default_image

3 years ago

January 24, 2023

‘फ्याब फोर’ नै आइसिसीको टोलीमा परेनन्

138 views

0 Bookmark

एजेन्सी – वर्तमान समयका विश्व क्रिकेटका सर्वाधिक चर्चित चार खेलाडी (फ्याब फोर) नै अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को २०२२ को टेस्ट टोलीमै पर्न सकेनन् ।

आइसिसी टेस्ट टिम अफ दि इयर २०२२ को घोषणा गर्दा फ्याब फोर ब्याटर भारतीय विराट कोहली, इंग्ल्यान्डका जो रुट, न्युजिल्यान्डका केन विलियम्सन र अष्ट्रेलियाका स्टिभ स्मिथ भने छैनन् । विराट कोहली, जो रुट, केन विलियम्सन र स्टिभ स्मिथलाई वर्तमान समयका प्रमुख चार ब्याटर मानिन्छ ।

त्यसैले यी चार ब्याटरलाई फ्याब फोर भन्ने गरिन्छ । इंग्ल्यान्डका बेन स्टोक्स कप्तान हुँदा बाबर आजम देखि भारतीय ऋषभ पन्त सम्मका खेलाडी परेका छन् ।

जो रुट २०२२ मा सर्वाधिक रन बनाउने सूचिमा दोस्रो स्थानमा छन् । रुटले १५ खेलमा ५ शतक र २ अर्धशतकसहित १ हजार ९८ रन बनाएका छन् । शीर्ष स्थानमा बाबर आजम ९ खेलमा ४ शतक र ७ अर्धशतकसहित १ हजार १ सय १ सय ८४ रन बनाएका थिए ।

त्यस्तै स्टिभ स्मिथले ११ खेलमा २ मा शतक र ५ मा अर्धशतकसहित ८ सय ७६ रन बनाएका छन् । २०२२ मा सर्वाधिक रन बनाउने ब्याटरमा स्मिथ छैटौं स्थानमा छन् । विराट कोहली र केन विलियम्सनको भने प्रदर्शन कमजोर थियो । कोहलीले ६ खेलमा २ सय ६५ रन बनाएका थिए ।

केन विलियम्सनले तीन खेलमा एक दोहोरो शतकसहित २ सय रन बनाएका थिए । आइसिसीको उत्कृष्ट टोलीको शीर्ष चार ब्याटरमा अष्ट्रेलियाका उस्मान खवाजा, मार्नस लाबुसेन वेस्टइन्डिजका क्रेग ब्रेथवेट र पाकिस्तानका बाबर आजम छन् ।

यस वर्ष सानदार प्रदर्शन र कप्तानी गरेका बेन स्टोक्स आइसिसीका कप्तान रहेका छन् । बेन स्टोक्सको कप्तानीमा इंग्ल्यान्डले फरक किसिमको टेस्ट क्रिकेट प्रस्तुत गरेको छ । स्टोक्सले १५ खेलमा २ शतक र ४ अर्धशतकसहित ८ सय ७० रन बनाएका छन् । त्यस्तै उत्कृष्ट प्रदर्शन गरेका जोनी बेयरस्टोले १० खेलमा ६ शतकसहित १ हजार ६१ रन बटुलेका छन् ।

आइसिसी टेस्ट टिम अफ द इयर २०२२

उस्मान खवाजा, क्रेग व्रेथवेट, मार्नस लाबुसेन, बाबर आजम, जोनी बेयरस्टो, बेन स्टोक्स (कप्तान), ऋषभ पन्त (विकेटकिपर), प्याट कमिन्स, कागिसो रबाडा, नाथन लायन र जेम्श एन्डरसन ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.