default_image

3 years ago

January 19, 2023

दुई शतकका बाबजुद आयरल्यान्ड पराजित

242 views

0 Bookmark

एजेन्सी – कप्तान एन्ड्रयु बलबर्नी र युवा ब्याटर ह्यारी टेक्टरको शतकका बाबजुद आयरल्यान्ड पहिलो ओडिआई खेलमा घरेलु टोली जिम्बावेसँग डकवर्थ लेविस पद्धतिको आधारमा तीन विकेटले पराजित भएको छ । सँगै तीन ओडिआई खेलको सिरिजमा जिम्बावेले १–० को अग्रता लिएको छ ।

वर्षाले प्रभावित खेलमा डकवर्थ लेविस पद्धतिको आधारमा जिम्बावेले २ सय १४ रनको विजयी लक्ष्य निर्धारित ३७ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । जिम्बावेले २ सय ८९ रनको विजयी लक्ष्य पछ्याउनेक्रममा ३३.३ ओभरमा १७५–४ को अवस्थामा खेल वर्षाको कारण रोकिएको थियो ।

जिम्बावेका रायन बर्लले ४१ बलमा ६ चौका र २ छक्कासहित सर्वाधिक ५९ रन बनाए । सिकन्दर राजा ४५ बलमा ४ चौका र १ छक्कासहित ४३ र कप्तान क्रेग इर्विन ३८ रनमा आउट भए । आयरल्यान्डका मार्क आदिर र ग्राहम हमेले दुई दुई विकेट लिए ।

त्यसअघि हरारे स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङ थालेको आयरल्यान्डले निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै २ सय ८८ रन बनाएको थियो । आयरल्यान्डका एन्ड्रयु बलबर्नीले १ सय ३७ बलमा १३ चौका र ३ छक्कासहित सर्वाधिक १ सय २१ रनमा रिटायर्ट हर्ट भए ।

ह्यारी टेक्टरले १ सय ९ बलमा ८ चौका र १ छक्कासहित १ सय १ रनको अविजित शतकीय इनिङ खेले । तेस्रो विकेटका लागि बलबर्नी र टेक्टरले २ सय १२ रनको सानदार दोहोरो शतकीय साझेदारी गरेका थिए । बलबर्नीको ओडिआई करिअरको आठौं र टेक्टरको तेस्रो शतक हो ।

जिम्बावेका भिक्टर न्याउचीले सर्वाधिक दुई विकेट लिए । दोस्रो खेल शनिबार र तेस्रो खेल सोमबार हुनेछ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.