default_image

1 year ago

January 10, 2023

जनकपुर फेरि समयमा मैदान आएन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल टि२० लिगको फ्रेन्चाइज टोली जनकपुर रोयल्स पुनः समयमै मैदान आएको छैन । मंगलबार जनकपुर रोयल्सले दोस्रो क्वालिफायर खेलमा विराटनगर सुपर किंग्ससँग प्रतिस्पर्धा गर्दै छ । निर्धारित समय अनुसार टस बिहान ११ : ३० मा हुनुपर्ने हो । टिमको रिपोर्टिङ समय बिहान ११ बजे हो । तर जनकपुरको टोली मैदान आएको […]

122 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल टि२० लिगको फ्रेन्चाइज टोली जनकपुर रोयल्स पुनः समयमै मैदान आएको छैन । मंगलबार जनकपुर रोयल्सले दोस्रो क्वालिफायर खेलमा विराटनगर सुपर किंग्ससँग प्रतिस्पर्धा गर्दै छ । निर्धारित समय अनुसार टस बिहान ११ : ३० मा हुनुपर्ने हो ।

टिमको रिपोर्टिङ समय बिहान ११ बजे हो । तर जनकपुरको टोली मैदान आएको छैन । टसको समय भन्दा १० मिनेट ढिलो हुँदा समेत जनकपुरको टोली टियु मैदान आइपुगेको छैन ।

होटलबाट जनकपुर १० मिनेट अघि हिडेको बुझिएको छ । जनकपुर रोयल्सले लगातार तेस्रो पटक समयमै मैदान आउन ढिलो गरेको हो । जनकपुर पहिलो क्वालिफायरमा लुम्बिनी अल स्टार्सविरुद्ध पनि समयमा मैदान आएको थिएन । त्यस्तै लिगमा पोखरा एभेन्जर्सविरुद्ध पनि समयमा मैदान आएको थिएन । खेलाडीले पैसा नपाएको कारण लगातार ढिलो गर्दै आएका छन् ।

जनकपुर पहिलो क्वालिफायरमा लुम्बिनीसँग ६ रनले पराजित भएको थियो । खेलपछि उपकप्तान सोमपाल कामीले आफ्नो टिमका म्याच विनर चाडविक वाल्टन होटलमै रहेको बताएका थिए । विराटनगरको टोली भने वार्मअपमा ब्यस्त रहेको छ । म्याच अफिसियल र विराटनगरको टोली जनकपुरको टोलीको पर्खाईमा छन् ।

विराटनगरले भने एलिमिनेटर खेलमा काठमाडौं नाइट्सलाई ९९ रनले हराउँदै दोस्रो क्वालिफायरमा स्थान बनाएको थियो । यस खेलको विजेताले बुधबार लुम्बिनीसँग फाइनलमा प्रतिस्पर्धा गर्नेछ ।

यो पनि पढ्नुहोस् : पानी दिने खेलाडी पनि टोलीमा नभएपछि…

जव विकेटकिपरले बलिङ गर्नु पर्यो…

* अपडेट : जनकपुरको टोली १२ बजे टियु मैदान आइपुगेको छ । टस १२: १५ मा र खेल १२: ३० मा सुरु हुनेछ ।

May 4, 2024

सिरिजको अन्तिम खेलमा नेपाललाई बलियो लक्ष्य 

काठमाडौँ (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्धको टि-२० श्रृंखलाको अन्तिम खेलमा नेपालले बलियो लक्ष्य पाएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको वेस्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७२ रन बनायो ।  वेस्ट इन्डिज ‘ए’ का लागि एलिक अथान्जेले २९ बलमा १ चौका […]

May 4, 2024

नेपाल टस हारेर फिल्डिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्ध जारी टि २० सिरिजको पाँचौं खेलमा पनि नेपालले टस हारेको छ । वेस्ट इन्डिज ‘ए’ का कप्तान रोस्टन चेजले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय लिएपछि नेपालले फिल्डिङ गर्ने भएको छ । नेपालले सिरिजको सबै खेलमा पहिला फिल्डिङ गर्ने भएको छ । नेपालले आज पछिल्लो खेलमा हार […]

May 4, 2024

सोमपाल गीता एभिएसनको ब्रान्ड एम्बासेडर

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर सोमपाल कामीलाई गीता एभिएसनले आफ्नो ब्रान्ड एम्बास्डरका बनाएको छ । सोमपाललाई‌ गीता एभिएसनले शुक्रबार ब्रान्ड एम्बासेडरका रूपमा अनुबन्ध गरेको हो। नेपाल टि ट्वान्टी विश्वकप खेल्न अमेरिका / वेस्ट इन्डिज जानुअघि सोमपाल ब्रान्ड एम्बासेडर नियुक्त भएका हुन् । यो अनुबन्धनले नेपाली खेलकुद र गीता एभिएसन दुवै पक्षको […]

Success

Thank you for your time.