default_image

3 years ago

January 17, 2023

स्मिथको सानदार शतक

218 views

0 Bookmark

एजेन्सी – अष्ट्रेलिया प्रमुख ब्याटर स्टिभ स्मिथले बिग ब्यास लिगमा सिड्नी सिक्सर्सबाट एडिलेड स्ट्राइकर्सविरुद्ध सानदार शतक प्रहार गरेका छन् । बिग ब्यास लिगको ४५ औं खेलमा इन्टरनेशनल स्पोर्ट्स स्टेडियम कफ हार्बरमा टस हारेर पहिला ब्याटिङ थालेको सिड्नी सिक्सर्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय ३ रन बनायो ।

सिड्नीका स्टिभ स्मिथले ५६ बलमा ५ चौका र ७ छक्कासहित १ सय १ रनको सानदार शतकीय इनिङ खेले । स्मिथ रन आउट भएका थिए । स्मिथले बेन्जामिन मानेन्टीलाई छक्का हान्दै ५६ बलमा शतक पूरा गरेका थिए ।

स्मिथको टि२० करिअरको दोस्रो शतक हो । स्मिथले टि२० क्रिकेटमा यसअघि सन् २०१७ मा इन्डियन प्रिमियर लिग (आइपिएल) मा राइजिङ पुणे सुपरजायन्ट्सबाट गुजरात लायन्सविरुद्ध ५४ बलमा ८ चौका र ५ छक्कासहित १ सय १ रनको शतकीय इनिङ खेलेका थिए ।

सिड्नी सिक्सर्सबाट शतक प्रहार गर्ने स्मिथ पहिलो खेलाडी समेत बनेका छन् । स्मिथले टेस्ट र ओडिआई क्रिकेटमा लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । टेस्टका वर्तमान समयका सर्वोत्कृष्ट ब्याटरको रुपमा चिनिन्छन् । गत नोभेम्बरमा घरेलु मैदानमा भएको टि२० विश्वकपमा स्मिथको प्रदर्शनलाई लिएर आलोचना भएको थियो ।

स्मिथले अष्ट्रेलियाबाट ६३ टि२० आई खेलमा चार अर्धशतक सहित १२५.२१ को स्ट्राइक रेटमा १ हजार ८ रन बनाएका छन् । टि२० आई क्रिकेटमा स्मिथको उत्कृष्ट प्रदर्शन २०१५ मा कार्डिफमा इंग्ल्यान्डविरुद्ध ९० रन थियो ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.