3 years ago
January 15, 2023
एजेन्सी – श्रीलंकाले तेस्रो तथा अन्तिम ओडिआई खेलमा घरेलु टोली भारतसँग ३ सय १७ रनको इतिहासकै लज्जास्पद हार ब्येहोरेको छ । योसँगै तीन ओडिआई खेलको सिरिजमा भारतले क्लिनस्वीप गरेको छ ।

जितको लागि ३ सय ९१ रनको विशाल विजयी लक्ष्य पछ्याएको श्रीलंका २२ ओभरमा ७३ रनमा अल आउट भयो । ओडिआई इतिहासमा ३ सय १७ रनको हार अन्तर रनको सर्वाधिक बढी हो ।
यसअघि ओडिआईमा सर्वाधिक फराकिलो हार २००८ मा आयरल्यान्डले न्युजिल्यान्डविरुद्ध २ सय ९० रनको बेहोरेको थियो ।श्रीलंका ओपनर नुवानिदु फ्रेनान्डोले २७ बलमा ४ चौकासहित सर्वाधिक १९ रन बनाए । कप्तान दासुन शानका ११ र कसुन रजिथाले १३ रन बनाउँदा अन्य ८ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
भारतका मोहम्मद शिराजले १० ओभरमा १ मेडनसहित ३२ रन खर्चेर ४ विकेट लिए । मोहम्मद शामी र कुलदीप यादवले दुई दुई विकेट लिए ।
त्यसअघि ग्रीनफिल्ड अन्तर्राष्ट्रिय स्टेडियममा टस जितेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३ सय ९० रन बनाएको थियो ।

भारतका विराट कोहलीले १ सय १० बलमा १३ चौका र ८ छक्कासहित १ सय ६६ रनको सानदार शतकीय इनिङ खेले । कोहलीको यो ओडिआई करिअरको ४६ औं शतक हो । कोहलीले ८५ बलमा शतक पूरा गरेका थिए । शतकपछि कोहली झनै विष्फोटक बने ।
युवा ओपनर शुभमन गिलले ९७ बलमा १४ चौका र २ छक्कासहित १ सय १६ रनको शतकीय इनिङ खेले । गिलको यो ओडिआई करिअरको दोस्रो शतक हो । दोस्रो विकेटका लागि गिल र विराटले १ सय ३१ रनको शतकीय साझेदारी गरेका थिए । तेस्रो विकेटका लागि कोहलीले श्रेयस ऐरसँग १ सय ८ रनको शतकीय साझेदारी गरेका थिए । श्रेयस ऐर ३८ र रोहित शर्मा ४२ रनमा आउट भए ।
श्रीलंकाका लाहिरु कुमाराले १० ओभरमा १ मेडनसहित ८७ रन खर्चेर २ विकेट लिए । कसुन रजिथाले १० ओभरमा १ मेडनसहित ८१ रन खर्चेर २ विकेट लिए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]