3 years ago
January 26, 2023
काठमाडौं (हाम्रो खेलकुद) – युवा ओपनर आसिफ शेखले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को स्पिरिट अफ क्रिकेट अवार्ड जित्न पाउँदा खुशी लागेको बताएका छन् । गतवर्ष ओमानमा आयरल्यान्डविरुद्ध टि२० आई खेलमा एन्डी म्याकबर्नी रन लिनेक्रममा लड्न पुगेपछि रन आउट नगरेको कारण आइसिसीले आसिफलाई स्पिरिट क्रिकेट अवार्ड २०२२ प्रदान गरेको छ ।

‘अवार्ड मैले जित्न पाउँदा एकदमै खुशी लागेको छ । त्यो क्षण पनि एकदमै अपेक्षा भन्दा बाहिर थियो । त्यस्तो अपेक्षा पनि गरेका थिएनौं । उक्त अवार्ड जित्दा खुशी नै लागेको छ । देशको लागि प्रतिनिधित्व गरेर राम्रो गर्न पाएँ’, आसिफले अवार्ड जितेपछि हाम्रो खेलकुदसँग भने ।
‘त्यो क्षण अहिले पनि सम्झदा कसरी र के भयो कुनै थाहा नै छैन । त्यो क्लियर देखिएको थियो । जव त्यो भएपछि पुरै नेपाली टिमलाई नै गर्व महसुस भएको थियो’, आसिफले उक्त क्षण सम्झदै भने ।
आसिफले चाहेको भए उनलाई सहजै रन आउट गर्न सक्थे । किनभने ब्याटरले रन पुरा गर्ने आशा नै मारेर दौडन छाडिसकेका थिए । तर आसिफले रन आउट गरेनन् । आसिफलाई तत्कालिन कप्तान सन्दीपले पनि रन आउट नगर्न भनेका थिए ।
‘सन्दीपले पनि मलाई भनेको थिए । त्यहाँ नजिकै उनीले फिल्डिङ गरेका थिए । सन्दीपले पनि मलाई हैन नगर-नगर भने । मैले पनि गरिन’, आसिफले भने ।

पछिल्लो समय विशेषगरि युवा खेलाडीमा खेल भावना तुलनात्मक रुपमा कम देखिन्छ । आसिफले जुन निर्णय लिए त्यो युवा पुस्ताको लागि प्रेरणादायी थियो ।
‘हामी क्रिकेटमा पहिलादेखि नै स्पिरिट अफ गेम भन्दै आएका छौं । यसले पनि एउटा उदाहरण प्रस्तुत गर्छ होला । यस्तो आगमी दिनमा पनि हामी देख्न सक्छौं भन्ने आशा गर्छौं’, उनले भने ।
गतवर्ष आसिफले त्यस समयमा ब्याटरको गल्ती नभएको बताएका थिए । ‘त्यो कस्तो भयो भने ब्याटर आफ्नो लाइनमा कुदिरहेको थियो । बलर क्रस गरेर बाहिर गयो । त्यो ब्याटरको गल्ती पनि थिएन । उ आफ्नो लाइनमा दौडिएको थियो । बलरले गर्दा ठोकियो । त्यसले गर्दा हामीले आउट गरेनौं’, आसिफले उक्त खेलपछि भनेका थिए ।
त्यसैमा उनले थपेका थिए ‘किनभने ब्याटर सिधा आफ्नो लाइनमा जहाँ कुद्नु पर्ने थियो त्यहाँ कुदेको थियो । उ लाइनमै थियो । कसैले जानेर गरेको होईन । बलर त्यतिकै गएर ठोकियो । त्यहि भएर रन आउट नगरेको हो ।’

आसिफ खेलाडीको रुपमा आइसिसीको वार्षिक अवार्ड जित्ने पहिलो नेपाली क्रिकेटर हुन् । गतवर्ष सन्दीपले सेप्टेम्बर महिना प्लेयर अफ द मन्थ अवार्ड जितेका थिए ।
पारस २०२० मा आइसिसीको एसोसियटका दशकका उत्कृष्ट खेलाडीको मनोनयमा परेपनि उक्त अवार्ड स्कटल्यान्डका काइल कोट्जरले जितेका थिए । नेपालका फोटो पत्रकार सुदर्शन रञ्जितले फोटो अफ द इयर एसिया रिजन २००७ र आइसिसी डेभलपमेन्ट अवार्ड २००७ जितेका थिए ।
यस्तो थियो उक्त घटना
गतवर्ष नेपाल आयरल्यान्डसँग १६ रनले पराजित भएपनि आसिफको उक्त निर्णयले विश्वभरबाट सबैको मन जितेको थियो । विश्वभरका चर्चित मिडियाले खुलेर प्रशंसा गरेका थिए । गतवर्ष अल अमरेत क्रिकेट मैदानमा टेस्ट टोली आयरल्यान्ड १८ ओभरमा ११३-८ को दयनीय अवस्थामा थियो । कमलसिंह ऐरीको १९ औं ओभरको तेस्रो बलमा मार्क आदिरले एक रन लिनेक्रममा नन स्ट्राइकबाट दौडिएका एन्डी म्याकबर्नी भने कमलसँग अल्झिएर लड्न पुगेका थिए ।
कमल मिडविकेटमा गएको बल लिनेक्रममा उनीसँग ठोक्किन पुगेका थिए । उनी पुनः उठेर क्रिजतर्फ दौडे । क्रिजको मध्य भागमा लडेका उनलाई रन आउटको लागि कमलले आसिफलाई बल दिए । आसिफले चाहेँको भए सहजै रन आउट गर्न सक्थे । म्याकबर्नी क्रिजको रेखा भन्दा धेरै टाढा थिए । रन पूरा गर्ने आशामा दौडिन छाडि सकेका थिए । उनलाई आफू रन आउट हुने थाहा भई सकेको थियो । तर सबैलाई आश्चर्य पार्दै आसिफले बल स्टम्प नजिक लगेपनि रन आउट भने गरेनन् ।
कमलले बल लिन जाँदा रनरको कुद्ने क्षेत्रमा जुध्न पुगेका थिए । त्यसपछि म्याकबर्नीलाई आसिफले हाँस्दै सम्झाएका थिए । अर्को बलमा म्याकबर्नीले लङअनमा सानदार छक्का प्रहार गरेका थिए । म्याकबर्नीले ७ बलमा महत्वपूर्ण ११ रन जोडेका थिए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]