default_image

2 years ago

January 7, 2023

राजको घातक बलिङमा प्लेअफमा पुग्न विराटनगरलाई मध्यम लक्ष्य

89 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – स्पिनर राज नान्ननको घातक बलिङमा काठमाडौं नाइट्सले नेपाल टि२० लिगको प्लेअफमा पुग्न विराटनगर सुपर किंग्सलाई १ सय ५५ रनको मध्यम लक्ष्य दिएको छ।

टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको काठमाडौंले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५४ रन बनायो । काठमाडौंका एलेक्स ब्लेकले २६ बलमा २ चौका र २ छक्कासहित ३४ रन बनाए ।

ओपनर सन्तोष कार्कीले ३४ बलमा ४ चौका र १ छककासहित ३४ रन बनाए । अर्का ओपनर सुनम गौतम ८ र लोकेश बम शून्यमा आउट भए । मध्यक्रमका ब्याटर सन्दीप रजाली २४ बलमा २ चौका र १ छककासहित ३० रनमा आउट भए । ज्ञानेन्द्र मल्ल १३ बलमा २ चौका र १ छक्कासहित २२ रनमा अविजित रहे । ज्ञानेन्द्रले अन्तिम बलमा नन्दन यादवलाई मिडविकेटमा छक्का प्रहार गर्दै इनिङ सकाएका थिए ।

बसिर अहमदले ८ बलमा १ चौका र १ छक्कासहित १७ रनमा अविजित रहे । काठमाडौंले आज विदेशी खेलाडीको रुपमा एलेक्स ब्लेकलाई मात्रै खेलाएको छ । विराटनगरका स्पिनर राज नान्नन ४ ओभरमा १ मेडनसहित १३ रन खर्चेर ४ विकेट लिए । नन्दन यादव र रोहित पौडेलले एक एक विकेट लिए । विजेता टोली तेस्रो स्थानमा रहँदै प्लेअफ खेल्नेछ ।

काठमाडौं ९ खेलमा ४ मा जित र ५ मा हारसहित ८ अंकका साथ तेस्रो स्थानमा छ । काठमाडौंले अन्तिम खेल शनिबार विराटनगरसँग खेल्नेछ । विराटनगरलाई हराउँदा काठमाडौंको १० अंक हुनेछ । तेस्रो स्थानमा रहँदै एलिमिनेटर खेल्नेछ । यदि काठमाडौं पराजित हुँदा भने उता पोखरा फार वेस्टसँग हार्नुपर्ने हुन्छ । वा पोखरा जित अन्तर निकै झिनो हुनुपर्छ ।

विराटनगर सुपर किंग्स ९ खेलमा ४ मा जित र ५ मा हारसहित ८ अंकका साथ चौथो स्थानमा छ । विराटनरले अन्तिम खेलमा काठमाडौंलाई हराउँदा १० अंकका साथ एलिमिनेटर खेल्नेछ । विराटनगर काठमाडौंसँग पराजित हुँदा अन्तिम खेलमा पोखरा पराजित हुनु पर्ने हुन्छ ।

July 16, 2024

अभ्यास खेलमा नेपाली टोलीको जित

काठमाडौं (हाम्रो खेलकुद) – श्रीलंकामा हुने वुमन्स एसिया कपको तयारीमा रहेको नेपाली महिला टोलीले मंगलबार अभ्यास खेल जितेको छ । तेस्रो अभ्यास खेलमा नेपाली टोलीले श्रीलंका वुमन्स डेभलप्मेन्टलाई २ रनले हराएको छ । यसअघिका सोही टोलीसँगको दुवै अभ्यास खेलमा नेपाल पराजित भएको थियो । १ सय १३ रनको लक्ष्य पछ्याएको श्रीलंका वुमन्स १९.५ ओभरमा सबै […]

July 14, 2024

भारतद्वारा जित सहित जिम्बाब्वे भ्रमण अन्त्य

एजेन्सी – लगातार चौथो जित सहित भारतले विश्वकप पछिको पहिलो भ्रमण अन्त्य गरेको छ । पाँच खेलको टि-ट्वान्टी शृंखलाको अन्तिम खेलमा ४२ रनले जिम्बाब्वेलाई हराउँदै ४-१ ले जितेको हो । आईतवार भारतले दिएको १६८ रनको लक्ष्य पछ्याएको जिम्बाब्वे १८.३ ओभरमा १२५ रनमा समेटियो । जिम्बाब्वेका लागि डिअन मायर्सले सर्वाधिक ३४ रन बनाए । मारुमानीले र […]

July 13, 2024

सिन्धुपाल्चोकमा क्रिकेट प्रशिक्षक प्रशिक्षण

सिन्धुपाल्चोक (हाम्रो खेलकुद)- सिन्धुपाल्चोकका सामुदायिक तथा संस्थागत विधालयका खेल शिक्षकका लागि विद्यालय क्रिकेट प्रशिक्षक प्रशिक्षण तथा अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ। सिन्धुपाल्चोक जिल्ला क्रिकेट संघको आयोजनामा तथा ग्रेट हिमालय क्रिकेट एकेडेमीको समन्वयमा प्रशिक्षण भएको थियो। ग्रस रुट क्रिकेट विकासको पहिलो खुड्किला विद्यालय बाट नै क्रिकेटको सुरूवात गर्नुपर्ने र शिक्षकले त्यसमा महत्वपूर्ण भुमिका रहने भएकोले प्रशिक्षण […]

Success

Thank you for your time.