3 years ago
January 9, 2023
काठमाडौं (हाम्रो खेलकुद) – कप्तान रोहित पौडेलको अर्धशतक र विवेक यादवको विष्फोटक ब्याटिङमा विराटनगर सुपर किंग्सले नेपाल टि२० लिगको एलिमिनेटर खेलमा काठमाडौं नाइट्सलाई १ सय ८३ रनको बलियो लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८२ रन बनायो । विराटनगरका रोहित पौडेलले ४९ बलमा ६ चौका र २ छक्कासहित ६१ रनमा आउट भए । रोहितको यो नेपाल टि२० लिगमा चौथो अर्धशतक हो । रोहित स्पिनर अनिल खरेलको बलमा एज लागेर सट फाइन लेगमा सौरभ खनालबाट क्याच आउट भए ।
योसँगै रोहित सर्वाधिक रन बनाउने ब्याटरमा दोस्रो स्थानमा उक्लिएका छन् । रोहितले ३ सय ४७ रन बनाउँदा फार वेस्टका युनाइटेडका हश्मातुल्लाह शाहिदी ४ सय रनका साथ शीर्ष स्थानमा छन् । विवेक यादव १८ बलमा ३ चौका र ३ छक्कासहित ४६ रनमा अविजित रहे । अन्तिम ओभरको सुरुवाती चार बलमा विवेकले कमलसिंह ऐरीलाई दुई चौका र दुई छक्का हान्दै राम्रो योगफलको आधार तय गरेका थिए ।

ओपनर गौरान्शु शर्मा एक र अर्जुन साउद दुई रनमा आउट भएपछि विराटनगर ५–२ को कमजोर सुरुवात गरेको थियो । तेस्रो विकेटका लागि रोहित र हुसेन तालतले ९८ रनको साझेदारी गरे । तालत २३ बलमा १ चौका र ३ छक्कासहित ३८ रनमा आउट भए । तालत खरेलको बलमा स्लिपमा सौरभ खनालबाट क्याच आउट भए ।
पृथु बाँंस्कोटा एक रनमा आउट हुँदा राज नान्नन १७ बलमा १ चौका र १ छक्कासहित २३ रनमा अविजित रहे ।
काठमाडौंका अनिल खरेलले ४ ओभरमा ३७ रन खर्चेर २ विकेट लिए । गौतम केसीले ४ ओभरमा २० रन खर्चेर १ विकेट लिए । कमलसिंह ऐरी र अभिनाश बोहराले एक विकेट लिए ।
यस खेलको विजेता दोस्रो क्वालिफायरमा पुग्नेछ । दोस्रो क्वालिफायरमा जनकपुर र यस खेलको विजेता भिड्नेछन् । पहिलो खेलमा लुम्बिनी अल स्टार्सले जनकपुरलाई ६ रनले हराउँदै फाइनलमा स्थान बनाएको छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]