3 years ago
January 10, 2023
एजेन्सी – विराट कोहलीको शतकमा भारतले पहिलो ओडिआई खेलमा श्रीलंकालाई ३ सय ७४ रनको विशाल लक्ष्य दिएको छ । गुहावाटीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय ७३ रन बनायो ।

भारतका विराट कोहलीले ८७ बलमा १२ चौका र १ छक्कासहित सर्वाधिक १ सय १३ रनको शतकीय इनिङ खेले । कोहलीको यो ओडिआई करिअरको ४५ औं शतक हो । ओडिआईमा उनको लगातार दोस्रो शतक समेत हो । कोहलीले यसअघि गत डिसेम्बरमा बंगलादेशविरुद्ध तेस्रो ओडिआई खेलमा १ सय १३ रनको शतकीय इनिङ खेलेका थिए ।
भारतलाई ओपनर शुभमन गिल र कप्तान रोहित शर्माले उत्कृष्ट सुरुवात दिलाएका थिए । पहिलो विकेटका लागि गिल र रोहितले मात्रै १९.४ ओभरमा १ सय ४३ रनको आक्रामक शतकीय साझेदारी गरेका थिए । रोहित ६७ बलमा ९ चौका र ३ छक्कासहित ८३ रनमा आउट भए । रोहित तीव्र गतिका बलर दिलशान मदुशंकाको बलमा बोल्ड भए ।

गिल ६० बलमा ११ चौकासहित ७० रनमा कप्तान दासुन शानकाको बलमा एलबीडब्लू आउट भए । चौथो विकेटका लागि लोकेश राहुल र कोहलीले ७० बलमा ९० रनको साझेदारी गरेका थिए । राुहल २९ बलमा ४ चौका र १ छक्कासहित ३९ र श्रेयस ऐर २४ बलमा ३ चौका र १ छक्कासहित २८ रनमा आउट भए ।
हार्दिक पान्ड्या १४ र अक्षर पटेल ९ रनमा आउट भए । श्रीलंकाका कसुन रजिथाले १० ओभरमा ८८ रन खर्चेर ३ विकेट लिए । दिलशान मदुशंका, दासुन शानका, धनन्जय डि सिल्भा र चामिका करुणारत्नेले एक एक विकेट लिए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]