default_image

3 years ago

January 11, 2023

आउट भएका विपक्षी कप्तानलाई जब रोहितले फिर्ता बोलाए…

360 views

0 Bookmark

एजेन्सी – हरेक टोलीका कप्तान र बलर विपक्षी ब्याटरलाई आउट गर्न चाहन्छन् । तर मंगलबार भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्माले श्रीलंकाविरुद्ध पहिलो ओडिआई खेलमा खेल भावना देखाउँदै धेरैको मन जिते । उनले श्रीलंका कप्तान दासुन शानकालाई शतक पुर्याउन रन आउट नै लिएनन् । त्यसैको कारण शानकाले भारतविरुद्ध उत्कृष्ट शतक प्रहार गरे ।

श्रीलंका ६७ रनले पराजित हुँदा शानकाको प्रदर्शन र रोहितको खेल भावना धेरैले प्रंशसा गरेका छन् । जितको लागि ३ सय ७४ रनको विजयी लक्ष्य पछ्याएको श्रीलंका अन्तिम ओभर अगाडि नै हार निश्चित बनेको थियो । खेल सकिन अन्तिम दुई बल बाँकी हुँदा श्रीलंकालाई ७८ रन जितको लागि आवश्यक थियो । दासुन शानकालाई शतक पुर्याउन दुई रन ।

तर तीव्र गतिका बलर मोहम्मद शामीले सबैलाई आश्चर्य पार्दै नन स्ट्राइकमा रहेका शानकालाई रन आउट गरे । लामो रन अप लिएका शामी अन्तिम समयमा रोकिदै केहि अघि मात्रै बढेका शानकालाई रन आउट गरे । शामीको अपिलपछि अम्पायर नितिन मेननले थर्ड अम्पायरलाई रिभ्यु देखाउन संकेत दिएका थिए । शानका मनिल अनुहारमा बसेका थिए ।

तर रोहित शर्माले शामीलाई बोलाएर सम्झाए । रोहितले सम्झाएपछि शामीले आफैंले अम्पायरलाई रिभ्यु फिर्ता लिन आग्रह गरेका थिए । पाँचौं बलमा शानकाले डिप एक्स्ट्रा कभरमा चौका हान्दै ओडिआई करिअरको दोस्रो शतक पूरा गरे । इनिङको अन्तिम बलमा छक्का हान्दै खेल सकाए ।

खेलपछि पनि रोहितले शानकालाई सम्मान गरेका थिए । शानकाले शतक पुर्याउन नवौं विकेटका लागि कसुन रजिथासँगा ७० बलमा १ सय रनको अविजित शतकीय साझेदारी गरेका थिए । उक्त साझेदारीमा शानकाको योगदान ८८ रन थियो । अद्भुत प्रदर्शन गरेका शानकालाई त्यसरी रन आउट गर्नु पक्कै खेल भावना विपरित थियो ।

खेल जित्ने पक्का भई सकेको अवस्थामा रोहितले शानकाको प्रदर्शनबाट प्रभावित हुँदै रन आउट गर्न उचित मानेनन् । त्यसैले आउट भएका शानकालाई फिर्ता नै बोलाए ।

‘शामीले रन आउट गरेको मलाई थाहा थिएन । उनी ९८ रनमा ब्याटिङ गरि रहेका थिए । उनको ब्याटिङ गर्ने तरिका सानदार थियो । हामीले उनलाई यसरी आउट गर्न सक्दैनौं । हामीले यो सोचेको कुरा होईन । उनले राम्रो ब्याटिङ गरे’, खेलपछि रोहितले रन आउट बारे भने । सामाजिक सञ्जालमा रोहितको चौतर्फी प्रंशसा भएको छ ।

जितको लागि ३ सय ७४ रनको विशाल विजयी लक्ष्य पछ्याएको श्रीलंकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ६ रन बनायो । श्रीलंका कप्तान दासुन शानका ८८ बलमा १२ चौका र ३ छक्कासहित १ सय ८ रनको अविजित शतकीय इनिङ खेलेपनि टोलीको हार र्टान सकेनन् । ओपनर पाथुम निसांका ८० बलमा ११ चौकासहित ७२ रनमा आउट भए ।

गुवाहाटीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय ७३ रन बनाएको थियो । भारतका विराट कोहलीले ८७ बलमा १२ चौका र १ छक्कासहित सर्वाधिक १ सय १३ रनको शतकीय इनिङ खेले ।

कोहलीको यो ओडिआई करिअरको ४५ औं शतक हो । कप्तान रोहित शर्मा ६७ बलमा ९ चौका र ३ छक्कासहित ८३ रनमा आउट भए । अर्का ओपनर शुभमन गिल ६० बलमा ११ चौकासहित ७० रनमा कप्तान दासुन शानकाको बलमा एलबीडब्लू आउट भए । तीन ओडिआई खेलको सिरिजमा दोस्रो खेल बिहीबार र तेस्रो खेल आइतबार हुनेछ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.