3 years ago
January 31, 2023
एजेन्सी – विश्व क्रिकेटको सर्वाधिक धनी भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) ले वुमन्स प्रिमियर लिग (डब्लुपिएल) को फ्रेन्चाइज टोलीको सामित्व ५ हजार करोड भारुमा बेचेको छ ।

पुरुषतर्फ विश्वकै सर्वश्रेष्ठ क्रिकेट लिग इन्डियन प्रिमियर लिग (आइपिएल) स्थापना गरेको भारतले महिलातर्फ पनि नयाँ सुरुवात गर्न लागेको हो । गत बुधबार सम्पन्न बोलपत्रमा पाँच फ्रेन्चाइज टोलीले कुल झन्डै पाँच करोड भारुमा किनेका छन् । पाँच फ्रेन्चाइज टोलीको सामित्व ४६६९.९९ करोड भारुमा बिकेको छ ।
विश्व क्रिकेटमा टिम खरिद गर्न खर्चिएको रकम हेर्दा डब्लुपिएल समग्रमा दोस्रो स्थानमा छ । भारतकै आइपिएलपछि सर्वाधिक महँगो लिग बनेको डब्लुपिएलले अन्य देशको पुरुष लिगलाई पनि आर्थिक रुपमा पछि छाडेको छ । अझ डब्लुपिएलमा एसोसिएट राष्ट्रका खेलाडीका लागि समेत कोटा निर्धारण गर्नुले समग्र विश्व क्रिकेटको माहोललाई यसले टेवा पुग्न आँकलन गरिएको छ ।
अहमदाबादको आद्नी स्पोर्ट्सलाइन प्रा.ली ले १ हजार २ सय ८९ करोड भारुमा स्वामित्व किनेको छ । मुम्बई इन्डियन्सको सामित्वमा रहेको इन्डियाविन स्पोर्ट्स प्रा.लिले ९ सय १२ करोड भारु खर्चिएको थियो । आइपिएलको फ्रेन्चाइज टोली रोयल च्यालेन्जर्स स्पोर्ट्स प्रा.लीले ९ सय १ करोडमा किनेको छ ।
दिल्ली क्यापिटल्सको सामित्वमा रहेको जेएसडब्लू जिएमआरले ८ सय १० करोड भारुमा किनेको छ । काप्री ग्लोबल होल्डिङ्स प्रा.लीले ७ सय ५७ करोड भारु खर्चेर लखनउको स्वामित्व किनेको छ ।
बोलपत्रमा सर्वाधिक मूल्य लाएका यी पाँच कम्पनीले विभिन्न पाँच सहरको महिला आइपिएलको फ्रेन्चाइज सामित्व पाएका हुन् । २०२३ देखि २०२७ सम्मको लागि मिडिया अधिकार भियाकम १८ मिडिया प्रा.लीले ९ सय ५१ करोड भारुमा बचेको छ । जुन एक खेलको मूल्य ७.०९ करोड पर्न जान्छ ।
महिला आइपिएल पहिलो पटक हुन लागेको हो । एक टोलीले १८ सम्म खेलाडी राख्न पाउनेछन् । ६ विदेशी खेलाडी राख्न पाइन्छ । प्लेइङ–११ मा पाँच विदेशी र चार टेस्ट मात्रै खेलाडी खेलाउनु पर्ने हुन्छ । हरेक टोलीले न्युनतम एक जना एसोसिएट राष्ट्रका खेलाडी खेलाउनु पर्ने हुन्छ । प्रतियोगिता आगमी मार्चमा हुनेछ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]