1 year ago
January 13, 2023
काठमाडौं (हाम्रो खेलकुद) – बलात्कार आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने थुनामुक्त हुँदैछन् । बिहीबार उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज भट्टराई र रमेश ढकालको इजलासले काठमाडौं जिल्ला अदालतको आदेश बदर गर्दै लामिछानेलाई २० लाख धरौटीमा रिहा गर्न आदेश दिएका थिए । सन्दीपका दाजु मोहन लामिछानेले धरौटीको २० लाख रुपैयाँ बुझाएका थिए । […]
काठमाडौं (हाम्रो खेलकुद) – बलात्कार आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने थुनामुक्त हुँदैछन् । बिहीबार उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज भट्टराई र रमेश ढकालको इजलासले काठमाडौं जिल्ला अदालतको आदेश बदर गर्दै लामिछानेलाई २० लाख धरौटीमा रिहा गर्न आदेश दिएका थिए ।
सन्दीपका दाजु मोहन लामिछानेले धरौटीको २० लाख रुपैयाँ बुझाएका थिए । त्यसको पत्र कारागार पुगिसकेको छ । सबै प्रक्रिया पूरा गरेर सन्दीप सुन्धारामा रहेको कारागारबाट थुनामुक्त हुँदैछन् । सन्दीपलाई कारागारबाट जिल्ला अदालत काठमाडौं लगिएको छ । सन्दीपलाई अदालतमा हाजिर गर्न लगिएको थियो । अदालतमा मूल मुद्दाको तारिख बुझेपछि पुन केन्द्रीय कारागार लगेर सन्दीपलाई रिहा गरिनेछ ।
सन्दीपलाई बलात्कार आरोपमा काठमाडौं जिल्ला अदालतले पुर्पक्षको लागि थुनामा पठाउन कात्तिक १८ मा आदेश दिएको थियो । त्यसपछि उनका वकिलले उच्च अदालत पाटनमा पुनरावेदनको मुद्दा दायर गरेका थिए । सन्दीप माथि १७ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोप लागेको थियो ।
उच्च अदालतले सन्दीपलाई विदेश जान रोक लगाएको छ । अदालतले यथाशिघ्र सन्दीपको राहादानी रोक्का गर्न गृह मन्त्रालय र पराराष्ट्र मन्त्रालयलाई समेत जानकारी दिएको छ । यदि सन्दीप काठमाडौं उपत्यका छाड्दा जिल्ला प्रहरी परिसर काठमाडौंलाई लिखित जवाफ दिनु पर्ने समेत जनाएको छ । काठमाडौं छाड्ने र फर्किने मितिसँगै त्यो स्थानमा रहने नाम समेत जनाउनु पर्ने हुन्छ । सन्दीपले क्रिकेट खेल्न पाउने वा नपाउने भन्ने अदालतको आदेशमा उल्लेख छैन ।
उच्च अदालतको फैसला सन्दीप धरौटीमा छुट्न पाउने वा नपाउने भन्ने हो । सन्दीप दोषी हुन् वा होइन् भन्ने अन्तिम निर्णय भने होईन । सन्दीप दोषी हुन् वा होईन् त्यो भने जिल्ला अदालत काठमाडौंले फैसला गर्नेछ ।
केन्या जानुअघिल्लो दिन भदौ ५ गते काठमाडौंको एक होटलमा लगेर नाबालिगलाई बलात्कार गरेको आरोप सन्दीपमाथि लागेको थियो । पीडित नाबालिगले भदौ २१ गते प्रहरी बृत गौशालामा जाहेरी दिएकी थिइन् । सन्दीपले असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आत्मासमर्पण गरेका थिए ।
May 2, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले अर्को महिना सुरु हुने आइसीसी टि२० विश्वकप २०२४ का लागि घोषणा गरेको अन्तिम टोलीमा परेसँगै सोमपाल कामी नेपालबाट दुई विश्वकप खेल्ने एक्लो खेलाडी बन्ने भएका छन् । सन् २०१४ मा बंगलादेशमा सम्पन्न टि२० विश्वकपमा सोमपालले नेपालको प्रतिनिधित्व गरेका थिए । त्यसबेला टोलीको सबैभन्दा कान्छो सदस्य रहेका उनी […]
May 2, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले वेस्ट इन्डिज ‘ए’ विरुद्ध जारी टि२० सिरिजको चौथो खेल आज खेल्दैछ । खेल टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मध्यान्ह १२:१५ बजे सुरु हुनेछ । नेपालले पहिलो खेल ४ विकेटले जितेपछि पाहुना टोलीले दोस्रो खेल १० रनले जित्दै सिरिज बराबर गरेको थियो । बुधबार भएको तेस्रो खेलमा जोन्सन चार्ल्सको […]
May 1, 2024
एजेन्सी – पञ्जाब किंग्सले बुधवार भएको इंडियन प्रिमियर लिग (आईपिएल) अन्तर्गतको एकमात्र खेलमा सहज जित दर्ता गरेको छ । पञ्जाबले चेन्नाई सुपर किंग्स माथि ७ विकेटको जित निकालेको हो । चेन्नाईले दिएको १६३ रनको लक्ष्य पञ्जाबले १३ बल बाँकी छँदै ३ विकेट गुमाएर भेटायो । पञ्जाबका लागि जोन्नी बेयर्सटोले ३० बलमा सर्वाधिक ४६ रन बनाए […]