default_image

3 years ago

January 20, 2023

इफ्तिखारको सानदार शतक

322 views

0 Bookmark

एजेन्सी – पाकिस्तानी अनुभवी ब्याटर इफ्तिखार अहमदले बंगलादेश प्रिमियर लिगमा फोच्र्युन बरिशालबाट रंगपुर राइडर्सविरुद्ध सानदार शतक प्रहार गरेका छन् । अहमदको शतकको सहयोगमा बरिशालले राइडर्सलाई ६७ रनले पराजित गरेको छ ।

जहूर अहमेद चौधरी स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको बरिशालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय ३८ रन बनायो । इफ्तिखार अहमदले ४५ बलमा ६ चौका र ९ छक्कासहित १ सय रनको शतकीय इनिङ खेले । उनको यो टि२० करिअरको पहिलो शतक हो ।

त्यस्तै कप्तान सकिब अल हसनले ४३ बलमा ९ चौका र ६ छक्कासहित ८९ रनमा अविजित रहे । पाँचौं विकेटका लागि सकिब र इफ्तिखारले १ सय ९२ रनको अविजित विश्व कीर्तिमानी साझेदारी गरेका थिए । जुन टि२० क्रिकेटमा पाँचौं विकेटका लागि भएको उच्च साझेदारी हो ।

यसअघि पाँचौं विकेटका लागि टि२० क्रिकेटमा २०२० मा इंग्ल्यान्डको टि२० ब्लास्टमा बर्मिंघम ब्रेसका ड्यान मोस्ली र एडम होसले नर्थह्याम्प्टनशायरविरुद्ध १ सय ७१ रनको शतकीय साझेदारी गरेका थिए । रंगपुरका हसन महमुद र हरिस रौफले दुई दुई विकेट लिए ।

जितको लागि २ सय ३९ रनको विजयी लक्ष्य पछ्याएको रंगपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ७१ रन बनायो । शमिम हुसेनले २४ बलमा ३ चौका र ४ छक्कासहित सर्वाधिक ४४ रन बनाए । बरिशालका मेहेदी हसन मिराजले ४ ओभरमा २६ रन खर्चेर ३ विकेट लिए । मोहम्मद वासिम जुयिनर र कमरुल इस्लाम दुई दुई विकेट लिए ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.