3 years ago
January 14, 2023
एजेन्सी – घरेलु क्रिकेट रणजी ट्रफीमा तेहेरो शतक प्रहार गरेपछि भारतले युवा ओपनर पृथ्वी शालाई टोलीमा बोलाएको छ । अर्को साता देखि घरेलु मैदानमा हुने न्युजिल्यान्डसँग हुने तीन टि२० आई खेलको सिरिजको लागि भारतले शालाई टोलीमा बोलाएको हो ।

प्रमुख खेलाडी विराट कोहली र रोहित शर्मालाई टि२० टोलीबाट बाहिर राख्दा शालाई भारतले टोलीमा बोलाएको छ । हार्दिक पान्ड्यालाई टि२० को कप्तानी दिँदा सूर्यकुमार यादवले उपकप्तानको जिम्मेवारी पाएका छन् । भारतले अव रोहित र विराट दुबैलाई टि२० टोलीबाट बाहिर राख्ने चर्चा चल्दै आएको छ । अघिल्लो साता श्रीलंकासँग टि२०आई सिरिजमा पनि यी दुई खेलाडी थिएनन् । २०२४ मा हुने टि२० विश्वकपलाई मध्यनजर गर्दै बाहिर राख्ने योजना बनाएको बुझिएको छ ।
शाले यसै साता रणजी ट्रफीमा मुम्बईबाट असामविरुद्ध ३ सय ८३ बलमा ४९ चौका र ४ छक्कासहित ३ सय ७९ रनको सानदार तेहेरो शतकीय इनिङ खेलेका थिए । २३ वर्षीय शा पछिल्लो एकवर्षदेखि भारतीय टोलीमा छैनन् । उनले गतवर्ष श्रीलंकाविरुद्ध एकमात्रै टि२० आई खेल खेलेका थिए । घरेलु क्रिकेट र आइपिएलमा लगातार राम्रो प्रदर्शन गरेपनि उच्च प्रतिस्पर्धातको कारण टोलीमा स्थान बनाउन सकेका छैनन् ।
त्यस्तै अष्ट्रेलियासँग हुने चार टेस्ट खेलको सिरिजको लागि भारतले सूर्यकुमार यादवलाई पहिलो पटक मौका दिएको छ । सूर्यले टि२० क्रिकेटमा भारतीय टोलीबाट लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । भारत र न्युजिल्यान्डबीचको पहिलो ओडिआई खेल १८ जनवरी हैदराबाद, दोस्रो खेल २१ जनवरी मा रैपुर र तेस्रो खेल २४ जनवरीमा इन्डोरमा हुनेछ ।

भारत र न्युजिल्यान्डबीचको पहिलो टि२० आई खेल २७ जनवरीमा राँची, दोस्रो खेल २९ जनवरीमा लखनउ र एक फेब्रुअरीमा अहमदाबादमा हुनेछ । अष्ट्रेलिया र भारतबीचको टेस्ट सिरिज ९ फेब्रुअरी देखि ९ मार्च सम्म चल्नेछ ।
भारतको ओडिआई टोली –
रोहित शर्मा (कप्तान), शुभमन गिल, ईशान किशन, विराट कोहली, श्रेयस ऐर, सूर्यकुमार यादव, केएस भरत, हार्दिक पान्ड्या, वासिन्टन सुन्दर, शहबाज अहमद, शार्दुल ठाकुर, युजभेन्द्र चहल, कुलदीप यादव मोहम्मद शामी, मोहम्मद शिराज र उमरान मलिक ।
भारतीय टि२० टोली –
हार्दिक पान्ड्या (कप्तान), सूर्यकुमार यादव, ईशान किशन, ऋतुराज गायकवाड, शुभमन गिल, दीपक हुडा, राहुल त्रिपाठी, जितेश शर्मा, वासिन्टन सुन्दर, कुलदीप यादव, युजभेन्द्र चहल, अर्शदीप सिंह, उमरान मलिक, शिवम माभी,पृथ्वी शा र मुकेश कुमार ।
भारतको टेस्ट टोली –
रोहित शर्मा, लोकेश राहुल, शुभनम गिल, चेतेश्वर पुजारा, विराट कोहली, श्रेयस ऐर, केएस भरत, ईशान किशन, रविचन्द्रन आश्विन, अक्षर पटेल, कुलदीप यादव, रविन्द्र जडेजा, मोहम्मद शामी, मोहम्मद शिराज, उमेश यादव, जयदेव उनादकट र सूर्यकुमार यादव ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]