default_image

3 years ago

January 11, 2023

सानदार पूनरागमनसँगै उपाधि जित्न विराटनगरलाई लुम्बिनीको मध्यम लक्ष्य

271 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – लुम्बिनी अल स्टार्सले नेपाल टि२० लिगको फाइनलमा उपाधि जित्न विराटनगर सुपर किंग्सलाई १ सय ३४ रनको मध्यम लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको लुम्बिनी १९.२ ओभरमा १ सय ३३ रनमा अल आउट भयो ।

लुम्बिनीको लागि ओपनर लाहिरु मिलान्थाले २८ बलमा ३ चौका र ३ छक्कासहित ४१ रनमा आउट भए । लुम्बिनीले राम्रो सुरुवात गर्यो । ओपनर लाहिरु मिलान्था र हरमीत सिंहले ५.५ ओभरमा ६४ रनको आक्रामक सुरुवात गरेको थियो । तर पावर प्लेपछि त्यो सुरुवातमा गिरावट आयो । केओन जोशेफको बलमा हरमीत रोहित पौडेलबाट क्याच आउट भए ।

सूर्य तामाङले लगत्तै अर्को ओभरमा कुशल भुर्तेललाई एक रनमा विकेटकिपर अर्जुन साउदबाट स्टम्पिङ आउट भए । रोहित पौडेलले मिलान्थालाई नन्दन यादवबाट क्याच गराएपछि विराटनगर खेलमा फर्किएको थियो । नन्दनले मिलान्थाको उत्कृष्ट क्याच लिएका थिए ।

स्पिनर राज नान्ननको बलमा चोभार एण्डतर्फ ठूलो सट खेलेपनि गौरांशु शर्माले २० रनमा क्याच लिँदै पेभेलिएन फर्काए । ईशान पाण्डे १८, विपुल शर्मा ५, गुलशन झा ३, साड्ली भान स्केलक्किक १, अनिलकुमार शाह ८ र किशोर महतो २ रनमा आउट भए ।
नन्दन यादवले ३.२ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । राज नान्ननले ३ ओभरमा २४ रन २ विकेट लिए । हुसेन तालत, केओन जोशेफ, सूर्य तामाङ र रोहित पौडेलले एक एक विकेट लिए । विजेता टोलीले ५५ लाख प्राप्त गर्दा उप विजेता टोलीले ३० लाख रुपैयाँ प्राप्त गर्ने छन् ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.