default_image

1 year ago

January 14, 2023

फिलिप्सको उत्कृष्ट ब्याटिङमा न्युजिल्यान्डलाई सिरिज

काठमाडौं (हाम्रो खेलकुद) – ग्लेन फिलिप्सको उत्कृष्ट ब्याटिङमा न्युजिल्यान्डले तेस्रो ओडिआई खेलमा घरेलु टोली पाकिस्तानलाई दुई विकेटले हराउँदै सिरिज जितेको छ । न्युजिल्यान्डले तीन ओडिआई खेलको सिरिज २–१ ले जितेको हो । जितको लागि २ सय ८१ रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्डले ४८.१ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो । न्युजिल्यान्डको जितमा ग्लेन फिलिप्सले ४२ […]

101 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ग्लेन फिलिप्सको उत्कृष्ट ब्याटिङमा न्युजिल्यान्डले तेस्रो ओडिआई खेलमा घरेलु टोली पाकिस्तानलाई दुई विकेटले हराउँदै सिरिज जितेको छ । न्युजिल्यान्डले तीन ओडिआई खेलको सिरिज २–१ ले जितेको हो ।

जितको लागि २ सय ८१ रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्डले ४८.१ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो । न्युजिल्यान्डको जितमा ग्लेन फिलिप्सले ४२ बलमा ४ चौका र ४ छक्कासहित ६२ रनको अविजित इनिङ खेले । कप्तान केन विलियम्सन ६८ बलमा २ चौकासहित ५३ रनमा रन आउट भए ।

ओपनर डेभन कन्वे ६५ बलमा ५ चौका र १ छक्कासहित ५२ र फिन एलेन २५ रनमा आउट भए । डर्याल मिचेल ३६, टम लाथम १६, माइकल ब्रेसवेल ७ र मिचेल सान्टनार १५ रनमा आउट भए ।

पाकिस्तानका मोहम्मद वासिम जुनियर र अघा सलमानले दुई दुई विकेट लिए । उस्मा मिर र मोहम्मद नवाजले एक एक विकेट लिए ।

त्यसअघि नेशनल स्टेडियम कराँचीमा टस जितेर पहिला ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ८० रन बनायो । पाकिस्तानका लागि ओपनर फखर जमानले १ सय २२ बलमा १० चौका र १ छक्कासहित १ सय १ रनको शतकीय इनिङ खेलेपनि टोलीको जितको लागि पर्याप्त बनेन । उनी रन आउट भएका थिए ।

विकेटकिपर मोहम्मद रिजवान ७४ बलमा ६ चौकासहित ७७ रनमा आउट भए । अघा सलमान ४५, हरिस सोहेल २२, कप्तान बाबर आजम ४ र मोहम्मद नवाज ८ रनमा आउट भए ।

न्युजिल्यान्डका टिम साउथीले १० ओभरमा ५६ रन खर्चेर ३ विकेट लिए । लोकी फर्गुसनले दुई, माइकल ब्रेसवेल र ईश सोधीले एक एक विकेट लिए । पाकिस्तान पहिलो खेलमा ६ विकेटले विजयी हुँदा दोस्रो खेलमा ७६ रनले पराजित भएको थियो ।

May 2, 2024

सोमपाल दुई विश्वकप खेल्ने एक्लो नेपाली क्रिकेटर बन्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले अर्को महिना सुरु हुने आइसीसी टि२० विश्वकप २०२४ का लागि घोषणा गरेको अन्तिम टोलीमा परेसँगै सोमपाल कामी नेपालबाट दुई विश्वकप खेल्ने एक्लो खेलाडी बन्ने भएका छन् । सन् २०१४ मा बंगलादेशमा सम्पन्न टि२० विश्वकपमा सोमपालले नेपालको प्रतिनिधित्व गरेका थिए । त्यसबेला टोलीको सबैभन्दा कान्छो सदस्य रहेका उनी […]

May 2, 2024

बलियो टोली उतार्दै वेस्ट इन्डिज ‘ए’ विरुद्ध सिरिज बराबर गर्ने लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले वेस्ट इन्डिज ‘ए’ विरुद्ध जारी टि२० सिरिजको चौथो खेल आज खेल्दैछ । खेल टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मध्यान्ह १२:१५ बजे सुरु हुनेछ । नेपालले पहिलो खेल ४ विकेटले जितेपछि पाहुना टोलीले दोस्रो खेल १० रनले जित्दै सिरिज बराबर गरेको थियो । बुधबार भएको तेस्रो खेलमा जोन्सन चार्ल्सको […]

May 1, 2024

पञ्जाबको चेन्नाईविरुद्ध सहज जित

एजेन्सी – पञ्जाब किंग्सले बुधवार भएको इंडियन प्रिमियर लिग (आईपिएल) अन्तर्गतको एकमात्र खेलमा सहज जित दर्ता गरेको छ । पञ्जाबले चेन्नाई सुपर किंग्स माथि ७ विकेटको जित निकालेको हो । चेन्नाईले दिएको १६३ रनको लक्ष्य पञ्जाबले १३ बल बाँकी छँदै ३ विकेट गुमाएर भेटायो । पञ्जाबका लागि जोन्नी बेयर्सटोले ३० बलमा सर्वाधिक ४६ रन बनाए […]

Success

Thank you for your time.