default_image

3 years ago

January 23, 2023

क्रिकेटर आदिल र महबुब पक्राउ

524 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – युवा अलराउन्डर आदिल अन्सारी र पूर्व खेलाडी महबुब आलम नेपाल टि२० लिगमा स्पोट फिक्सिङको आरोपमा पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सिआईबी) ले सोमबार बिहान आदिल र महबुबलाई पक्राउ गरेको उच्च स्रोतले हाम्रो खेलकुदलाई जनाएको छ । स्रोतका अनुसार अन्य क्रिकेटरहरुलाई पनि पक्राउ गर्ने तयारी गरिएको छ ।

आदिल अन्सारीले नेपाल टि२० लिगमा जनकपुर रोयल्सबाट खेलेका थिए । खेलको दौरानमा आदिलले फ्ँयालेको एक नो बल चर्चामा रहँदै आएको थियो । आदिलले फार वेस्ट युनाइटेडविरुद्ध छैटौं ओभरको फ्याँलेको नो बलले उनीमाथि शंका बढ्दै गएको थियो । महबुब आलम भने स्पोट फिक्सिङको लागि बाहिरबाट भूमि खेलेको बताइदै आएको थियो ।

गत पुष १९ मा नेपाल टि२० लिगमा खेल मिलेमतो (म्याच फिक्सिङ) र स्पोट फिक्सिङ बारे प्रश्न उठेपछि गृह मन्त्रालयले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई छानविनका लागि निर्देशन दिएको थियो । सिआईबीले आशंका लागेका क्रिकेटरसँग अनुसन्धार गरेको थियो ।

आदिलले नेपालबाट ६ ओडिआई र ८ टि२० आई खेल खेलेका छन् । आदिलले मधेश क्रिकेटबाट घरेलु क्रिकेट खेल्ने गर्दछन् । आदिल तल्लोक्रममा आक्रामक ब्याटिङसँगै तीव्र गतिमा बलिङ गर्ने गर्दछन् ।

अधिकारिक प्रसारणमा कमेन्टेटरको रुपमा काम गर्दै आएका सचिन तिमल्सिनाले लिगमा मिलेमतो भइरहेको बताएका थिए । महबुबले २००८ मा मोजाम्बिकविरुद्ध ७.५ ओभरमा १ मेडन सहित १२ रन खर्चेर १० विकेट लिदै गिनिज बुकमा नेपाल लेखाएका थिए । उनी सिमित ओभरको अन्तर्राष्ट्रिय खेलमा १० विकेट लिने विश्वको एक्लो खेलाडी हुन् ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपाल टि २० लिग पुष ९ गतेदेखि २७ गतेसम्म सञ्चालन भएको थियो । पहिलो पटक आफैले आयोजना गरेको नेपाल टि २० लिगका लागि क्यानले सेभन थ्री स्पोर्टससँग कर्मसियल एन्ड स्ट्र्याटिजिक पार्टरका रुपमा सम्झौता गरेको थियो । तर सेभेन थ्रिका संस्थापक जतिन र सिइओ अभिषेक नेपाल टि२० लिगको बीचमै भारत गएका थिए ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.