3 years ago
January 10, 2023
एजेन्सी – तीव्र गतिका बलर नसिम शाहको उत्कृष्ट बलिङमा पाकिस्तानले पहिलो ओडिआई खेलमा न्युजिल्यान्डमाथि ६ विकेटको सानदार जित हात पारेको छ । योसँगै घरेलु टोली पाकिस्तानले तीन ओडिआई खेलमो सिरिजमा १–० को अग्रता लिएको छ ।

जितको लागि २ सय ५६ रनको विजयी लक्ष्य पछयाएको पाकिस्तानले ४८.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । पाकिस्तानको लागि मोहम्मद रिजवान ८६ बलमा ६ चौका र १ छक्कासहित सर्वाधिक ७७ रनमा अविजित रहे । कप्तान बाबर आजम ८२ बलमा ५ चौका र १ छक्कासहित ६६ रनमा आउट भए ।
ओपनर फखार जमान ७४ बलमा ७ चौकासहित ५६ र इमाम उल हक ११ रनमा आउट भए । हरिस सोहेल २३ बलमा २ चौका र २ छक्कासहित ३२ रनमा आउट हुँदा अघा सलमान १३ रनमा अविजित रहे । न्युजिल्यान्डका स्पिनर माइकल ब्रेसवेलले सर्वाधिक दुई विकेट लिए । टिम साउथी र ग्लेन फिलिप्सको नाममा एक एक विकेट रह्यो ।
त्यसअघि नेशनल स्टेडियम कराँचीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ५५ रन बनायो । न्युजिल्यान्डका माइकल ब्रेसवेलले ४२ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ४३ रनमा आउट भए ।
टम लाथम ५२ बलमा ५२ बलमा ३ चौकासहित ४२, फिन एलेन २९, डेभन कन्वे शून्य, कप्तान केन विलियम्सन २६, डर्याल मिचेल ३६, ग्लेन फिलिप्स ३७ र मिचेल सान्टनारले २१ रन बनाए ।
पाकिस्तानका नसिम शाहले १० ओभरमा ५७ रन खर्चेर ५ विकेट लिए । नसिम शाह नै खेलको प्लेयर अफ द म्याच चुनिए । उस्मान मीरले दुई, मोहम्मद नवाज र मोहम्मद वासिम जुनियरले एक एक विकेट लिए । दोस्रो खेल बुधबार र तेस्रो खेल शुक्रबार हुनेछ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]