3 years ago
January 8, 2023
काठमाडौं(हाम्रो खेलकुद) – जनकपुर रोयल्सले नेपाल टि२० लिगको पहिलो क्वालिफायरमा लुम्बिनी अल स्टार्सविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । टियु क्रिकेट मैदानमा भएको टसमा जनकपुरका कप्तान ट्रेभोन ग्रिफिथले पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

जनकपुरको टोलीमा सोमपाल कामी र सन्दीप जोरा फर्किएका छन् । लुम्बिनीको कप्तान दीपेन्द्रसिंह ऐरी र किशोर महतो पनि टोलीमा फर्किएका छन् । लुम्बिनी १० खेलमा ८ मा जित र २ मा हारसहित १६ अंकका साथ शीर्ष स्थानमा रहँदै क्वालिफायर खेलेको हो । जनकपुर १० खेलमा ७ मा जित र ३ मा हारसहित दोस्रो स्थानमा रहँदै क्वालिफायर खेलेको हो ।
यस खेलको विजेता टोली सोझैं फाइनलमा पुग्नेछ । पराजित हुने टोलीले दोस्रो क्वालिफायर खेल्नेछ । मंगलबार एलिमिनेटर खेलमा विराटनगर सुपर किंग्स र काठमाडौं नाइट्सबीच प्रतिस्पर्धा हुनेछ । जसको विजेता टोलीले पहिलो क्वालिफायरमा पराजित हुने टोलीसँग भिड्नेछ ।
लुम्बिनीको प्लेइङ ११ :
दीपेन्द्रसिंह ऐरी, अनिल कुमार शाह, कुशल भुर्तेल, गुलशन झा, सागर ढकाल, किशोर महतो, ईशान पाण्डे, लाहिरु मिलान्था, साड्ली भान स्केलक्किक, विपुल शार्मा र हरम्रीत सिंह ।
जनकपुरको प्लेइङ ११ : सोमपाल कामी, सन्दीप जोरा, ललितनारायण राजवंशी, पवन सरार्फ, जितेन्द्र मुखिया, राजेश पुलामी मगर, दीलिथ नाथ, ट्रेभोन ग्रिफिथा, अशान प्रियनजन, समिउल्लाह शिनवारी र शराफुद्दिन अशरफ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]