default_image

3 years ago

January 9, 2023

पानी दिने खेलाडी पनि टोलीमा नभएपछि…

342 views

0 Bookmark

भूपेन्द्र जि.सी., काठमाडौं

क्रिकेटमा विरलै टिममा भएका सबै खेलाडी खेल्न पाउँछन् । टस अघि सम्म कुन खेलाडी खेल्छ भन्न मिल्दैन । कम्तिमा टोलीमा भएका १४ खेलाडी मध्य ११ खेलाडी मात्रै खेल्न पाउँछन् । त्यसैले केहि खेलाडीमा कसले मौका पाउँछ दुविधा हुन्छ । केहि खेलाडी बेन्चमा बस्छन् ।

प्लेइङ ११ मा नपरेपछि खेलाडी सुचिमा उल्लेख गरेअनुसार बेन्चमा बस्ने खेलाडीले मात्र मैदानभित्र खेलेका अन्य खेलाडीलाई पानी र खानी कुरा पुर्याउनु पर्ने हुन्छ । तर नेपाल टि२० लिगमा काठमाडौं नाइट्सले सोमबार एलिमिनेटर खेलमा विराटनगर सुपर किंग्ससँग खेल्नु अघिल्लो दिननै प्लेइङ-११ पक्का थियो । किनभने विदेशी खेलाडी सबै फर्किएपछि टोलीमा बाँकी ११ नेपाली मात्रै थिए ।

सोमबार काठमाडौंले त्यहि ११ खेलाडीलाई मैदान उतायो । डग आउटमा काठमाडौंका कुनैपनि खेलाडी थिएनन् । पहिला टस जितेर विराटनगरले ब्याटिङ रोज्यो । फिल्डिङमा काठमाडौंको टोली मैदान उत्रिदा पानी दिने आफ्नो खेलाडी थिएनन् ।
काठमाडौं डग आउट खाली जस्तै थियो । काठमाडौं प्रशिक्षक र म्यानेजर पहिला देखिनै विहिन थियो । डग आउटमा एकमात्रै फिजियो सागर पाण्डे थिए । अरु शून्य ।

काठमाडौंका खेलाडीलाई पानी दिने आफ्ना खेलाडी थिएनन् । त्यसैले विराटनगरका अमरसिंह राउटेलाले त्यो सहयोग गरेका थिए । आफ्ना खेलाडी ब्याटिङमा भएपनि मैदानको सबै भागतिर डुल्दै अमरले काठमाडौंका खेलाडीलाई पानी र खानेकुरा दिएका थिए । ड्रिङ्स ब्रेकको समयमा भने पानी बोकेर फिजियो सागर पुगेका थिए ।

अवस्था यस्तो थियो कि यदि काठमाडौंको कुनै खेलाडी घाइते भएमा फिल्डिङ गर्ने वैकिल्पक खेलाडी थिएनन् । काठमाडौं एलिमिनेटर खेलमा विराटनगरसँग ९९ रनले पराजित हुँदै बाहिरियो । १ सय ८३ रनको विजयी लक्ष्य पछ्याएको काठमाडौं १२.४ ओभरमा ८३ रनमा अल आउट भयो ।

काठमाडौंका बाँकी रहेका दुवै विदेशी खेलाडी विरनदीप सिंह र एलेक्स ब्लेक शनिबार घर फर्किएका छन् । रायन बर्ल र आजमतुल्लाह ओमरजाई भने पहिला नै फर्किसकेका थिए । अक्सनमा ११ खेलाडी मात्रै राख्न पाइने नियम थियो । विदेशी खेलाडी सबै घर गएपछि नेपाली खेलाडी मात्रै थिए । खेलपछि ज्ञानेन्द्र मल्लले पहिलो पटक ११ खेलाडीका साथ खेल्नुमा व्यवस्थापन पक्षको गल्ती बताउँछन् ।

‘कस्तो के भन्दा पनि पहिला त हाम्रो व्यवस्थापन पक्षको मिस कमिनिकेसन जस्तो लाग्छ । अन्तिम समयमा टिम मालिक परिवर्तन हुनु पर्यो । सबै कुरा चाडो परिवर्तन भरहेको थियो । त्यसले गर्दा यहि तरिकाले जाने भन्ने भएन । ढिलो पनि जस्तो सोचेको थियो । त्यस्तो भएन’, ज्ञानेन्द्रले भने ।

‘११ मा ११ नै खेल्दा छनोट सजिलो । सिधैं मैदानमा गयो । यो नयाँ अनुभव थियो । तरपनि अरु कोहि पनि एकै पटक इन गर्न सक्छ जस्तो मलाई लाग्दैन । तरपनि ठिकै छ जे भयो राम्रो नै भयो’, ज्ञानेन्द्रले खेलपछि भने ।

यसले नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको प्रतियोगिता कतिसम्म कमजोर छ अनुमान गर्न सकिन्छ । ज्ञानेन्द्र सबैको गल्ती भएको बताउँछन् । ‘बोर्डले मात्रै होईन । मलाई लाग्छ फ्रेन्चाइज मालिक देखि सबै म्यानेजमेन्टको कुरा हो । म्यानेजमेन्टले अझ राम्रो तरिकाले सम्हाल्न सक्नुपर्दथ्यो’, उनले भने ।

विदेशी खेलाडी फर्किनुमा धेरै समस्याहरु रहेको ज्ञानेन्द्र बताउँछन् । ‘धेरै समस्याहरु आइरहेको थियो । पछि टिकट पनि त्यहि अनुरुप भएको रहेछ । टिकटहरु पहिला नै भई सकेको भएर फर्कनु भयो, ‘विदेशी खेलाडी फर्किएकोबारे ज्ञानेन्द्रले भने ।

नेपाल टि२० लिग सर्वाधिक ठूलो नेपाली प्रतियोगिता भनिएको छ । तर काठमाडौंको टोलीमा प्रशिक्षक, म्यानेजर र बेन्चमा बस्ने खेलाडी छैनन् । यस पटक नेपाल टि२० लिगमा मैदानमा दर्शक पनि खासै आएका छैनन् । सोमबार एलिमिनेटर खेलमा एक सय समर्थक पनि मैदानमा थिएनन् । खेलाडी खेल्नेमा केन्द्रित हुनुपर्ने ज्ञानेन्द्र बताउँछन् ।

ज्ञानेन्द्र विदेशी खेलाडी विना नै खेल्दा खराब प्रदर्शन भने नगरेको बताउँछन् । ‘हामीले नै राम्रो गरेनौं । सुरुवात देखि नै ग्राउन्ड भित्रको कारणले लाग्छ । यो हामीलाई एकदिन अगाडि नै थाहा थियो । अचानक भएको कुरा पनि होईन । जे जति स्रोतबाट हामीले अझ उत्कृष्ट गर्न सक्थ्यौं’, ज्ञानेन्द्रले भने ।

यता विराटनगरका कप्तान रोहितले यो विरलै हुने घटना बताए । ‘क्रिकेट खेल हो । जे पनि हुनसक्छ । विदेशी खेलाडी नभएपनि नेपालीले जे पनि गर्न सक्छ । टि२० खेलमा जे पनि हुनसक्छ । त्यसैले हामीले त्यस्तो कमजोर लिएका थिएनौं । हामीले आफ्नो न्यूनतम कुरा पछ्याएका थियौं’, जितपछि रोहितले भने, ‘त्यसैमा थपे, टोलीमा प्लेइङ ११ मात्रै भएको सुन्दा अलिकति अचम्म लाग्यो । किनभने सामान्यतया यस्तो हुँदैन ।’

काठमाडौंको खेल सकियो । तर खेलाडीले अहिले सम्म केहिपनि पैसा पाएका छैनन् । विदेशी खेलाडी सबै आफ्नै खर्चमा स्वदेश फर्किएका छन् । दुई तीन फ्रेन्चाइजहरुले केहि प्रतिशत रकम पाउँदा काठमाडौंका खेलाडीको अवस्था भने शून्य छ ।

‘आशा गरौं आज बेलुका वा भोली सम्ममा आइपुग्छ होला । हैन वहाँहरुले जिम्मा लिन्छु भन्नु भएको छ । हामी एउटा विश्वासमै छौं । अहिलेसम्म केहि पाएका छैनौं । जिम्मेवारी क्यान र मालिक दुवैले लिनुभएको छ’, पारिश्रमिकबारे ज्ञानेन्द्रले भने ।

काठमाडौंमा पर्याप्त विकल्प नभएपछि यो पनि : जव विकेटकिपरले बलिङ गर्नु पर्यो…

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.