default_image

3 years ago

January 29, 2023

भारतलाई महिला यू–१९ विश्वकपको उपाधि

301 views

0 Bookmark

एजेन्सी – भारतले दक्षिण अफ्रिकामा जारी महिला यू-१९ महिला विश्वकपको फाइनलमा इंग्ल्यान्डलाई ७ विकेटले हराउँदै उपाधि जितेको छ । पहिलो पटक भएको महिला यू–१९ विश्वकप उपाधि जित्दै भारतले इतिहास रचेको छ ।

जितको लागि ६९ रनको विजयी लक्ष्य पछ्याएको भारतले १४ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्यो । भारतकी सौम्या तिवारीले ३७ बलमा ३ चौकासहित सर्वाधिक २४ रनमा अविजित रहिन् । कप्तान शफाली बर्मा ११ बलमा १ चौका र १ छक्कासहित १५ रनमा आउट भइन् ।

गाेंगडी तृषाले २९ बलमा ३ चौकासहित २४ रनमा आउट भइन् । इंग्ल्यान्डकी हन्ना बेकेर ग्रेस स्क्रिभेन्स र एलेक्सा स्टोनहाउस एक एक विकेट लिए ।

त्यसअघि सेनवेस पार्कमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको इंग्ल्यान्ड १७.१ ओभरमा ६८ रनमा अल आउट भयो । इंग्ल्यान्डकी रियाना म्याकडोनाल्ड गेले २४ बलमा ३ चौकासहित सर्वाधिक १९ रन बनाइन् । नियाम हल्याण्ड १०, एलेक्सा स्टोनहाउस र सोफिया स्मालेले ११–११ रन बनाइन् ।

भारतकी तितास साधुले ४ ओभरमा ६ रन खर्चेर २ विकेट लिइन् । अर्चना देवीले ३ ओभरमा १७ रन खर्चेर २ विकेट लिइन् । पाश्रर्वी चोपडा ४ ओभरमा १३ रन खर्चेर २ विकेट लिइन् । महिला यू–१९ विश्वकपमा कुल १६ टोलीको सहभागीता थियो ।

भारतले सेमिफाइनल खेलमा न्युजिल्यान्डलाई ८ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको थियो । इंग्ल्यान्डले अष्ट्रेलियालाई सेमिफाइनलमा तीन रनले हराएको थियो ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.