default_image

1 year ago

January 27, 2023

‘हाम्रो सोच गलत थिएन, नजानेर गल्ती भयो’ – क्यान

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल टि२० लिगमा आफ्नो सोच गलत नभएपनि जानी नजानी गल्ती भएको स्वीकार गरेको छ । प्रतियोगिताको सुरुवातदेखिनै सामना गरेको विवाद, आलोचना र स्पट फिक्सिङबारे आफ्नो जवाफ दिँदै क्यानले आफूहरुबाट जानी नजानी गल्ती भएको जनाएको छ । विहीबार काठमाडौंमा एक पत्रकार सम्मेलन गर्दै क्यानले विभिन्न कुरामा आफ्नो […]

98 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल टि२० लिगमा आफ्नो सोच गलत नभएपनि जानी नजानी गल्ती भएको स्वीकार गरेको छ । प्रतियोगिताको सुरुवातदेखिनै सामना गरेको विवाद, आलोचना र स्पट फिक्सिङबारे आफ्नो जवाफ दिँदै क्यानले आफूहरुबाट जानी नजानी गल्ती भएको जनाएको छ ।

विहीबार काठमाडौंमा एक पत्रकार सम्मेलन गर्दै क्यानले विभिन्न कुरामा आफ्नो प्रतिक्रिया दिएको छ । ‘स्पट फिक्सिङको कुरा गर्दा एन्टी करप्सन युनिट (एसियु) ले संकास्पद कुरा आईसिसीलाई रिपोर्ट गरेको थियो । त्यसैको अवस्थाबाट क्यान र गर्भनिङ काउन्सिले सम्बन्धित टिमलाई भनेर हटाएको पनि थियो । यस्तो कुरा खेलमा आउँदा लिग नै समाप्त हुने र असुरक्षा बढ्ने सम्भावना थियो । एन्टी करप्सन र सिआईबी बाहेक अन्य कसैलाई नभन्नु थियो’, चन्दले फिक्सिङ बारे भने ।

‘लिगलाई अन्तिम सम्म गर्नको लागि र लिग अन्त्य भएपछि मात्रै सार्वजनिक गर्न मिल्थ्यो । लिगलाई फाइनलसम्म पुर्याउन क्यानले त्यस्तो गरेको हो । त्यसैले केहि त्रुटि भएको होला त्यसको लागि माफी चाहन्छौं’, फिक्सिङ भएको होईन भन्ने विज्ञप्ति बारे चन्दले स्पष्ट पारे ।

क्यानले कर्मसियल तथा रणनीतिक साझेदार सेभेन थ्रि स्पोर्ट्सलाई ८ वर्षका लागि ३३ करोडमा बेचेको थियो । तर फिक्सिङमा सेभेन थ्रिका प्रमुख जतिन अहलुवालियाकै प्रमुख हात रहेको बताएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सेभेन थ्रीसँग सम्झौता तत्काल खारेज गर्न आदेश दिएको छ ।

सेभेन थ्रि हाल सिआईबी र राखेपको अनुसन्धानमा तानिएको छ । सिआइबीले त मिलेमतोमा संलग्नता रहेकै आरोप लगाइसकेको छ । ‘राखेपले पनि सम्झौता टुङ्गाउनुपर्छ भनेर भनेको छ । हामीलाई आधिकारीक रुपमा आएको छैन । नेपालको नियम अनुसार क्यान अघि बढ्छ’, सेभेन थ्रीसँगको सम्झौता बारे उनले भने ।

चन्दले क्यानका कुनैपनि व्यक्ति म्याच फिक्सिङ वा स्पट फिक्सिङ गरेको भए कानुन अनुसार कारबाही गर्ने बताए । ‘हामी खेलाडीलाई ५, १० र १५ लाख दिन खोज्यौं । तर ति खेलाडी लोभले लाभ भए । लाभले बिलाप भए । त्यस्तो काममा कोहि बाचेको छ भने क्यानले कसैलाई साथ दिन्न’, चन्दले भने ।

‘काम गर्दै जादा केहि कमीकमजोरी भएको होला । राखेप २०७७ को ऐनको हामीलाई जानकार नभए गरेका हौं । सरकारको अनुमति भएपछि कुनैपनि काम हामीले गरेनौं । जवसम्म हामीलाई राखेपले तिमी लिग सञ्चालन गर भनेपछि सम्झौता सच्चाएर अघि बढेका हौं । सरकारले चिठ्ठी दिएपछि मात्रै हामी अघि बढेका हौं’, नियम अनुसार सम्झौता बारे भने ।

राखेपको प्रतिवेदनमा नियमविपरित गरेको भन्दै निलम्बन गर्न सक्ने जनाएको छ । चन्दले निलम्बन हुँदा अवस्था के हुन्छ देखि सकेको बताए ।

‘वहाँहरु के चाहनुहुन्छ । क्यान निलम्बन २०१५ मा सबैले भोगि सकेको अवस्था हो । नेपाली क्रिकेटलाई धरासयी बनाउन चाहनुहुन्छ कि जानी नजानी त्रुटि भयो । सबै मिलेर फेरि एक पटक पुरानो अवस्थामा पुर्याउनु हुन्छ । म अनुरोध गर्न चाहन्छु । यो क्यान आइसिसीबाट निर्वाचित भएको हो । आइसिसीले आएर चुनाव गरेको हो चार वर्षको लागि । बोर्डले चाह्यो भने हामी ६ महिना पहिला चुनाव गर्न सक्छौं’, उनले भने ।

‘निर्वाचित कमिटीलाई हटाउने भनेको निर्वाचित कमिटीनै हो । काम गर्दा नजानेर गल्ती भयो । हाम्रो खराब सोच थिएन । राखेपले पत्र हुँदै होईन भनेको छ । ल हामी त्यसमा जादै नजाउ । त्यो पुष्टि त गर्ला नि । पुरानै अवस्थामै चाहनुहुन्छ । काम गर्दै जादा यसका धेरै नकरात्मक पक्ष मात्रै बाहिर आए । स्पट फिक्सिङले गर्दा धेरै कुरा बिग्रियो’, उनले भने ।

‘विदेशी खेलाडी पाँच गते आइसके । लिग ७ गते गर्नुपर्ने । हामी नियमित आइसिसीको सम्पर्कमा छौं । लिग सार्नु भनेको १३ देशमा र आइसिसी रिपोर्ट गरेर नेपाली क्रिकेट झनै बदनाम हुन्छ । श्रम स्वीकृतिको कुरामा हामीले सोधेर गरेका हौं । प्रक्रियागत रुपमा विभिन्न कारणले कागज पुग्न ढिलो भयो । यसमा मलाई लाग्छ लिग नै रोक्न सक्ने अवस्था थिएन । किनभने अहिले भन्दा बढी नेपाली क्रिकेटको बदनाम हुन्थ्यो’, उनले भने ।

‘नेपाल टि२० लिग एउटा राम्रो प्राजेक्ट थियो । खेलाडीले एउटा लिग खेलेर १५ लाख सम्म पाउन सक्छन् । क्यानले पनि धेरै थोरै आर्थिक लाभ लिन सक्छ भन्ने सोचले गरेका थियौं । यसलाई गलत सोच भन्दैन । सम्पन्न भएको १५ दिन पनि भयो । क्यानले आफैंले गरेको पहिलो प्रयास थियो । काम गर्दै जादा पक्कैपनि कमीकमजोरी भएको छ । जानी जानी कुनै गल्ती गरिएको छ । प्रक्रियागत र साझेदार कम्पनीले गर्दा पनि कमी कमजोरी भयो’, उनले भने ।

April 28, 2024

राजस्थानको लखनऊविरुद्ध सहज जित

एजेन्सी – जारी इंडियन प्रिमियर लिग (आईपिएल) को शीर्ष स्थानमा रहेको राजस्थान रोयल्सले अंकदूरी बढाएको छ । नवौं खेलमा आठौ जित दर्ता गर्ने क्रममा राजस्थानले लखनऊ सुपर जाएन्ट्स माथि ७ विकेटको सहज जित दर्ता गरेको हो । लखनऊले दिएको १९७ रनको लक्ष्य पछ्याएको राजस्थानले ६ बल बाँकी छँदै लक्ष्य ३ विकेट मात्र गुमाएर भेटायो । […]

April 27, 2024

रोहितको शतकसँगै केल्मीको विश्वकप जर्सीमा विशेष अफर

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ए विरुद्ध टि२० सिरिजको पहिलो खेलमा नेपाललाई जित दिलाउन कप्तान रोहित कुमार पौडेलले शतक प्रहार गरे । नेपालको राष्ट्रिय क्रिकेट टोलीको किट निर्माणकर्ता केल्मीले रोहितको शतकको अवसरमा समर्थकहरुलाई विशेष अफर ल्याएको छ । रोहितले १ सय १२ रनको सानदार इनिङ खेलेपछि केल्मीले विश्वकप जर्सीको प्रि-अर्डरमा १ सय १२ रुपैयाँ […]

April 27, 2024

दिल्लीद्वारा मुम्बई पराजित

एजेन्सी – रनको भारी वर्षा भएको इंडियन प्रिमियर लिग (आईपिएल) अन्तर्गतको खेलमा दिल्ली क्यापिटल्सले मुम्बई इण्डियन्स माथि जित दर्ता गरेको छ । घरेलु मैदानमा भएको खेलमा दिल्लीले १० रनको जित निकालेको हो । दिल्लीले दिएको २५८ रनको विशाल लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ९ विकेट गुमाएर २४७ रन मात्र बनाउन सक्यो । मुम्बईका लागि तिलक […]

Success

Thank you for your time.