3 years ago
January 8, 2023
काठमाडौं (हाम्रो खेलकुद) – जनकपुर रोयल्सका उप–कप्तान सोमपाल कामीले आफ्नो एउटा म्याच विनर होटलमै रहँदा सोचे जस्तो नतिजा नआएको बताएका छन् । नेपाल टि२० लिगको पहिलो क्वालिफायर खेलमा लुम्बिनी अल स्टार्सले जनकपुर रोयल्स ६ रनले पराजित भएपछि सोमपालले उक्त प्रतिक्रिया दिएका हुन् ।

‘मलाई लाग्छ आज विकेट हल्का फरक थियो । उनीहरुले एकदमै राम्रो ब्याटिङ गरे । हाम्रो गल्तीहरु धेरै भयो । हामी जित्न आज डिजरर्भ(योग्य) नै गर्ने थिएनौं । किनभने हामीले धेरै गल्तीहरु गर्यौ । यो स्तरमा त्यो गल्ती गरेपछि पक्कैपनि अर्को टोली हावी हुन्छ । त्यसले गर्दा हामी कहिँ न कहिँ पछि परेका हौं । हामीले १ सय २० रन सम्म रोक्न सक्थ्यौं । एक्स्ट्रा २० रन जति बनाउन दियौं त्यसैले हार्न पुग्यौं’, हारपछि सोमपालले भने ।
टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४३ रन बनायो । एक समय ३२–४ को खराब सुरुवात गरेको लुम्बिनीलाई पाँचौं विकेटका लागि अनिल कुमार शाह र ईशान पाण्डेले ६२ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए । जसक्रममा जनकपुरले दुई महत्वपूर्ण क्याच छोड्न पुगेको थियो । जितको लागि १ सय ४४ रनको विजयी लक्ष्य पछ्याएको जनकपुरले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ३७ रन बनायो ।
खेल १२ बजे सुरु हुनुपर्ने थियो । तर जनकपुर मैदान पुग्न ढिलो गरेपछि खेल केहि ढिलो भएको थियो । जनकपुरले लुम्बिनीविरुद्ध लिग चरणको खेलमा पनि निर्धारित समय भन्दा ढिलो मैदान पुगेको थियो । वेस्टइन्डिजका विकेटकिपर चाडविक वाल्टन भने जनकपुरको टोलीमा थिएनन् । सोमपालको अनुसार उनी होटलमै बसेका छन् ।

‘मलाई के लाग्छ भने हजुरलाई जे लाग्छ त्यहि समस्या हो । पक्कैपनि खेलाडी मानसिक रुपमा स्वतन्त्र छैन (फ्रिड्ली माइन्ड सेट) छैन । हाम्रो टिमको एउटा म्याच विनर होटलमै छ । त्यसले गर्दा पनि नतिजा हामीले सोचे जस्तो आएको छैन’, सोमले टिमको वातावरणबारे भने ।
चाडविक वाल्टनले प्रतियोगिताको ८ खेलमा ३ अर्धशतकसहित कुल २ सय ७८ रन बनाएका छन् । वाल्टन जनकपुरबाट यस प्रतियोगितामा सर्वाधिक रन बनाउने ब्याटर हुन् । नेपाल टि२० लिगमा सर्वाधिक रन बनाउने ब्याटरको रुपमा उनी छैटौं स्थानमा छन् । उनले पछिल्लो खेल लुम्बिनीविरुद्ध नै ५९ रनको अविजित इनिङ खेलेका थिए । त्यसपछि लुम्बिनीले लिगमा पोखरा एभेन्जर्स र लुम्बिनीसँग खेलेको थियो । उनी टोलीमा थिएनन् ।
मैदानमा आएपछि प्रदर्शन गर्नुपर्ने सोमपाल बताउँछन् । ‘एउटा व्यावसायिक खेलाडी भएपछि मैदानमा आएर प्रदर्शन गर्नुपर्ने हुन्छ । बाउन्ड्रीको बाहिर जे पनि हुन्छ । भित्र आएपछि गर्नु पर्यो । हामीले पैसा पाएको छैन । त्यसैले शतप्रतिशत नदिएको भन्ने चाहिँ होईन । हामीले शत प्रतिशत नै दिएको हो । पहिला पनि हामीले पैसा पाएको थिएनौं । हामीले जित्दै गएका थियौं । हारेपछि मलाई लाग्दैन यो कुराले असर गर्छ’, उनले टोलीको समस्या बारे भने ।

केहि दिन अघि क्यानले छिट्टै खेलाडीले पैसा पाउने बताएको थियो । त्यसपछि केहि पैसा पाएको सोमपाल बताउँछन् । ‘पैसा लगभग आइरहेको । जे होस् पैसा आओरहेको छ । अहिलेसम्म ६५ प्रतिशत जति आएको छ । अब एक दुई दिनमा पुरा हुन्छ होला’, सोमपालले खेलाडीको पैसा बारे बताए ।
सोमबार एलिमिनेटरमा काठमाडौं नाइट्स र विराटनगर सुपर किंग्सको विजेताले फाइनलमा पुग्न जनकपुरसँग खेल्नुपर्ने हुन्छ । फाइनल बुधबार हुनेछ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]