default_image

11 months ago

January 25, 2023

ब्याटिङमा जम्दै भारतीय क्रिकेटका भविष्य गिल

गत हप्ता भारतीय युवा ओपनर शुभमन गिलले न्युजिल्यान्डविरुद्ध पहिलो ओडिआई खेलमा २ सय ८ रनको सानदार दोहोरो शतकीय इनिङ खेले । प्रमुख ब्याटर विराट कोहली र रोहित शर्मा सस्तैमा आउट हुँदा गिलले दोहोरो शतक प्रहार गर्दै बलियो योगफलमा पुर्याए । गिल ओडिआई इतिहासमा दोहोरो शतक प्रहार गर्ने विश्वका सबैभन्दा कान्छा खेलाडी हुन् । ईशान किशनले […]

43 views

0 Bookmark

गत हप्ता भारतीय युवा ओपनर शुभमन गिलले न्युजिल्यान्डविरुद्ध पहिलो ओडिआई खेलमा २ सय ८ रनको सानदार दोहोरो शतकीय इनिङ खेले । प्रमुख ब्याटर विराट कोहली र रोहित शर्मा सस्तैमा आउट हुँदा गिलले दोहोरो शतक प्रहार गर्दै बलियो योगफलमा पुर्याए ।

गिल ओडिआई इतिहासमा दोहोरो शतक प्रहार गर्ने विश्वका सबैभन्दा कान्छा खेलाडी हुन् । ईशान किशनले अघिल्लो महिना बंगलादेशविरुद्ध राखेको कीर्तिमान गिलले तोडेका थिए । गिलले २३ वर्ष १ सय ३२ दिनमा उक्त कीर्तिमान लेखाए । ईशानले २४ वर्ष १ सय ४५ दिनमा २ सय १० रनको दोहोरो शतकीय इनिङ खेलेका थिए ।

दोहोरो शतकपछि अर्को खेलमा मौका नपाउने इतिहासमा किशन पहिलो खेलाडी थिए । भारतले श्रीलंकासँग तीन ओडिआई खेलमा किशनलाई कुनैपनि खेलमा मौका दिएन । कप्तान रोहित शर्मा र मुख्य प्रशिक्षक राहुल द्रविडले त्यो कठिन निर्णय लिए । त्यो निर्णयले गिलको मनोबल र विश्वास फेरियो । अनि मैदानमा रनको वर्षा गर्न थाले ।

श्रीलंकाविरुद्ध तेस्रो ओडिआई खेलमा गिलले १ सय १६ रनको शतकीय इनिङ खेले । न्युजिल्यान्डविरुद्ध पहिलो खेलमा दोहोरो शतक हाने । गिलले तेस्रो तथा अन्तिम ओडिआई खेलमा पनि न्युजिल्यान्डविरुद्ध ७८ बलमा १३ चौका र ५ छक्कासहित १ सय १२ रनको शतकीय इनिङ खेल्दै प्लेयर अफ द सिरिज चुनिए ।

गिल ब्याटिङ क्षमतासँगै ठूला इनिङका लागि चिनिन्छन् । पछिल्लो समय भारतले शिखर धवनको स्थानमा उनलाई मौका दिएको थियो । त्यसलाई भरपूर फाइदा उठाउँदै गिलले भारतीय क्रिकेटमा नयाँ आशाको किरण थपेका छन् ।

गिलमा धैर्यतासँगै सट छनोट गर्ने राम्रो कला पाइन्छ । गिलले जसरी प्रदर्शन गर्दै आएका छन् त्यसले उनलाई भारतीय ब्याटिङको भविष्य मानिएको छ । गिलले २१ ओडिआई खेलमा ४ मा शतक र ५ मा अर्धशतकसहित ७३.७६ को औसतमा १ हजार २ सय ५४ रन बनाएका छन् । उनले १९ इनिङमा एक हजार पुरा गरेका थिए । जुन कुनैपनि भारतीय क्रिकेटरले ओडिआईमा सर्वाधिक छिटो एक हजार रन पूरा गरेको यहि अवसर हो ।

‘साँच्चै मैले २ सय सोचेको थिएन । तर मैले ४७ औं ओभरमा एक छक्का हाने । अनि मलाई लाग्यो कि म सक्छु । त्यो भन्दा पहिला बल अनुसारको सट खेलेको थिएँ’, गिलले दोहोरो शतकपछि भनेका थिए ।

‘किशन मेरो सबैभन्दा मिल्ने साथी हुन् । उनले दोहोरो शतक प्रहार गर्दा म त्यहाँ थिएँ । त्यो विशेष थियो ।’

‘मलाई यस शैलीमा खेल्न सहज लाग्छ । स्वतन्त्र रुपमा खेल्न पाइन्छ । मैले मेरो खेल खेल्न पाउँछु । श्रीलंकासँग पहिलो खेलमा म खेल्छु जस्तो लागेको थिएन । किनभने पछिल्लो खेलमा ईशानले दोहोरो शतक हानेका थिए । तर तपाई (राहुल द्रविड) र रोहितले मलाई आत्माविश्वास दिनु भयो’, गिलले प्लेयर अफ द सिरिच पछि द्रविडसँग भने ।

राहुल द्रविडले गिललाई उमेर समूह देखि नै हेर्दै आएका छन् । भारतले यू–१९ विश्वकप २०१८ को उपाधि जित्दा खेल सर्वोत्कृष्ट खेलाडी र द्रविड मुख्य प्रशिक्षक थिए ।

‘मैले पछिल्लो ७–८ महिना देखि निकै ख्याल गर्दै आएको छु । तिमीमा परिपक्कता र फिल्डिङमा पनि सुधार भएकोछ । तिमी सधैं रन बनाउन मन पराउँछौं । तिमीमा सानै देखि क्षमताको त कुनै कमी छैन । मैले तिमीमा पछिल्लो समय धेरै परिवर्तन देखेको छु’, द्रविडले भने ।

गिलको बाल्यकाल

गिलको जन्म सन् १९९९ सेप्टेम्बर ८ मा वुवा लखविन्दर सिंह र आमा किरतबाट पन्जाबको चाकखेवा गाउँमा भएको हो । वुवा किशान हुन् । घरमा एउटा टिभी थियो । जव भारतको खेल हुन्थ्यो उनका बुबा खेल हेरेर बसि राखेका हुन्थे । गिलले सचिन तेन्दुलकर र राहुल द्रविडको खेल टिभीमै हेरेर हुर्किए ।

लखविन्दर क्रिकेटर बन्न चाहन्थे । तर उनले त्यो अवसर कहिल्यै पाएनन् । त्यसैले उनले छोरालाई क्रिकेटर बनाउन चाहन्थे । त्यसैले तीन वर्षकै उमेरमा छोरालई ब्याट किन्दिए । तर त्यो ब्याट ठूलो हुँदा उठाउन सकेनन् । त्यसैले हजुरबुबा दिलदारसिंहले गिललाई सानो ब्याट गर्दिए ।

उनका बुबामा क्रिकेट प्रतिकतिसम्म नशा थियो भने खेती गर्ने खेतमै एउटा पिच गर्दिए । उनले छोरालाई त्यहिँ अभ्यास गराउन थाले । उनले गाउँभरका तीव्र गतिका बलरलाई जम्मा गरेर छोरालाई ब्याटिङ गराउँथे । छोरालाई एक स्टम्पले ब्याटिङ गराउन लगाउँथे । जसले आफ्नो छोरालाई आउट गर्न सक्छ उनलाई एक सय रुपैयाँ दिन्थे । गाउँभरका बलरलाई गिललाई आउट गर्न मुश्किल पर्दथ्यो ।

छोरालाई क्रिकेटर बनाउन गाउँ नै छाड्ने निर्णय

गिल यसरी सिक्दा झन् झन् राम्रो भए । गिलको ब्याटिङ देखेर त्यहाँबाट सर्ने निणर्य लिए । किनभने त्यहाँ नजिक कुनैपनि एकेडेमी थिएनन् । त्यसैले गाउँबाट तीन सय किलोमिटर टाढा मोहालीमा सरे ।

मोहालीमा मनव मंगल स्मार्ट स्कुलमा भर्ना भए । त्यहाँ नजिक एकेडेमी थिएन । कक्षाका साथीसँगै मात्रै खेल्नु पर्दथ्यो । बुबाले छोरालाई एकेडेमीमा अभ्यास गराउन भनेर पन्जाब क्रिकेट एकेडेमीको साइडमा एउटा कोठा भाडामा लिए । एकेडेमी साइडको एक मैदानमा गिलले अभ्यास गर्न थाले ।

यसरी भेटिएका थिए

२००९ मा पन्जाब क्रिकेट एकेडेमीले कर्सन घावरीलाई तीव्र गतिका बलर इन्चार्जको जिम्मेवारी दियो । मुख्य उदेश्य आगमी दिनमा भारतीय टोलीबाट खेल्न सक्ने तीव्र बलरको खोजी थियो । बलरलाई विकास गर्न एउटा क्याम्प राखे । तर बलरलाई अभ्यास गराउन ब्याटर भने मिलिरहेका थिएनन् ।

एकदिन वर्षाको कारण खेल रोकिन पुग्यो । स्टेडियमको छेउको मैदानमा खेल रोकिएको थिएन । त्यो पानीमा १०–१२ वर्षीय युवा ब्याटरले ब्याटिङ गरिरहेका थिए । ती फुच्चे बालकको खेल भारतीय पूर्व क्रिकेटर समेत रहेका कर्सनले १५–२० मिनेट जति रहे । गिलले सबै सट सिधा ब्याटले खेलेका थिए । उनीबारे कर्सनले बुझ्न चाहे ।

तर गिलको बारे कसैलाई थाहा थिएनन् । मैदानको छेउमा लामो समयदेखि खेल हेरिरहेका एक व्यक्तिमा नजर गर्यो । ती खुब चाखले ब्याटिङ हेरेका थिए । ती अरु नभएर गिलका बुबा नै थिए ।

कर्सनले उनैसँग बुझे । अर्को दिन स्टेडियम लिएर आउन भने । क्याम्पमा १८/१९ वर्षका बलर थिए । ११–१२ वर्षका गिलले नडराई सन्दीप शर्मालाई सिधै कभर ड्राइभ हाने । त्यो क्याप्प तीव्र गतिका बलरलाई खोज्ने थियो । तर भेटिए ब्याटर गिल । उनी पन्जाबको यू–१४ टोलीमा थिएनन् ।

कर्सनले तुरुन्त उनलाई टिममा राख्न आग्रह गरे । त्यसपछि उनले कहिल्यै पछि फर्केर हेर्नु परेन । उनले लगातार उत्कृष्ट प्रदर्शन गरे । गिलले विजय मर्चेन्ट ट्रफीमा २०१४ मा ३ सय ५१ रनको इनिङ खेलेका थिए । २०१६ मा भारतले उनलाई यू–१९ एसिया कपको लागि टोलीमा राखेको थियो ।

गिलले २०१६/१७ मा विजय हजारे ट्रफीमा विदर्भविरुद्ध पन्जाबबाट लिष्ट ए मा डेब्यू गरेका थिए । २०१७/१८ को रणजी सिजनमा उनले डेब्यू गरे । २०१८ को यू१९ विश्वकपमा उनी भारतका उप–कप्तान थिए ।

यू–१९ विश्वकपका सर्वोत्कृष्ट

भारतले २०१८ को यु–१९ विश्वकप फाइनलमा अष्ट्रेलियालाई ८ विकेटले हराउँदै उपाधि जितेको थियो । सेमिफाइनलमा पाकिस्तानलाई हराउन गिलले १ सय २ रनको अविजित शतकीय इनिङ खेलेका थिए । पृथ्वी शा को कप्तानीमा भारतले उक्त विश्वकप जितेको थियो । विश्वकप भर सानदार प्रदर्शन गरेका गिल प्रतियोगिता सर्वोत्कृष्ट खेलाडी चुनिए ।

विश्वकपपछि कोलकाता नाइट राइडर्सले आइपिएल अक्सनमा १ करोड ८० लाख भारुमा किनेको थियो । २०२२ मा गिललाई गुजरातले ८ करोड भारुमा अनुबन्ध गर्यो । गुजरात टाइटन्सलाई उपाधि जिताउन गिलले सानदार प्रदर्शन गरेका थिए । उनले १६ खेलमा ४ सय ८३ रन बनाएका थिए । गिलले पन्जाब किंग्सविरुद्ध ९६ रनको उत्कृष्ट इनिङ खेलेका थिए । २०१९ मा गिलले कोलकाताबाट २ सय ९६ रन बनाउँदै इमर्जिङ प्लेयर चुनिएका थिए ।

गिल भारतका टेस्टमा पनि पहिलो रोजाईमा खेल्दै आएका छन् । १३ टेस्ट खेलमा एक शतक र चार अर्धशतकसहित ७ सय ३६ रन बनाएका छन् । गतवर्ष ब्रिसबेनमा अष्ट्रेलियालाई तीन विकेटले हराउन गिलले ९१ रनको उत्कृष्ट इनिङ खेलेका थिए । गत डिसेम्बरमा बंगलादेशविरुद्ध पहिलो टेस्ट खेलमा १ सय १० रनको शतकीय इनिङ खेलेका थिए ।

गिलले अन्तर्राष्ट्रिय क्रिकेटमा जुन प्रदर्शन गरेका त्यसले लामो समय सम्म विश्व क्रिकेटमा सानदार प्रदर्शन गर्नेछन् । त्यसको लागि फिटनेश, अनुशान र मिहिनेतलाई भने जारी राख्नुपर्छ । अर्कोतर्फ भारतीय क्रिकेटमा उच्च प्रतिस्पर्धा हुँदा एक पटक बाहिरिएपछि पुन फर्किन कठिन छ ।

गिलले जसरी प्रदर्शन गर्दै आएका छन् त्यसले भने आगामी दिनमा उनी ठूला स्टार बन्ने सम्भावना देखाउँछ । उनले भारत मात्रै नभएर विश्व क्रिकेटमै लामो समयसम्म राज र प्रभाव जमाउन सक्छन् ।

एजेन्सीको सहयोगमा भूपेन्द्र जिसीको प्रस्तुति

December 8, 2023

राजबिराज च्याम्पसलाई उपाधि, विवेककी बहिनी साक्षी सर्वोत्कृष्ट

काठमाडौं (हाम्रो खेलकुद) – जिल्ला स्तरीय महिला क्रिकेट छनोट प्रतियोगिताको उपाधी राजबिराज च्याम्पसले खडक क्विनलाई ६ विकेटले पराजित गर्दै जितेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको खडकले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाउँदै ९५ रन बनाएको थियो । खडकका लागि मन्जु रामले १५ रनको योगदान दिइन् । राजबिराजका साक्षी यादवले ४ ओभरमा १७ […]

December 8, 2023

नमुना मैदानमा चार टोलीबीच भिजिट भरतपुर टि२० सिरिज हुने

काठमाडौं (हाम्रो खेलकुद) – चितवन जिल्ला क्रिकेट संघको आयोजनामा चार जिल्ला सम्मिलित भिजिट भरतपुर २०२४ टि२० क्रिकेट सिरिज हुने भएको छ। जिल्ला क्रिकेट संघ चितवनले नारायणगढमा पत्रकार सम्मेलन गरी निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा मंसिर २४ देखी २७ गतेसम्म प्रतियोगिता आयोजना गर्ने जानकारी दिएको हो । प्रतियोगितामा चितवन, नवलपुर, मकवानपुर र पर्सा […]

December 8, 2023

नेपाल पाकिस्तानसँग पराजित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एसिसी यू१९ एसिया कपको पहिलो खेलमा पाकिस्तानसँग ७ विकेटले पराजित भएको छ । जितको लागि १ सय ५३ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले २६.२ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । पाकिस्तानको जितमा आजन आविस ६२ बलमा ८ चौकासहित ५६ रनमा अविजित रहे । कप्तान साद बेग ५६ बलमा ५ […]

Success

Thank you for your time.