3 years ago
January 27, 2023
काठमाडौं (हाम्रो खेलकुद) – एसियन क्रिकेट काउन्सिल (एसिसी) ले नेपाललाई एकदिवसीय प्रिमियर कप आयोजना गर्न प्रस्ताव गरेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बिहीबार पत्रकार सम्मेलनमा उक्त जानकारी दिएका हुन् ।

‘त्रुटि भएको कुरालाई सच्चाउने मौका दिने कि फेरि ओरालोतिर लाने भन्ने हो । नेपाली क्रिकेट निलम्बनतिर नजाउस् । ब्यक्ति वहाँ ठूलो होईन । हामी नेपाली क्रिकेटलाई फेरि लयमा ल्याउन आइसिसी विश्वकप लिग–२ को दुई सिरिज र एसिसी प्रिमियर कप अप्रिल ८ देखि गर्न हामीलाई प्रस्ताव गरेको छ । यो नेपालमा क्रिकेट फर्काउन हो । टि२० लिगमा स्पट फिक्सिङको कारण नेपाली क्रिकेट समाप्त हुँदैन’, चन्दले भने ।
एसिसीले प्रिमियर कप पहिलो पटक गर्न लागेको हो । यसअघि इस्टर्न र वेस्टर्न रिजन हुँदै छनोट गरेपनि यस पटक प्रिमियर कप गर्न लागेको छ । १० टोली सहभागी प्रतियोगिता विजेता टोलीले सेप्टेम्बरमा हुने एसिया कप खेल्न पाउनेछ ।
प्रिमियर कपमा समूह ए मा नेपाल, युएई, कुवेत, कतार र छनोटबाट आउने एक टोली हुनेछन् । समूह बी मा ओमान, हङकङ, सिंगापुर, मलेसिया र छनोटबाट आउने एक टोली हुनेछन् । सेमिफाइनल हुँदै फाइनलको विजेताले एसिया कप खेल्न पाउनेछ । यस प्रतियोगिता शीर्ष तीन टोलीले इमर्जिङ टिम्स एसिया कप पनि खेल्न पाउनेछन् । एसिया कपमा छनोट हुने टोलीले भारत र पाकिस्तानसँग खेल्नेछ । अर्को समूहमा श्रीलंका, बंगलादेश र अफगानिस्तान छन् ।

नेपालले एसिसीको प्रतियोगिता अन्तिम पटक २०१३ मा एसिसी टि२० कप आयोजना गरेको थियो । मार्च अन्तिम देखि अप्रिलसम्म भएको उक्त प्रतियोगिता उपाधि अफगानिस्तानले जितेको थियो । नेपाललाई ७ विकेटले हराउँदै अफगानिस्तानले उक्त उपाधि जितेको थियो ।
त्यसपछि नेपालले ठूला प्रतियोगिता आयोजना गरेको छैन । आइसिसीको प्रतियोगिता रुपमा नेपालले २०१० मा डिभिजन फाइभ आयोजना गर्दै उपाधि जितेको थियो । तर आइसिसीको विश्व क्रिकेट लिग च्याम्पियन्ससिप अन्तर्गत केन्या र नामिबियासँग सिरिज खेलेको थियो । आइसिसी विश्वकप लिग–२ का त्रिकोणात्मक सिरिज, त्रिकोणात्मक टि२० आई सिरिज र द्विपक्षीय सिरिज भने लगातार आयोजना गर्दै आएको छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]