3 years ago
January 24, 2023
एजेन्सी – अफगानिस्तानका लेग स्पिनर राशिद खानले सोमबार राती आफ्नो टि२० क्रिकेटको पाँच सय विकेट पूरा गरे । दक्षिण अफ्रिकामा जारी एसएटि२० क्रिकेट प्रतियोगितामा एमआई केप टाउनका कप्तान राशिद खानले प्रिटोरिया क्यापिटल्सविरुद्ध तीन विकेट लिदै टि२० क्रिकेटमा पाँच सय पूरा गर्ने दोस्रो खेलाडी बने ।

२४ वर्षीय अफगानिस्तानी लेग स्पिनर राशिद खानले आफ्नो करिअरमा ७ सय भन्दा बढी विकेट लिएका छन् । उनले ओडिआई, टेस्ट, टि२० आई, टि२०, प्रथम श्रेणी र लिष्ट ए मा गरेर ७ सय ३६ विकेट लिइसकेका छन् ।
टि२० क्रिकेट इतिहासमा ५ सय विकेट लिने उनी दोस्रो खेलाडी हुन् । राशिद खानले अफगानिस्तानसँगै विश्व टेस्ट टोलीका विभिन्न फ्रेन्चाइज लिग गरि कुल १६ टोलीबाट ३ सय ७१ टि२० खेल खेल्दा ५ सय विकेट लिएका छन् । वेस्टइन्डिजका ड्वेन ब्राभोले २००६ देखि २०२२ सम्म ५ सय ५६ खेलमा ६ सय १४ विकेट लिएका छन् । ब्राभोले दुई दर्जन भन्दा बढी टोलीबाट खेलेका छन् ।
राशिद खानले भने सन् २०१५ देखि खेल्दै आएका छन् । उनले टेस्टमा ५ खेलमा ३४, ८६ ओडिआई खेलमा १ सय ६३ र ७४ टि२० आई खेलमा १ सय २२ विकेट लिएका छन् । टेस्टको प्रथम श्रेणी, ओडिआईको लिष्ट ए र टि२० आईको टि२० मान्यता खेलमा विकेट जोडिन्छ । यी सब जोड्दा राशिद खानले ७ सय ३६ विकेट लिइसकेका छन् ।
राशिद खान वर्तमान समयका प्रमुख स्पिनर हुन् । उनले राष्ट्रिय, अन्तर्राष्ट्रिय र फ्रेन्चाइज लिगमा लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । राशिद खान ओडिआई र टि२० आई दुवैमा सर्वाधिक छिटो एक सय विकेट पूरा गर्ने खेलाडी हुन् ।
राशिद खानले मात्रै ४४ खेलमा ओडिआईमा एक सय विकेट पूरा गरेका थिए । उनले अष्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्कको ५२ खेलको कीर्तिमान तोडेका थिए । टि२० आईमा राशिद खानले ५३ खेलमा एक सय विकेट पूरा गरेका थिए । राशिद खानले श्रीलंका पूर्व तीव्र गतिका बलर लासिथ मलिङ्गाको ७६ खेलको कीर्तिमान तोडेको थिए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]