default_image

3 years ago

January 12, 2023

जो एक खेल नखेली च्याम्पियन बने

351 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – लुम्बिनी अल स्टार्सले बुधबार नेपाल टि२० लिगको फाइनलमा विराटनगर सुपर किंग्सलाई २४ रनले हराउँदै उपाधि जित्यो । तीव्र गतिका बलर आकाश चन्द भने एक खेल नखेली च्याम्पियन बन्ने खेलाडी बने ।

लुम्बिनीले कुल १२ खेल खेल्दा १० खेलमा जित्यो । तर आकाश चन्दले कुनैपनि खेल खेल्न पाएनन् । लुम्बिनीको टोलीमा एक खेल पनि खेल्न नपाउने आकाश एकमात्रै खेलाडी हुन् । अन्य सबै खेलाडीले खेल्ने अवसर पाएका थिए ।

तीव्र गतिका बलरमा किशोर महतोले सानदार प्रदर्शन गरे । त्यसपछि प्याट ब्राउन, साड्ली भान स्केलक्किक र गुलशन झालाई मैदान उतारेको थियो । गुलशनले पनि खासै बलिङको अवसर भने पाएनन् । गुलशनले पुरै खेल खेल्दा ५ इनिङमा मात्रै ७ ओभर बलिङ गर्दै तीन विकेट लिएका थिए ।

स्पिनर सागर ढकाल, तिलकराज भण्डारी, हरमीतसिंह र विपुल शर्मा हाबी बनेपछि आकाश चन्दले मौका पाउन सकेनन् । सुदूरपश्चिमबाट यू-१९ राष्ट्रिय प्रतियोगिता खेल्ने आकाश घरेलु क्रिकेट भने त्रिभुवन आर्मी क्लबबाट खेल्ने गर्दछन् ।

आर्मीमा सोमपाल कामी, जितेन्द्र मुखिया र विक्रम सोब पहिलो रोजाईमा खेल्दा आकाशले विरलै खेल्ने अवसर पाउँछन् । नेपालबाट यू–१९ टोली प्रतिनिधित्व गरेका आकाश अर्को महिना युएईमा हुने आइसिसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोटको लागि बन्द प्रशिक्षणमा छन् ।

नेपाली तीन फरक फ्रेन्चाइज लिगमा लगातार तेस्रो पटक आकाशले एक खेल पनि खेल्न पाएनन् । आकाशलाई लुम्बिनीले सी ग्रेडमा ५ लाख रुपैयाँमा अनुबन्ध गरेको थियो । गतवर्ष आकाशले एभरेष्ट प्रिमियर लिगमा काठमाडौं किंग्स ११ बाट खेलेका थिए ।

तर काठमाडौंले प्लेअफ सम्मको यात्रा तय गर्दा उनले एकखेल पनि खेल्ने अवसर पाएनन् । २०१९ को पोखरा प्रिमियर लिगमा आकाश चन्द पोखरा पल्टनमा थिए । पोखरा पल्टन लिगबाटै बाहिरिदा आकाशले एक खेलपनि खेल्न पाएनन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.