3 years ago
January 25, 2023
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गतको छानविन कार्यदलले नेपाल टि२० लिग आयोजनामा साझेदार विदेशी कम्पनीसँगै सम्झौता गर्दा नियम पालना नगरेको निष्कर्ष निकालेपछि नेपाल क्रिकेट संघ(क्यान) लाई निलम्बन गर्न सक्ने जनाएको छ ।

नेपाल टि२० लिगमा फिक्सिङदेखि विवादै विवाद भएपछि छानविन कार्यदलले बुधबार सदस्य सचिव टंकलाल घिसिङलाई प्रतिवेदन बुझाएको छ । कमजोर व्यवस्थापन, म्याच फिक्सिङ, स्पट फिक्सिङको आशंकामा टि २० विवादमा परेपछि राखेपले पुष २० गते कुवँरको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो । उक्त समितिले बुधबार राखेप सदस्य सचिव टंकलाल घिसिङलाई चार बुदे प्रतिवेदन सुझाव गरेको छ ।
प्रतिवेदनको पहिलो बुँदामा नेपाल क्रिकेट संघका सरोकार पक्षहरुबाट नेपाल टि२० लिग आयोजनाको क्रममा साझेदार विदेशी कम्पनीसँगको सम्झौता लगायतका बिषमा प्रचलित ऐन, नियम तथा राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २८ मा भएको शर्त र दफा ४४ को उपदफा (२) मा भएको व्यवस्थाको पालना भएको नदेखिएकोले सम्बन्धित पक्षलाई राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २९ मा भएको व्यवस्था आकर्षित हुने ठहर जनाएको छ ।
खेलकुद विकास ऐन २०७७ को दफा २९ अनुसार कुनैपनि संघले परिषद्लो दिएको निर्देशन पालना नगरेमा त्यस्तो संघलाई राखेपले तीन महिनासम्म निलम्बन गर्न सक्ने बताइएको छ । त्यसैले राखेपले क्यानलाई निलम्बन गर्न सक्ने देखिएको हो । तर विगतमा राखेपले क्यानमा हस्तक्षेप गरेपछि क्यान आइसीसीबाट निलम्बनमा परेको थियो ।
त्यस्तै छानविन समितिले प्रचलित ऐन, नियम बमोजिम प्रक्रिया नपुर्याई गरिएको नेपाल टि२० लिग सम्बन्धी सम्झौता तत्काल खारेज गर्न बाञ्छनीय भएको ठहर गरेको छ । प्रतियोगितामा शंकास्पद एवं अस्वभाविक गतिविधिका कारण फिक्सिङ हुने सम्भावनाका बिषयमा अनुसन्धान गर्ने आधिकारिक निकाय नेपाल प्रहरीको(सिआईबी) बाट भईरहेको अनुसन्धानबाट प्राप्त निष्कर्षको आधारमा दोषी माथि प्रचलित कानून एवं राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा ३३ बमोजिम हुने कारवाहीमा अवश्यक सहयोग पुर्याउन पनि भनेको छ ।
त्यस्तै कार्यदलको प्रतिवेदन माथि सरोकारवाला निकाय एवं अन्तर्राष्ट्रिय क्रिकेट परिषद्(आइसिसी) संग आवश्यक छलफल र समन्वय गर्न सकिने जनाएको छ ।
नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सिआईबी) ले नेपाल टि२० लिगमा चार नेपालीसहित कुल १० जना संलग्न रहेको जनाएको थियो । दुई खेलाडी र ८ अन्य रहेका थिए । दुई मध्य एक नेपाली खेलाडी थिए ।
फिक्सिङको आरोपमा सिआईबीले आदिल आलम र पूर्व क्रिकेटर महबुब आलमलाई प्रकाउ गरिसकेको छ । सोमबारदेखि नै लागु हुनेगरि जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको लागि म्याद थप गरिएको छ । महबुब आलमले सिनियर टोलीबाट खेलेका दुई खेलाडीलाई प्रस्ताव गरेका थिए । सिआईबीका अनुसार आदिललाई एउटा नो बल र अर्को वाइड फ्याँक्न नै प्रस्ताव आएको थियो । आदिलले त्यसै अनुसार मैदानमा नो र वाइड पनि फ्याँकेका थिए । कुल पाँच खेलाडीलाई फिक्सिङको प्रस्ताव आउँदा तीन जनाले अस्वीकार गर्दै आइसिसीको एन्टि करप्सन युनिटलाई रिपोर्ट गरेका थिए ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपाल टि २० लिग पुष ९ गतेदेखि २७ गतेसम्म सञ्चालन भएको थियो । पहिलो पटक आफैले आयोजना गरेको नेपाल टि २० लिगका लागि क्यानले सेभन थ्री स्पोर्टससँग कर्मसियल एन्ड स्ट्र्याटिजिक पार्टरका रुपमा सम्झौता गरेको थियो । सेभेन थ्रीसँग ८ वर्षका लागि ३३ करोड रुपैयाँमा बेचेको थियो । तर आयोजक सेभेन थ्रिका संस्थापक जतिन भने बीचमै भागेर भारत गएका थिए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]