3 years ago
January 20, 2023
काठमाडौं (हाम्रो खेलकुद) – कप्तान विन्दु रावल र कविता कुँवरको उत्कृष्ट ब्याटिङमा सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय प्रतियोगिताको पहिलो सेमिफाइनलमा मधेश प्रदेशलाई १ सय १४ रनको फराकिलो अन्तरले हराउँदै फाइनलमा स्थान बनाएको छ ।

इटहरीको जनता क्रिकेट पार्कमा टस जितेर पहिला ब्याटिङ थालेको सुदूरले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १ सय ८० रन बनायो । सुदूरको लागि कविता कुँवरले ५४ बलमा १२ चौका र १ छक्कासहित सर्वाधिक ७० रनको योगदान दिइन् ।
कप्तान विन्दु रावल ५२ बलमा ९ चौकासहित ६० रनमा अविजित रहिन् । पहिलो विकेटका लागि कविता र विन्दु रावलले १ सय २८ रनको सानदार शतकीय साझेदारी गरेका थिए ।
कविता जोशी १५ बलमा ४ चौका र २ छक्कासहित ३२ रनमा अविजित रहिन् । मधेशकी साना प्रविन र भूमि सिंहले एक एक विकेट लिए ।
जितको लागि १ सय ८१ रनको विजयी लक्ष्य पछ्याएको मधेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ६८ रन बनायो । मधेशकी प्रतिमा शाहले १८ बलमा ३ चौकासहित सर्वाधिक १९ रन बनाइन् । सीमा कुँवर १६ र एलिसा यादवले ३९ बलमा २ चौकासहित १४ रन बनाइन् । अन्य ब्याटरले राम्रो गर्न सकेनन् ।
सुदूरकी मनिषा चौधरी र ऋतु कनोजियाले दुई दुई विकेट लिए । उपाधिको लागि सुदूरले दोस्रो सेमिफाइनलको विजेता एपिएफ र प्रदेश एकबीच प्रतिस्पर्धा गर्नेछ । एपिएफ ४५ रनमा अल आउट भएको छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]