3 years ago
January 18, 2023
एजेन्सी – युवा ओपनर शुभमन गिलको सानदार दोहोरो शतकमा भारतले पहिलो ओडिआई खेलमा न्युजिलयान्डलाई ३ सय ५० रनको विशाल लक्ष्य दिएको छ । राजिव गान्धी इन्टरनेशनल स्टेडियम हैदराबादमा टस जितेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ४९ रन बनायो ।

भारतका शुभमन गिलले १ सय ४९ बलमा १९ चौका र ९ छक्कासहित २ सय ८ रनको सानदार दोहोरो शतकीय इनिङ खेले । गिल ओडिआईमा दोहोरो शतक प्रहार गर्ने विश्वका आठौं ब्याटर हुन् । भारतका पाँचौं खेलाडी बनेका छन् ।
भारतबाट रोहित शर्माले सर्वाधिक तीन पटक दोहोरो शतक प्रहार गरेका छन् । ओडिआई क्रिकेट इतिहासको यो १० औं दोहोरो शतक हो । त्यस्तै रोहितसँगै विरेन्द्र सहवाग, सचिन तेन्दुलकर, ईशान किशन र गिलले दोहोरो शतक हानेका हुन् ।
न्युजिल्यान्डका मार्टिन गुप्टिल, वेस्टइन्डिजका क्रिस गेल र पाकिस्तानका फखार जमानले पनि ओडिआईमा दोहोरो शतक प्रहार गरेका छन् ।
अन्य भारतीय ब्याटरको भने प्रदर्शन राम्रो हुन सकेन । कप्तान रोहित शर्मा ३८ बलमा ४ चौका र २ छक्कासहित ३४ रनमा आउट भए । विराट कोहली ८, ईशान किशन पाँच, सूर्यकुमार यादव ३१, हार्दिक पान्ड्या २८, वासिन्टन सुन्दर १२ र शार्दुल ठाकुर ३ रनमा आउट भए ।
न्युजिल्यान्डका तीव्र गतिका बलर हेनरी शिफ्ले र डर्याल मिचेलले दुई दुई विकेट लिए । लोकी फर्गुसन, मिचेल सान्टनार र ब्लेयर टिकनरले एक एक विकेट हात पारे ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]