3 years ago
January 8, 2023
काठमाडौं (हाम्रो खेलकुद) – लुम्बिनी अल स्टार्सले नेपाल टि२० लिगमा जनकपुर रोयल्सलाई पहिलो क्वालिफायरमा १ सय ४४ रनको मध्यम लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४३ रन बनायो ।

लुम्बिनीका ईशान पाण्डेले ३९ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक ३८ रन बनाए । ओपनर हरम्रीत सिंह शून्यमा बोल्ड भए । स्पिनर अशायन प्रियन्जनको इनिङको पहिलो बलमै उनलाई आउट गरेका थिए । प्रियन्जनले कुशल भुर्तेललाई ३ रनमा क्याच गराए । सोमपाल कामीले लाहिरु मिलान्थालाई १६ रनमा विकेटकिपर दीलिप नाथबाट क्याच गराएपछि २९–३ को अवस्थामा पुगेको थियो ।
जितेन्द्र मुखियाले दीपेन्द्रसिंह ऐरीलाई १० रनमा नाथबाट क्याच गराएपछि समस्यामा परेको थियो । पाँचौं विकेटका लागि अनिल कुमार शाह र ईशान पाण्डेले ६२ रनको साझेदारी गरे । अनिल २६ बलमा २ चौकासहित २४ रनमा आउट भए । तल्लोक्रमका विपुल शर्मा १३ बलमा २ छक्कासहित २० रन बनाए । साड्ली भान स्केलक्किकले ८ बलमा २ चौका र १ छक्कासहित १७ रनमा अविजित रहे ।
जनकपुरका सोमपाल कामीले ४ ओभरमा १ मेडनसहित १९ रन खर्चेर २ विकेट लिए । अशान प्रियन्जनले ३ ओभरमा १६ रन खर्चेर २ विकेट लिए । जितेन्द्र मुखियाले २ ओभरमा १५ खर्चेर २ विकेट लिए । ट्रेभोन ग्रिफिथ र पवन सरार्फले एक एक विकेट लिए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]