default_image

1 year ago

January 27, 2023

नेपाल आउने स्कटल्यान्डको टोलीमा दुई नयाँ अनुहार

काठमाडौं (हाम्रो खेलकुद) – स्कटल्यान्डले दुई नयाँ अनुहार समेट्दै आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज खेल्न नेपाल आउने टोली घोषणा गरेको छ । आइसिसी विश्वकप लिग–२ को च्याम्पियन पक्काजस्तै बन्दा स्कटल्यान्डले दुई नयाँ खेलाडीलाई मौका दिएको हो । स्कटल्यान्डले युवा स्टार ज्याक जार्विसलाई पहिलो पटक समेटेको छ । उनले यू-१९ क्रिकेट प्रतियोगितामा सानदार प्रदर्शन गर्दै […]

126 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – स्कटल्यान्डले दुई नयाँ अनुहार समेट्दै आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज खेल्न नेपाल आउने टोली घोषणा गरेको छ । आइसिसी विश्वकप लिग–२ को च्याम्पियन पक्काजस्तै बन्दा स्कटल्यान्डले दुई नयाँ खेलाडीलाई मौका दिएको हो ।

स्कटल्यान्डले युवा स्टार ज्याक जार्विसलाई पहिलो पटक समेटेको छ । उनले यू-१९ क्रिकेट प्रतियोगितामा सानदार प्रदर्शन गर्दै आएका छन् । तीव्र गतिमा बलिङ गर्ने उनले मध्यक्रममा राम्रो प्रदर्शन गर्नेछ । २०२२ को यू–१९ विश्वकपमा सानदार प्रदर्शन गर्नेक्रममा उनले ५ खेलमा १ सय ५९ रन बनाउनुको साथै ७ विकेट लिएका थिए । उनले क्याम्पमा लगातार राम्रो प्रदर्शन गरेपछि मौका दिएको हो ।

त्यस्तै २१ वर्षीय तीव्र गतिका बलर लियाम नेलरलाई पनि मौका दिएको छ । उनलाई क्षमता विकाश गर्नको लागि नेपाल ल्याउने छ । लियामले गत वर्ष राम्रो प्रभाव छाडेका थिए । ‘उनीसँग उच्च स्तरमा खेल्ने क्षमता छ । हामीलाई लाग्छ की उनलाई विकासात्मक भूमिकामा यसरी यात्रामा लैजादा बहुमूल्य ज्ञान प्राप्त गर्नेछन्’, स्कटल्यान्डका प्रशिक्षक शेन बर्गरले भनेका छन् ।

स्कटल्यान्ड फेब्रुअरी ८ मा नेपाल आउनेछ । फेब्रअरी २३ मा फर्किनेछ । सिरिज फेब्रुअरी १४ देखि सुरु हुनेछ । स्कटल्यान्डको यो अन्तिम लिग हो । नेपाल, नामिबिया र स्कटल्यान्डबीच त्रिकोणात्मक ओडिआई सिरिज हुनेछ ।

स्कटल्यान्ड ३२ खेलमा २२ मा जित र ८ मा हारसहित ४६ अंकका साथ शीर्ष स्थानमा छ । स्कटल्यान्ड शीर्ष स्थानमा रहँदै च्याम्पियन बन्नुको साथै सोझै एकदिवसीय विश्वकप ग्लोबल छनोटमा पुगि सकेको छ । अव बाँकी दुई टोलीले सोझै विश्वकपमा स्थान बनाउनेछन् । नेपालले भने शीर्ष तीनमा स्थान बनाउन बाँकी सबै खेल जित्नुपर्ने हुन्छ ।

नेपाल २४ खेलमा ८ मा जित र १४ मा हारका साथ १८ अंक जोड्दै छैटौं स्थानमा छ । नामिबिया ३० खेलमा १८ मा जित र ११ मा हारसहित ३७ अंक जोड्दै तेस्रो स्थानमा छ । नेपालले भने हालसम्म आफ्नो टोली घोषणा गर्न सकेको छैन । शुक्रबार वा शनिबार घोषणा गर्ने सम्भावना छ ।

स्कटल्यान्डको टोली :

रिची बेरिंगटन (कप्तान), काइल कोट्जर, म्याट क्रस (उप-कप्तान), क्रिस ग्रेभ्ब्स, ज्याक जार्विस, माइकल लिस्क, टम म्याकिन्टोस, क्रिस म्याकब्राइड, ब्रेन्डन म्याकुलम, जर्ज मुन्शे, लियाम नेलर (विकासको लागि लिएको खेलाडी), शफ्यान शरिफ, क्रिस सोले, हम्जा ताहिर, मार्क वाट् ।

April 28, 2024

राजस्थानको लखनऊविरुद्ध सहज जित

एजेन्सी – जारी इंडियन प्रिमियर लिग (आईपिएल) को शीर्ष स्थानमा रहेको राजस्थान रोयल्सले अंकदूरी बढाएको छ । नवौं खेलमा आठौ जित दर्ता गर्ने क्रममा राजस्थानले लखनऊ सुपर जाएन्ट्स माथि ७ विकेटको सहज जित दर्ता गरेको हो । लखनऊले दिएको १९७ रनको लक्ष्य पछ्याएको राजस्थानले ६ बल बाँकी छँदै लक्ष्य ३ विकेट मात्र गुमाएर भेटायो । […]

April 27, 2024

रोहितको शतकसँगै केल्मीको विश्वकप जर्सीमा विशेष अफर

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ए विरुद्ध टि२० सिरिजको पहिलो खेलमा नेपाललाई जित दिलाउन कप्तान रोहित कुमार पौडेलले शतक प्रहार गरे । नेपालको राष्ट्रिय क्रिकेट टोलीको किट निर्माणकर्ता केल्मीले रोहितको शतकको अवसरमा समर्थकहरुलाई विशेष अफर ल्याएको छ । रोहितले १ सय १२ रनको सानदार इनिङ खेलेपछि केल्मीले विश्वकप जर्सीको प्रि-अर्डरमा १ सय १२ रुपैयाँ […]

April 27, 2024

दिल्लीद्वारा मुम्बई पराजित

एजेन्सी – रनको भारी वर्षा भएको इंडियन प्रिमियर लिग (आईपिएल) अन्तर्गतको खेलमा दिल्ली क्यापिटल्सले मुम्बई इण्डियन्स माथि जित दर्ता गरेको छ । घरेलु मैदानमा भएको खेलमा दिल्लीले १० रनको जित निकालेको हो । दिल्लीले दिएको २५८ रनको विशाल लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ९ विकेट गुमाएर २४७ रन मात्र बनाउन सक्यो । मुम्बईका लागि तिलक […]

Success

Thank you for your time.