10 months ago
January 29, 2023
काठमाडौं(हाम्रो खेलकुद) – दुई सातापछि घरेलु मैदान टियुमा आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत नामिबिया र स्कटल्यान्डसँग खेल्ने राष्ट्रिय क्रिकेट टोलीले प्रशिक्षण सुरु गरेको छ । मुख्य प्रशिक्षकको रुपमा भारतीय मोन्टी देशाई नेपाल आएसँगै आइतबारदेखि प्रशिक्षण सुरु गरेको छ। नेपालको मुख्य प्रशिक्षकमा मोन्टी देशाई नियुक्त भने हुन सकेका छैनन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) […]
काठमाडौं(हाम्रो खेलकुद) – दुई सातापछि घरेलु मैदान टियुमा आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत नामिबिया र स्कटल्यान्डसँग खेल्ने राष्ट्रिय क्रिकेट टोलीले प्रशिक्षण सुरु गरेको छ । मुख्य प्रशिक्षकको रुपमा भारतीय मोन्टी देशाई नेपाल आएसँगै आइतबारदेखि प्रशिक्षण सुरु गरेको छ।
नेपालको मुख्य प्रशिक्षकमा मोन्टी देशाई नियुक्त भने हुन सकेका छैनन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले स्वीकृति नदिँदा नियुक्त हुन सकेको छैन । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले भने मोन्टीको नाम स्वीकृति दिई सकेको छ । तर राखेपले भने स्वीकृति दिन ढिलाई गरेको छ । क्यान प्रशिक्षक छनोट समिति र कार्यसम्पादन समितिले पास गरेर गत आइतबार नै राखेपलाई मोन्टीको नाम पठाएको थियो । राखेपको स्वीकृतिपछि क्यानले मोन्टीको नाम मुख्य प्रशिक्षकको रुपमा सार्वजनिक गर्नेछ ।
मोन्टीले शनिबार दिउँसो नेपाल आएका थिए । पहिलो दिन मोन्टीले सुरुमा टियु परिक्षण गरे । त्यसपछि खेलाडीहरुसँग छोटो कुराकानी गरे । पहिलो दिन नै टोलीका केहि खेलाडीले यो यो टेस्ट गराएका छन् । ब्याटर र बलरलाई नेटमा अभ्यास गराएका थिए । विशेषगरि मोन्टीले ब्याटर र बलरलाई पहिलो दिन हेरेका छन् । मोन्टीले कप्तान रोहित पौडेलसँग केहि समय लिँदै खेलाडी र टिमबारे जानकारी लिएका थिए ।
नेपालले गत शुक्रबार २८ सदस्य टोली घोषणा गरेको थियो । उक्त टोलीबाट नेपालले दुई साता प्रशिक्षणपछि अन्तिम टोली घोषणा गर्नेछ । पछिल्लो समय मोन्टीले नेपाली क्रिकेट टोलीलाई निकै नजिकबाट निहाल्दै आएका छन् । मोन्टी २०१७ पछि नेपाल फर्किएका हुन् । २०१७ को यू–१९ एसिया कपमा नेपालले भारतलाई १९ रनले हराउँदा मोन्टी नेपालका ब्याटिङ सल्लाहकार थिए । मोन्टीले ब्याटिङ सल्लाहकारको रुपमा नेपालको सिनियर टोली समेत हेरि सकेका छन् ।
नेपालले पहिलो खेल फागुन २ (फेब्रुअरी १४) मा नामिबियासँग खेल्नेछ । दोस्रो खेल फागुन ५ (फेब्रुअरी १७) मा स्कटल्यान्डसँग खेल्नेछ । नेपालले फागुन ६ (फेब्रुअरी १८) मा नामिबियासँग खेल्नेछ । नेपालले यस सिरिजको अन्तिम खेल फागुन ९(फेब्रअरी २१) मा स्कटल्यान्डसँग खेल्नेछ ।
नेपाल २४ खेलमा ८ मा जितसहित १८ अंक जोड्दै छैटौं स्थानमा छ । नेपालले अब विश्वकप लिग २ मा १२ खेल खेल्न बाँकी छ । शीर्ष पाँचमा पर्दै ओडिआई मान्यता जोगाउन कम्तिमा ९ खेल जित्नु पर्ने हुन्छ । शीर्ष तीनमा रहँदै सोझै एकदिवसीय विश्वकप ग्लोबल छनोट खेल्न पुरै खेल जित्नुपर्ने हुन्छ ।
बन्द प्रशिक्षणमा बोलाइएको नेपाली टोली :
कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, गुलशन झा, करण केसी, सोमपाल कामी, शरद भेषावकर, ललित नारायण राजवंशी, विनोद भण्डारी, सागर ढकाल, सन्दीप जोरा, किशोर महतो, कमलसिंह ऐरी, सिद्धान्त लोहनी, अर्जुन साउद, अभिनाश बोहरा, सूर्य तामाङ, विवेक यादव, भीम सार्की, कुशल मल्ल, मौसम ढकाल, अनिल शाह, विक्रम सोब, भुवन कार्की र अंकित सुवेदी ।
December 5, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले एसिसी यू-१९ एसिया कप खेल्ने नेपाली युवा क्रिकेट टोलीको बिदाई गरेको छ । मंगलबार एक कार्यक्रमकाबीच क्यानले बिदाई गरेको हो । विदाई कार्यक्रममा क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का र खेलकुद मन्त्री डिगबहादुर लिम्बु लगायतको उपस्थीति थियो । ‘यू१९ एसिया कप नेपालको लागि विश्वकपको लागि […]
December 5, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा कप्तान देव खनालले एसिसी यू१९ एसिया कपमा नेपालको मुख्य लक्ष्य टेस्ट टोलीलाई हराउँदै सेमिफाइनलमा पुग्ने बताएका छन् । सोमबार अन्तिम तयारीको क्रममा देवले उक्त प्रतिक्रिया दिएका हुन् । नेपाली क्रिकेट टोलीलाई क्यानले आज एक कार्यक्रमकाबीच बिदाई गर्नेछ । टोली बुधबार युएई जानेछ । देवले तयारी राम्रो भएको बताएका छन् […]
December 5, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा टोलीले युएईमा हुने एसिसी यू–१९ एसिया कप खेल्दैछ । एक महिनापछि दक्षिण अफ्रिकामा हुने आइसिसी यू-१९ विश्वकप तयारीको लागि एसिया कप हुन लागेको हो । नेपालले एक महिना अघि मलेसियामा सम्पन्न एसिसी यू–१९ प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा स्थान बनाएको थियो । नेपालले गत फागुनमा घरेलु टोली युएईलाई […]