3 years ago
January 27, 2023
एजेन्सी – मध्यक्रमका ब्याटर डर्याल मिचेलको उत्कृष्ट ब्याटिङमा न्युजिल्यान्डले पहिलो टि२० आई खेलमा घरेलु टोली भारतलाई १ सय ७७ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ । राँचीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७६ रन बनायो ।

न्युजिल्यान्डका डर्याल मिचेल ३० बलमा ३ चौका र ५ छक्कासहित ५९ रनको अविजित इनिङ खेले । मिचेलले मात्रै २६ बलमा अर्धशतक पूरा गरेका थिए । उनले अन्तिम ओभरको सुरुवाती तीन बलमा तीव्र गतिका बलर अर्शदीप सिंहलाई लगातार तीन छक्का हान्दै अर्धशतक पूरा गरेका थिए । पहिलो बल नो फ्याँलेका थिए ।
लगातार तीन छक्कापछि त्यसपछिको बलमा चौका हाने । अन्तिम ओभरको सुरुवाती तीन बलमा मात्रै २३ रन जोडेको थियो । यस ओभरमा कुल २७ रन जोड्यो । ओपनर डेभन कन्वे ३५ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ५२ रनमा आउट भए । न्युजिल्यान्डलाई युवा ओपनर फिन एलेनले आक्रामक सुरुवात दिलाएका थिए । एलेन २३ बलमा ४ चौका र २ छक्कासहित ३५ रनमा क्याच आउट भए ।
मार्क च्यापम्यान गोल्डेन डक आउट भए । वासिन्टन सुन्दरले एकै ओभरमा दुई विकेट लिएपछि न्युजिल्यान्ड केहि समस्यमा परेको थियो । ग्लेन फिलिप्स २२ बलमा १ चौकासहित १७ रनमा आउट भए । तेस्रो विकेटका लागि ग्लेन फिलिप्स र कन्वेले ६० रनको साझेदारी गरेका थिए ।
भारतका वासिन्टन सुन्दरले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । अर्शदीप सिंहले ५ ओभरमा ५१ रन खर्चेर १ विकेट लिए । शिवम माभीले २ ओभरमा १९ रन खर्चेर १ विकेट लिए । कुलदीप यादवले ४ ओभरमा २० रन खर्चेर १ विकेट लिए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]