3 years ago
January 17, 2023
एजेन्सी – दक्षिण अफ्रिकामा जारी आइसिसी वुमन्स यू१९ टि२० विश्वकपमा रुवान्डाले टेस्ट टोली जिम्बावेलाई ३९ रनले पराजित गरेको छ । पहिलो पटक क्रिकेटतर्फ विश्वकप खेलेको रुवान्डाले जिम्बावेलाई स्तब्ध पार्दै पहिलो जितका साथ इतिहास रचेको छ ।

जितको लागि १ सय २० रनको विजयी लक्ष्य पछ्याएको जिम्बावे १८.४ ओभरमा ८० रनमा अल आउट भयो । जिम्बावेको लागि नताशा मटोम्बा र केली एन्डिरायाले सर्वाधिक २०–२० रन बनाए ।
अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । रुवान्डाकी मध्यगतिकी बलर हेनरीएट इसिम्वेले १९ औं ओभरमा लगातार चार विकेट लिएकी थिइन् । ह्याट्रिकसहित लगातार चार विकेट लिँदै उनले ऐतिहासिक जित पक्का गरिन् । इसिम्वेले ३.४ ओभरमा १३ रन खर्चेर ४ विकेट लिइन् । जुरुफात इसिम्बेले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिइन् ।
त्यसअघि नर्थ वेस्ट ग्राउन्ड नम्बर १ मा टस हारेर पहिला ब्याटिङ थालेको रुवान्डाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय १९ रन बनायो । रुवान्डाको लागि कप्तान जिसेले इसिम्वेले २३ बलमा ५ चौकासहित सर्वाधिक ३४ रन बनाइन् । अर्की ओपनर सिन्थिया टुईजेरे ४४ बलमा २ चौकासहित ३० रन बनाइन् ।
जिम्बावेकी चिपो मोयोले ३ ओभरमा २२ रन खर्चेर ३ विकेट लिइन् । पहिलो पटक भई रहेको यू-१९ महिला विश्वकपमा जिम्बावे समूह बी मा दुबै खेलमा हारका साथ पुछारमा छ ।
रुवान्डा २ खेलमा १ मा जितसहित तेस्रो स्थानमा छ । सुरुवाती खेल जित्दै इंग्ल्यान्ड शीर्ष र पाकिस्तान दोस्रो स्थानमा छन् । यस विश्वकपमा चार समूहमा गरि १६ टोलीको सहभागीता छ । नेपाल भने एसिया क्षेत्र छनोटबाट बाहिरिएको थियो
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]