3 years ago
January 20, 2023
एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले भारतीय क्रिकेट टोलीलाई न्युजिल्यान्डविरुद्ध पहिलो ओडिआई खेलमा स्वलो ओभर रेटका कारण कारवाही गरेको छ ।

आइसिसीले भारतलाई स्वलो ओभर रेटका कारण ६० प्रतिशत म्याच फि जरिवना लगाएको छ । भारतले निर्धारित समय भन्दा तीन ओभर ढिलो सकेपछि ६० प्रतिशत म्याच फि जरिवना लागेको हो । आइसिसीको खेल कन्डिसन अनुसार एक ओभर ढिलो हुँदा २० प्रतिशत म्याच जरिवना लाग्ने गर्दछ ।
भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्माले पनि उक्त गल्ती स्वीकार गरेका छन् । म्याच रेफ्री जवागल श्रीनाथले निर्धारित समय भन्दा तीन ओभर ढिलो खेल सकेपछि कारवाही गरेको जनाएका छन् ।
घरेलु टोली भारत पहिलो खेलमा १२ रनले विजयी भएको थियो । तीन ओडिआई खेलको सिरिजमा भारतले १–० को अग्रता लिएको छ । जितको लागि ३ सय ५० रनको विशाल विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्ड ४९.२ ओभरमा ३ सय ३७ रनमा अल आउट भयो । न्युजिल्यान्डका माइकल ब्रेसवेलले ७८ बलमा १२ चौका र १० छक्कासहित सर्वाधिक १ सय ४० रनको शतकीय इनिङ खेलेपनि टोलीको हार टार्न सकेका थिएनन् ।
राजिव गान्धी इन्टरनेशनल स्टेडियम हैदराबादमा टस जितेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ४९ रन बनाएको थियो । भारतका शुभमन गिलले १ सय ४९ बलमा १९ चौका र ९ छक्कासहित २ सय ८ रनको सानदार दोहोरो शतकीय इनिङ खेलेका थिए ।
गिल ओडिआईमा दोहोरो शतक प्रहार गर्ने विश्वका आठौं ब्याटर हुन् । भारतका पाँचौं खेलाडी बनेका थिए । दोस्रो खेल शनिबार र तेस्रो खेल मंगलबार हुनेछ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]