default_image

3 years ago

January 24, 2023

न्युजिल्यान्डमाथि क्लिनस्वीप गर्दै भारत शीर्षस्थानमा

259 views

0 Bookmark

एजेन्सी – भारतले तेस्रो तथा अन्तिम ओडिआई खेलमा न्युजिल्यान्डलाई ९० रनले हराउँदै आइसिसी वरियतामा शीर्षस्थानमा उक्लिएको छ । भारतले तीन ओडिआई खेलको सिरिजमा क्लिनस्विप गरेको छ ।

जितको लागि ३ सय ८६ रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्ड ४१.२ ओभरमा २ सय ९५ रनमा अल आउट भयो । न्युजिल्यान्डका ओपनर डेभन कन्वेले १ सय बलमा १२ चौका र ८ छक्कासहित १ सय ३८ रनको सानदार शतकीय इनिङ खेलेपनि टोलीको हार टार्न सकेनन् । भारतले न्युजिल्यान्डलाई पछि पार्दै विश्व ओडिआई वरियतामा शीर्ष स्थानमा उक्लिएको छ ।

ओपनर फिन एलेन शून्यमै बोल्ड भएपनि दोस्रो विकेटका लागि कन्वे र हेनरी निकोलसले १ सय ६ रनको शतकीय साझेदारी गरेका थिए । हेनरी ४० बलमा ३ चौका र २ छक्कासहित ४२ रनमा आउट भए । डर्याल मिचेलले कन्वेसँग ६६ रनको साझेदारी गरेपछि २५ ओभरमा १८४-२ को बलियो अवस्थामा थियो ।

तर त्यसपछि शार्दुल ठाकुरको बाउन्सर बलमा मिचेल २४ रनमा ईशान किशनबाट क्याच आउट भए । लगत्तै कप्तान टम लाथम गोल्डेन डक आउट भए । त्यसपछि भने लगातार विकेट गुमायो । ग्लेन फिलिप्स ५, माइकल ब्रेसवेल २६ र मिचेल सान्टनार ३४ रनमा आउट भए ।

भारतका शार्दुल ठाकुर र कुलदीप यादवले तीन तीन विकेट लिए । युजभेन्द्र चहल दुई, हार्दिक पान्ड्या र उमरान मलिकले एक एक विकेट लिए ।

त्यसअघि इन्डोरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३ सय ८५ रन बनाएको थियो । भारतका ओपनर शुभमन गिलले ७८ बलमा १३ चौका र ५ छक्कासहित १ सय १२ रनको सानदार शतकीय इनिङ खेले । गिलले न्युजिल्यान्डविरुद्ध पहिलो ओडिआई खेलमा २ सय ८ रनको सानदार दोहोरो शतकीय इनिङ खेलेका थिए ।

कप्तान रोहित शर्मा ८५ बलमा ९ चौका र ६ छक्कासहित १ सय १ रनमा आउट भए । रोहितको यो ३० औं ओडिआई शतक हो । पहिलो विकेटका लागि शुभमन गिल र रोहित शर्माले २६.१ ओभरमा २ सय १२ रनको सानदार दोहोरो शतकीय साझेदारी गर्दै विशाल योगफलको आधार तय गरेका थिए ।

हार्दिक पान्ड्या ३८ बलमा ३ चौका र ३ छक्कासहित ५४ रनमा आउट भए । विराट कोहली २७ बलमा ३ चौका र १ छक्कासहित ३६, ईशान किशन १७, सूर्यकुमार यादव १४, वासिन्टन सुन्दर ९ र शार्दुल ठाकुर २५ रनमा आउट भए ।

न्युजिल्यान्डका ज्याकुफ डफीले १० ओभरमा १ सय रन खर्चेर ३ विकेट लिए । ब्लेयर टिकनरले १० ओभरमा ७६ रन खर्चेर ३ विकेट लिए । भारत पहिलो खेलमा १२ रन र दोस्रो खेलमा ८ विकेटले विजयी भएको थियो । भारत र न्युजिल्यान्डबीच अव तीन टि२० आई खेलको सिरिज हुनेछ । पहिलो टि२० खेल शुक्रबार राँचीमा हुनेछ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.