रो गरे । ‘यदि टिममा कोहि आउँछ भने उसलाई सहज हुने भूमिका दिनुपर्छ’, तेस्रो नम्बरमा राहुल त्रिपाठीको बारे उनले भने ।
पुणेमा टस हारेर पहिला ब्याटिङ थालेको श्रीलंकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय ६ रन बनाएको थियो । श्रीलंका दासुन शानकाले २२ बलमा २ चौका र ६ छक्कासहित ५२ रन जोडेका थिए । कुशल मेन्डिसले ३१ बलमा ३ चौका र ४ छक्कासहित ५३ र चरिथ असलंकाले १९ बलमा ४ छक्कासहित ३७ रन बनाए ।
भारतीय तीव्र गतिका बलर अर्शदीप सिंहले २ ओभरमा ३७ रन खर्चेका थिए । अर्शदीपले दोस्रो ओभरमा तीन नो बलसहित कुल १९ रन बनाएका थिए । अर्शदीपलाई दोस्रो ओभरको पहिलो बलमै ओपनर पाथुम निसांकाले चौका हाने । त्यसपछिको दुई बल डट राखे । चौथो बल उनले एक रन दिए । पाँचौं बल डट राखे ।

त्यसपछि अर्शदीपले लगातार तीन नो बल फ्याँले । पहिलो नो बल डट भएपनि त्यसपछि चौका र छक्का खान पुगेका थिए। अन्तिम बलमा एक रन दिएका थिए । त्यसपछि हार्किदले उनलाई बलिङ दिएनन् । १९ औं ओभरको चौथो र पाँचौं बलमा उनले नो बल फ्याँलेका थिए । १९ औं ओभरमा उनले कुल १८ रन खर्चिएका थिए ।
तीन टि२० आई खेलको सिरिज १–१ को बराबरी अवस्थामा पुगेको छ । जितको लागि २ सय ७ रनको विशाल विजयी लक्ष्य पछ्याएको भारतले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ९० रन बनायो ।
भारतका अक्षर पटेलले ३१ बलमा ३ चौका र ६ छक्कासहित सर्वाधिक ६५ रन बनाए । छैटौं विकेटका लागि अक्षर पटेल र सूयकुमार यादवले ४० बलमा ९१ रनको विष्फोटक साझेदारी गरेका थिए ।सूर्य ३६ बलमा ३ चौका र ३ छक्कासहित ५१ रनमा आउट भए । पहिलो खेलमा भारत दुई रनले विजयी भएको थियो । तेस्रो तथा अन्तिम टि२० खेल शनिबार राजकोटमा हुनेछ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]